Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
‘निगमले जहाज चलाउँदा टाउको दुख्नेहरू अफवाह फैलाइरहेका छन्’

Interviews

‘निगमले जहाज चलाउँदा टाउको दुख्नेहरू अफवाह फैलाइरहेका छन्’

By Kabiraj Adhikari

November 18, 2018

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य साथ सरकारले भ्रमण वर्ष घोषणा गरेको छ । पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणको तयारीले गति लिइरहेको छ । विश्व सम्पदा सूचीमा परेका स्थानसहित सांस्कृतिक धरोहरको पुनःनिर्माण र त्यसलाई पर्यटकीय हिसाबले योग्य बनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय जुटेको छ ।

मन्त्रालयले निर्माणको प्रक्रिया अघि सारेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे निकै धेरै बहस चलिरहेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमको तालुक मन्त्रालयसमेत रहेकोले वाइडबडी जहाजको खरिद प्रक्रिया र यसको उडान व्यवस्थापनका विषयमा मन्त्रालयसँग आम चासो जोडिएको छ । यिनै सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसँग गोरखापत्रका विश्वास रेग्मीले गर्नुभएको कुराकानी :

वर्तमान सरकार गठन भएको एक सय दिनभित्र मन्त्रालयले गर्ने करिब एक सय हाराहारीकै योजनासहित आफ्नो काम थाल्नुभयो । त्यसको समीक्षा पनि भइसक्यो । त्यसयता कामको प्राथमिकता कसरी तय गर्नुभएको छ ? एक सय दिनको कार्यक्रममध्ये ९७ प्रतिशत काम गर्न हामी सफल भयौँ । त्यसबाहेक सरकार आफैँले एक वर्ष र पाँच वर्षमा गर्ने काम तय गरेको थियो । त्यसअनुसार हामीले गर्नुपर्ने केही कामको प्राथमिकता तोक्यौँ । पूर्वाधारअन्तर्गत भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, त्यसपछि पोखरा विमानस्थलको निर्माणलाई तीव्र गतिमा लैजाने भन्यौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति पूरा गर्ने र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउने योजना बनाएका थियौँ । आन्तरिकतर्फ अहिले २६ वटा विमानस्थलमा उडान सेवा सुरु गरेका छौँ । नयाँ ठाउँमा विमानस्थल बनाउने काम पनि व्यवस्थित किसिमले अघि बढाउँदैछौँ ।

पर्यटनको सन्दर्भमा हामीले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै आवश्यक तयारीहरू गरिरहेका छौँ । केही पूरा पनि भइसकेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनमा हामीले सामाजिक सञ्जालमा विभिन्न स्थानको प्रवद्र्धन गरिरहेका छौँ । हालै मात्र देशभरबाट एक सय गन्तव्यको छनोट गरी प्रवद्र्धनको काम अघि बढाएका छौँ । स्याटेलाइट एकाउन्ट राख्ने काम पनि भइरहेको छ । सांस्कृतिक सम्पदाको पुनःनिर्माणलाई निकै महìव दिएका छौँ । लोन्ली प्लानेटले पनि भूकम्पपछिको सम्पदाको पुनःनिर्माणलाई उल्लेख गर्दै घुम्नुपर्ने देश र उत्कृष्ट पाँच शहरको सूचीमा काठमाडौँलाई समावेश गरेको छ ।

 तपार्इंले नेतृत्व सम्हालेयता मन्त्रालयका प्राय : गतिविधि बहसका विषय बनिरहेका छन् । यस्तो बहसलाई कसरी लिनुभएको छ ?

राम्रो । किनभने म मन्त्रालयका कामहरू आम नागरिकका लागि खुला हुनुपर्छ भन्ने मान्यता राख्छु । टिप्पणीहरू आउँछन्, त्यसलाई हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ । टिप्पणीबाट डराउने हैन, यसले आफूलाई हेर्न पनि सहयोग गर्छ । जायज आलोचनालाई हामी आत्मसात् गर्छौं । नकारात्मक कुराबाट प्रभावित हुने हो भने केही पनि गर्न सकिँदैन । सकारात्मक प्रतिक्रियाबाट उत्साहित हुने र कुप्रचारलाई ध्यान दिने । यस्ता बहसले हरेक व्यक्तिलाई जवाफदेही बनाउन पनि सहयोग गर्छ ।

 भिजिट नेपाल २०२० को घोषणा भइसकेको छ । अब बढीमा एक वर्ष समय छ । तयारीहरू के के भए, के हुन बाँकी छन् ? भिजिट नेपालको हामीले समिति बनायौँ । अब उपसमितिहरू बनाउने कामहरू भइरहेको छ । भिजिट नेपालको सबैभन्दा महìवपूर्ण कार्ययोजना बनिसकेको छ । त्यस्तै कहाँ के कार्यक्रम गर्ने र अन्तरसरकारी निकायको समन्वय कसरी गर्ने भन्ने विषयमा योजनाहरू बनिरहेका छन् । मेडिकल टुरिजम, माइस लगायतका विभिन्न पर्यटनका लागि आवश्यक हल निर्माण गर्नेजस्ता काम अघि बढाएका छौँ ।

हामीकहाँ पर्यटनका विविध सम्भावना भए पनि बुझाइ भने अझै कमजोर छ । जस्तो क्यासिनोलाई हामीले पूरै नकारात्मक रूपमा हेरिरहेका छौँ । यसबीचमा हामीले काठमाडौँ, पोखरा र सौरहामा केन्द्रित पर्यटनलाई बाहिर पनि लैजान सक्यौँ । मुस्ताङ, राराजस्ता ठाउँमा पर्यटकको बहार आएको छ । भिजिट नेपाल भन्दैमा बाहिरबाट डलर ल्याउने भन्ने मात्र हैन । आन्तरिक पर्यटनलाई सबल बनाउने पनि हो । यसले पैसाको पुनःवितरणमा सहयोग पु¥याउँछ । कतिपयले यसलाई नेपालीको पैसा अर्को नेपालीको खल्तीमा मात्र गयो भन्छन्, त्यसो हैन । हुनेबाट नहुनेको खल्तीमा गयो । यहीँ पैसा खर्च नभएको भए त्यो पैसा बाहिर पनि खर्च हुन सक्थ्यो ।

 भिजिट नेपालमा २० लाख पर्यटक ल्याउन सक्ने आधार कति बलियो देख्नुहुन्छ ? यसअघि खास तथ्याङ्क विना नै पर्यटक यति आए भनिरहेका थियौँ । जहाजबाट आएकाको तथ्याङ्क हेरेर नेपाल भित्रने पर्यटकको गणना गरिरहेका छौँ तर हाम्रो प्रारम्भिक अध्ययनले नेपालमा ५० लाख आन्तरिक पर्यटक भएको प्रष्ट पारेको छ । करिब १२ लाखको हाराहारीमा गाडीबाट आउने पर्यटक छन् । जहाजबाट आउने साढे नौ लाख पर्यटक छन् । के जहाजबाट आउनेमात्रै पर्यटक हुन् ? जबकि गाडीबाट आएकामध्ये १० प्रतिशत तारे होटलमा बस्छन् । अब यसलाई नै गणना गरेनौँ भने कसरी पर्यटकको सही तथ्याङ्क जानकारी हुन्छ ? यस हिसाबले बाहिरबाट आउने पर्यटकको सङ्ख्या अहिले नै २० लाख कटिसकेको छ तर अबको हाम्रो लक्ष्य भनेको जहाजबाट आउने सङ्ख्या नै १८, १९ लाख पु¥याउने हो ।

 मतलब हामीले पर्यटककै परिभाषा गर्न नजानेको हौँ ? हामी धेरैभन्दा धेरै भारत र चीनबाट पर्यटक ल्याउने भन्छौँ । अनि छिमेकी देशबाट आएकालाई पर्यटक नमान्ने भन्ने कुरा त भएन नि । धार्मिक पर्यटक हेरेर खर्च गर्दैनन् भन्छौँ भने फेरि सबैभन्दा धेरै खर्चालु भारतीय पर्यटक नै छन् । हामीले अहिलेसम्म जसलाई पर्यटक भन्दै आयौँ त्यो मात्र पर्यटकको परिभाषा होइन । हाम्रो देशमा जहाज चढेर अथवा गाडी चढेर आउने व्यक्ति हाम्रा लागि पर्यटक हुन्, पाहुना हुन् । यसले पर्यटनको दायरा पनि ठूलो बनाउँदै लगेको छ । जीडीपीमा पर्यटन क्षेत्रको अहिलेको ३ प्रतिशतको योगदान अब ६ प्रतिशत पुग्छ । यस्तो योगदान २०२० देखि २०२२ सम्म १० प्रतिशत पु¥याउने र भविष्यमा २५ प्रतिशत नै पु¥याउने लक्ष्य हो ।

 हालैमात्र मन्त्रालयले देशभरका एक सय गन्तव्यको टुङ्गो पनि लगाएको छ । ती ठाउँ साँच्चिकै गन्तव्य लायक कहिले बन्छन् ? अहिले पहिलो चरणमा सबै ठाउँमा ५० लाख रुपियाँ बजेट विनियोजन छ । हामीसँग आधा जतिको सम्भाव्यता अध्ययन पनि छ । केहीको विस्तृत परियोजना प्रतिवेदन पनि छ । हामी ती सबैलाई निर्माणको चरणमा लैजान्छौँ । त्यसमा स्थानीय सरकार र प्रदेश सरकारसँग साझेदारी गर्छौं । कतिपयमा निजीक्षेसँग साझेदारी गर्छौं र त्यसलाई गन्तव्यको रूपमा प्रवद्र्धन गर्छौं ।

पछिल्लो समय स्थानीय निकायले पर्यटकसँग आफ्नै किसिमले शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायी असन्तुष्ट देखिन्छन् । यसमा मन्त्रालयले केही प्रयास गर्दैछ ? नचाहिने अनावश्यक शुल्कहरूको सन्दर्भमा अबदेखि मन्त्रालयको अनुमति लिनुपर्छ । दरहरू पनि मन्त्रालयबाट अनुमति लिनुपर्छ । समझदारीमा यो कुरा उल्लेख हुन्छ तर यो तल हस्तान्तरण नगरी भने हुँदैन । सङ्घीयता भनेकै यही हो । विश्व सम्पदा सूचीमा परेका बाहेक अरू सबै गन्तव्य हामी तल नै दिन्छौँ । हामीले केही शर्त तोकेका छौँ, त्यसैका आधारमा हस्तान्तरण हुन्छ । शर्त उल्लङ्घन भएको अवस्थामा माथिल्लो सरकारले हस्तक्षेप गर्न सक्छ । आम्दानी आर्जन गर्न तल्ला सरकारले पाउँछन् तर त्यसको अनुमति भने माथिबाटै लिनुपर्छ ।

 पर्यटन बोर्डको उपयोग पर्यटन प्रवद्र्धनका लागि पर्याप्त भएको छ जस्तो लाग्छ ? पर्यटन बोर्डको बजेट जिल्ला विकास समितिले उपलब्ध गराउने जस्तो हुनुभएन । यो बोर्डको काम नै होइन । मन्त्रालयले बाँड्ने पाँच लाख, दश लाख त हटाएर हामीले एक सय गन्तव्यमा ल्यायौँ । बोर्डले गन्तव्यहरू एकदमै देखिने काम गर्नुप¥यो । पैसा दिने कुरा होइन, प्रवद्र्धन थाहा हुने गरी गर्नुपर्छ । प्रवद्र्धन पनि नयाँ तरिकाबाट काम गर्नुपर्छ ।

 वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार नै निजगढमा विमानस्थल निर्माणको प्रतिबद्धता मन्त्रालयबाट भए पनि विवादमा परिरहेको छ, यसलार्ई कसरी लिनुभएको छ ? निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हाम्रा लागि अपरिहार्य विमानस्थल हो । यो नबनाई नहुने परियोजना हो । यसमा हल्ला आठ हजार हेक्टरकै रुख काटिन्छ भन्ने भयो । यो क्षेत्रफल त विमानस्थलको ‘क्याप्चर एरिया’ मात्र हो । २२ लाख नै रुख काटिन्छ भन्ने हल्ला भयो । यो अफवाह मात्र हो । वास्तविक रुख काटिने भनेको एक लाख ९४ हजार मात्रै हो । अहिले हामीलाई चाहिएको जग्गा ८ हजारमध्ये २५ सय हेक्टर हो । यसमा पनि करिब आठ सय हेक्टरमा रुख छैन । भनेपछि १७ सय हेक्टर बाँकी रह्यो । यसमा पनि चार सय हेक्टरसम्म जग्गा कम गरेर १३ सय हेक्टरसम्ममा गर्न सक्छौँ ।

तर योे एउटा यस्तो विमानस्थल हो जहाँ रनवे मात्र बनाएर पुग्दैन । विमानस्थलका लागि आवश्यक पूर्वाधार पनि चाहिन्छ । एयरपोर्ट सिटीमा अहिले हामी जाँदैनौँ तर यो विमानस्थल भनेको ट्रान्जिटको हब बनाउने हो भने त्यहाँ होटल, टर्मिनल बिल्डिङ, फायर सबै चाहियो नि । यस्तो व्यवस्थित विमानस्थल बनाउन लाग्दा रनवे मात्र त हेरेर भएन । त्यसले गर्दा अहिले कम्तीमा दुई वटा रनवे बनाउनुपर्छ । यदि यो नबनाउने हो भने त हामीसँग काठमाडौँ, भैरहवा, पोखरा छँदैछ नि । हाम्रो क्षेत्रमा त्यति राम्रो लोकेसनमा अर्को विमानस्थल हुनै सक्दैन । अहिलेको बहस ठीक छ तर गलत नियतका साथ आएका बहसको के कुरा गर्नु ? सकारात्मक सोचका साथ आएका बहसलाई स्वागत गर्छौं । कमभन्दा कम वातावरणीय क्षति हुने गरी हामी त्यहाँ विमानस्थल निर्माण गर्छौं । जति आवश्यक पर्छ त्यति मात्र हामी रुख कटान गर्छौं ।

 विमानस्थल निर्माणको डिजाइन बनाउने विषयमा के भइरहेको छ ? अबको एक महिनाभित्र हामी आशयपत्र (एलओआई) निकाल्छौँ । त्यसबाट डेभलपर आउँछन् । यसै पनि आइरहेका छन् । जीटुजी प्रस्ताव पनि आइरहेका छन् । निजगढका लागि डेभलपर समस्या होइन तर उसले विना फाइदा सात सय अर्ब रुपियाँ त लगानी गर्दैन । उसका प्रस्तावलाई पनि हामीले हेरेनौं भने डेभलपर आउँदैन । हामी लगानी आएन भन्छौँ तर त्यसका लागि आवश्यक वातावरण नबनाउने प्रवृत्ति बदल्नु आवश्यक छ । हामी हाम्रो तरिकाको डीपीआर पनि बनाउँदैछौँ । भोलि डेभलपर आएन अथवा कोही पनि आएन भने पनि हामीले बनाउन सुरु गर्नु त पर्छ । त्यसका लागि पनि हामी तयार हुन्छौँ । संसारमा कही पनि ग्राउन्ड क्लियरेन्स गर्दा डीएफएसकै आधारमा गर्ने हो । डीपीआरका आधारमा होइन । तर आज मान्छेहरु त्यसै भन्दैछन् । यसरी हल्ला गर्ने प्रवृत्ति छ । हामी अवरोध छिचोलेर भए पनि निजगढमा विमानस्थल बनाउँछौँ ।

 निजगढ विमानस्थलबारे अहिलेको प्रगति के हो ? कतिपय हल्ला त्यहाँ विमानस्थल नबनाउनका लागि भएका छन् । भैरहवा विमानस्थलको निर्माण केही समयअघि बीचमा ब्रेक भयो । त्यो त्यहाँ विमानस्थल बन्न नदिने खेलका लागि भएको हो । त्यसलाई हामीले तोडेर अहिले अघि बढाइसकेका छौँ । पोखरा पनि त्यस्तै भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा पनि यस्ता अवरोध भए । आज ती सबै काम अघि बढिसके । हाम्रो देशमा हुनुप¥यो भन्ने तर हुन नदिने प्रवृत्ति बढी छ । किनभने अरू शक्तिका काम गर्ने व्यक्ति धेरै छन् । आफ्नो स्वार्थ के हो कहिल्यै पनि बुझ्दैनन् । नेपालको विरोधीको स्वार्थ भनेको आफ्नो विरोधीको विरोध मात्रै गर्ने । देश जहाँसुकै जाओस् तर आफ्नो विरोधीलाई समाप्त पार्ने, काम रोक्ने । अब बेठिक कुरालाई हटाउँ तर सही कुराका लागि एक भएर जानैपर्छ । यस्ता परियोजनामा हामी सबैको गहिरो संवेदनशीलता आवश्यक छ । यो सरकार राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई राम्रोसँग अघि बढाउन प्रतिबद्ध छ ।

 त्रिभुवन विमानस्थलमा केही सुधारका विषय आए पनि क्षमता अभिवृद्धि गर्ने परियोजना अन्तर्गतका काम निकै सुस्त देखिन्छन् । यहाँ कहाँ के मिलेन ? स्तरोन्नतिका सबै परियोजना रद्द भएका थिए, हामीले जिम्मेवारी लिएपछि त्यसलाई पुनर्जीवन दिएका हौँ । अहिले जग्गाको विवाददेखि रनवेको रिह्याब, टर्मिनल भवनको काम, रनवे विस्तारजस्ता काम भइरहेका छन् ।

 अहिले त्रिभुवन विमानस्थल २२ घण्टा सञ्चालनमा आइसकेको छ । यसको अपेक्षित लाभ प्राप्त भएजस्तो लाग्छ ? अहिले आन्तरिकतर्फ बिहान ६ बजे नै पहिलो उडान हुन्छ । राति ९ बजेसम्ममा यहाँबाट उड्न पाउँछ । अन्तर्राष्ट्रियतर्फ पौैने १ बजेसम्म नियमित उडान नै छ । चार्टर जति सबै रातमा छ । यसले गर्दा विमानस्थलको चाप कम भएको छ । २२ घन्टा सञ्चालनमा आएपछि ६–७ वटा उडान थपिएका छन् । सबैभन्दा महìवपूर्ण त चाप घटेको छ ।

 विदेशी विमानहरूले उनीहरूले चाहेकै समयमा उडान अनुमति पाएको अवस्था छ तर हामीले त्यही ठाउँमा उडान गर्न नपाउनुको विडम्बना किन ? धेरै ठाउँमा स्लट छैन भन्ने प्रतिक्रिया आउँछ । तर पनि हामीले कुरा अघि बढाइरहेका छौँ । मलाई विश्वास छ चीनमा फेब्रुअरीदेखि नेपाली विमानले उड्न पाउनेछन् ।

 नेपाललाई उपलब्ध गराउने हवाई रुटको सन्दर्भमा भारतले काठमाडौँमै भएको सहमतिमा सकारात्मक प्रतिक्रिया देखाएन नि ? हवाई रुटको सन्दर्भमा भारतीय पक्षले विराटनगर र जनकपुर दिने र भैरहवा थप्ने सहमति भएको थियो । नेपालगन्ज र महेन्द्रनगरमा छलफल गर्ने कुरा भएको थियो । दुई देशका सरकार प्रमुखसँग यस विषयमा कुरा पनि भयो । भारतले गर्न नदिने भनेको हैन, त्यसलाई अझ सुरक्षाको दृष्टिकोणले थप अध्ययन गर्नुप¥यो भन्ने कुरा हो । अहिले पनि हामी संवादकै चरणमा छौँ ।

 कहिले आन्तरिक उडान, कहिले व्यवस्थापन र कहिले नयाँ वाइडबडी जहाजका कारण वायुसेवा निगममाथि आरोप लागि नै रहेको छ । निगम आरोपमुक्त हुन नसक्ने अवस्थामै पुगेको हो ? निगममा अहिले धेरै सुधार आएको छ । निगमले जहाज चलाउँदा टाउको दुख्नेहरू गलत हल्ला चलाउँछन् । नेपाल एयरलाइन्सलाई समाप्त नगरेसम्म आफ्नो भविष्य नदेख्नेहरू पनि छन् । अनावश्यक रूपमा नेपाल एयरलाइन्सलाई हतोत्साही बनाउनेलाई सबैले प्रतिवाद गरौँ । राष्ट्रिय ध्वजावाहक बलियो नभएसम्म देशको पर्यटन पनि बलियो हुँदैन । अहिले आठ वटा गन्तव्यमा नेपाल एयरलाइन्स सबैभन्दा भरपर्दो भएको छ । दिल्ली, मलेसिया, हङकङ, दोहा जस्ता ठाउँमा उडान प्याक छ । अब हामी जापान र चीनका केही ठाउँमा जाँदैछौँ । राष्ट्रिय ध्वजाबाहक गर्वको कुरा होइन यो ? नेपाल एयरलाइन्स सकिएपछि कुनै विदेशी एयरलाइन्सको टिकट बेचौँला भन्ने कसैले ठानेको होला तर नेपाल एयरलाइन्स सकिए आफ्नो भविष्य बन्छ भन्ने सोच कसैले नराखौँ ।

वाइडबडी खरिद प्रक्रिया त हाम्रो सरकार आउनुभन्दा तीन वर्षअघिको हो । जिम्मेवारीका हिसाबले जहाज हाम्रो हो । त्यसमा छानबिन पनि भइरहेको छ तर यसैलाई अतिरञ्जित गरेर नेपाल एयरलाइन्सलाई थला पार्ने काम गर्नुहुँदैन । नेपाल एयरलाइन्सका जहाज प्रभावकारी रूपमा चलाउनुपर्छ । समस्या छन् भने कारबाहीका भागिदार हुन्छन् । छानबिनबाट प्रमाणित भए क्षतिपूर्ति शोधभर्ना गराइन्छ । यसका नाममा नेपाल एयरलाइन्सलाई घेराबन्दीमा पार्नुभएन । अनावश्यक विषयलाई उछालेर भन्दा सत्यतथ्य बाहिर ल्याउने काम गर्नुपर्छ ।

 दुर्गमका क्षेत्रका एक दर्जन स्थानमा परीक्षण उडान त भए, नियमित उडानको तयारी के छ ? अहिले हामीले २५–२६ ठाउँमा चलाइरहेका छौँ । ती सबै ठाउँमा उडान नियमित छन् । चीनबाट प्राप्त भएका जहाज पनि उडाइरहेका छौँ । लामो समयदेखि उडान नभएका विमानस्थलमा पनि उडान भएका छन् । यतिले पुग्दैन । त्यसैले हामीले ६ वटा ट्वीनअटर किन्ने प्रक्रियालाई पनि योजनामा राखेका छौँ । तर यहाँ काम गर्न नदिने प्रवृत्ति छ । म मेरो मन्त्रालयको कामप्रति पूर्ण जवाफदेही र जिम्मेवार छु । अरूले दिएन भनेर अल्झिने मेरो बानी छैन । म काम गर्ने वातावरण आफैँ बनाउँछु ।

भ्यू टावर बनाउने क्रम व्यापक चलिरहेको छ । यसमा मन्त्रालयको नीति के हो ? पहाडका टुप्पामा भ्यू टावर आवश्यक छैन । पाँच वर्षे कार्ययोजना बनाउँदा नै हामीले बजेट नदिने भनिसकेका छौँ ।

यो मन्त्रालयको गतिविधि हेर्दा पर्यटन र हवाई उड्ययनमा अलि बढी केन्द्रित भएजस्तो देखिन्छ । संस्कृतिको क्षेत्र अलि कम प्राथमिकता परेको जस्तो लाग्दैन ? अहिले सबैभन्दा धेरै प्रशंसा नै संस्कृतिको क्षेत्रबाट पाइरहेका छौँ । सातवटै विश्व सम्पदा सूचीकृत क्षेत्र खुला भएका छन् । पुनःनिर्माण तीव्र गतिमा अघि बढेको छ । धरहरा बनाउने काम शुरु भयो । मन्त्रालयको गतिविधिमा सबैलाई समान किसिमले प्राथमिकता दिएका छौँ ।

तीन वटा एकेडेमी बनाउने निर्णय भइसकेको छ । यसको प्रशासनिक तयारी कहिले पूरा हुन्छ ? तीन वटै एकेडेमीको सिफारिस समिति बनेको छ । अब छिटै यसका काम अघि बढ्छन् ।

यो लेख गोरखापत्र अनलाइनमा प्रकाशित छ ।