Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: getimagesize(http://rabindraadhikari.com/wp-content/uploads/daiaja-300x143.png): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 928

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
संसदीय समितिको कार्यक्षेत्र विवाद

Articles

संसदीय समितिको कार्यक्षेत्र विवाद

By Bimala Adhikari

August 09, 2017

संसदीय समितिको क्षेत्राधिकार व्यवस्थापिका संसद्मा विभिन्न मन्त्रालयका काम हेर्ने जिम्मेवारीसाथ विभिन्न संसदीय समिति बनेका छन् । हरेक समितिका आआफ्नै कार्यक्षेत्र छन् । कुन समितिले कुन–कुन मन्त्रालय हेर्न पाउने भनेर प्रस्ट रूपमा तोकिएको छ । उदाहरणका लागि पंक्तिकार सभापति रहेको विकास समितिको कार्यक्षेत्रमा सूचना तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेका छन् । त्यसैगरी सबै समितिका आआफ्नै कार्यक्षेत्र छ । यस्तोमा ‘क्रस कटिङ इस्यु’ अर्थात् एकभन्दा बढी समितिसँग जोडिएका विषयमा चाहिँ सँगसँगै बोलाएर छलफल गराउन पनि सकिन्छ । विकास समितिले नेपालमै पहिलोपटक यस्तो अभ्यास सुरु गरिसकेको पनि छ । तर, यहाँ समितिबीच नै पटक–पटक एकअर्काले एकअर्काको क्षेत्राधिकार मिचेको विवाद आइरहेको हुन्छ । सामान्यतः संसद् सचिवालयले उचित नेतृत्व दिन नसक्दा पनि यस्तो हुने गरेको देखिन्छ । सम्बन्धित समितिको आआफ्नो सीमाक्षेत्रभित्र नबस्ने र अर्काको क्षेत्राधिकारभित्र प्रवेश गर्ने कार्यशैलीले गर्दा पनि यस्ता समस्या आइरहेका हुन्छन् । यस्तो अवस्थामा समितिका सदस्यले पनि यहाँ जान हुन्छ र यहाँ जान हुँदैन भनेर सम्झाउन सक्नुपर्छ । कतिपय अवस्थामा आफू लोकप्रिय देखिने लोभले र कतिपय अवस्थामा आफ्नो स्वार्थ पूरा गर्ने ध्येयले पनि यस्तो समस्या आइरहेको देखिन्छ । कहिलेकाहीँ चाहिँ नजानेर वा थाहा नपाएरै पनि यस्तो भइरहेको हुन सक्छ ।

सामान्यतः कुनै पनि विषयमा के भएको हो भनेर सोध्नचाहिँ जसले पनि पाउँछ । तर, त्यसमा निर्णय दिँदा भने विचार पुर्याउनैपर्छ । त्यसरी निर्णय दिँदा अर्काको क्षेत्राधिकार मिच्न पाइँदैन । त्यसरी निर्णय दिँदा पहिल्यैदेखि त्यो काम अर्काले हेरिरहेको छ कि छैन भन्नेमा पनि विचार पुर्याउनुपर्छ । तर, यहाँ त अर्काले केही दिनअघि मात्र हेरिसकेको विषयमा पनि फेरि अर्काले हात हालिरहेको देखिन्छ । त्यसैले यस्तो हुन नदिन अन्तर्समिति छलफल गर्ने, संयुक्त बैठक बसेर छलफल गर्ने वा सभामुख र संसद् सचिवालयसित बसेर पनि छलफल गर्न सकिन्छ । हामीकहाँ कतिपय अवस्थामा एउटै विषयमा तीन–चारवटा समितिले फरक–फरक निर्णय गरेकोसमेत देखिएको छ । अहिले देखिएको आयल निगमको जग्गा खरिद प्रकरणमा पनि त्यस्तै भएको छ । विकास समितिले नै सातवटै प्रदेशमा कम्तीमा सय दिनलाई पुग्ने गरी पेट्रोलियम भण्डारण गृह निर्माण गर्न निर्देशन दिएको हो । हालको सात दिनको भण्डारण क्षमताका कारण कुनै सानो अवरोध भएको खण्डमा पनि हाहाकार मच्चिने अवस्था छ । त्यसैले भण्डारण क्षमता विस्तार अपरिहार्य छ । तर, त्यसमा अनियमितता हुन्छ, कुनै व्यक्तिले भ्रष्टाचार गर्छ भने त्यसमाथि छानबिन गर्ने अख्तियारलगायत निकाय छन् ।

लेखा समितिले पनि हेर्न सक्छ । यदि त्यसमा अनियमितता भएको छ भने दोषीले कडाभन्दा कडा सजाय पाउनुपर्छ, तर भण्डारण क्षमता अभिवृद्धि गर्ने काम रोक्न भने मिल्दैन । यसलाई अघि बढ्न दिनुपर्छ । यदि यस्ता आयोजना रोकिए भने त्यसबाट देशलाई निकै ठूलो घाटा हुन्छ ।एनसेलकै विषयमा पनि त्यस्तै भएको छ । एनसेलले लाभकर तिर्ने विषय अर्थ समिति, लेखा समितिसित जोडिएको छ । तर, उसले दिने सेवा भने विकास समितिसित जोडिने विषय हो । हामीले एनसेलले लाभांश लानसमेत नपाउने गरी रोकेर उसले लाभकर तिर्नैपर्ने विषयमा कडाइ गरेका थियौँ । तर, त्यसै विषयलाई आधार बनाएर फोर जी सेवा विस्तारमा अवरोध ल्याउनु भने ठीक होइन । यसले सेवाग्राहीमाथि मर्का पर्छ । त्यसैले उसले तिर्ने लाभकरको विषयलाई लिएर सेवा नै रोक्न हुँदैन । यदि उसले प्रदान गर्ने सेवा रोक्ने हो भने त त्यो संस्थालाई नै रोकिदिए पनि त भयो । उसको सेवा जनताकै लागि हो । त्यसैले उसको सेवा र दायित्वलाई दुई ‘क्याटेगोरी’मा छुट्याउनुपर्छ । उसले आफ्नो दायित्व पनि तिर्नुपर्छ र सेवा पनि निरन्तर प्रवाह गर्न पाउनुपर्छ । पछिल्लो समयमा अर्थ समितिले २५ मेगावाटको सोलार प्यानल रोकिदियो । यसमा उसले कति स्टडी गर्यो ? कति अनुसन्धान गर्यो ? सोही विषयसँग गाँसिएको अर्को कुनै समितिसँग उसले सल्लाह गर्नुपर्ने थियो कि थिएन ? हामीकहाँ कहिलेकाहीँ हचुवाका भरमा पनि निर्णय हुने गरेका छन् ।

केहीअघि लेखा समितिले एयरबस जहाज खरिद नगर्नू भन्ने निर्देशन दियो । उसको निर्देशनपछि तत्कालका लागि त्यो खरिद प्रक्रिया रोकियो । तर, केही समयपछि पहिलेभन्दा पनि १५-२० प्रतिशत बढी रकम तिरेर जहाज खरिद गर्नुपर्ने अवस्था आयो । यस्तो अवस्थामा खरिद प्रक्रिया रोक्न लेखा समितिले गरेको निर्णय र त्यसले मुलुकलाई पारेको थप व्ययभारको जवाफदेहिता कसले लिने ? सोही निर्णयका कारण समयमै आउन सक्ने जहाज ढिलो आयो । जहाज ढिलो हुँदा पर्यटन क्षेत्रको विकासमै असर पुग्यो । त्यसैले समितिहरूले कुनै पनि निर्णय लिँदा त्यसको दीर्घकालीन असरबारे समेत अयन्त गम्भीर बन्न सक्नुपर्छ ।

आआफ्ना दायरामा बस्नुपर्ने अन्तर्समिति विवाद नआओस् भन्ने हो भने हरेक समितिले आआफ्ना दायरा बुझेर त्यसैभित्र बस्न सक्नुपर्छ । कुनै पनि समितिले राम्ररी बुझ्दै नबुझी हचुवाका भरमा निर्णय लिने वा निर्देशन दिने काम गर्नु हुँदैन । कुनै पनि विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्छ र क्रस कटिङ इस्युहरूमा अलि बढी नै संवेदनशील बन्नुपर्छ । यस्तोमा आफ्ना तर्फबाट कुनै गल्ती भएको रहेछ भने त्यसलाई सकभर छिटोभन्दा छिटो सच्याउनुपर्छ । र, स्वार्थबाट प्रेरित भई निर्णय गर्नु हुँदैन ।

क्षेत्राधिकार विवादले पार्ने प्रभाव कुनै पनि विषय कसको क्षेत्राधिकारभित्रको हो भनेर निर्णय दिने कसले हो ? संविधान, प्रचलित ऐन, कानुन, नियमावली, विनियमावली आदिका आधारमा क्षेत्राधिकार निर्धारण हुन्छ । तर, कहिलेकाहीँ कसैलाई रिस उठेकै भरमा पनि क्षेत्राधिकारबाहिर गयो भन्दिरहेको पनि पाइन्छ । त्यसैले यो मेरो क्षेत्राधिकारभित्रको हो वा होइन भनेर सबैभन्दा पहिले आफैँले निक्र्योल गर्नुपर्छ । अनि, संसद् सचिवालको जिम्मेवार तहबाट पनि योचाहिँ तेरो क्षेत्राधिकारभित्रको विषय हो वा होइन भनेर प्रस्ट रूपमै भनिदिन सक्नुपर्छ ।

समितिबीच क्षेत्राधिकारको विवाद बढ्न थाल्यो भने त्यसले संसदीय अराजकता निम्त्याउँछ । समितिका निर्णय र निर्देशन पालना गर्न बाध्यकारी हुने भए पनि सरकार र अन्य निकायले त्यसबाट भाग्ने मौका पाउँछन् । यस्तो अवस्थाले संसद् र संसदीय समितिलाई हलुका वा कमजोर बनाउँछ । संसद् र संसदीय समितिप्रतिको धारणा नकारात्मक बन्न सक्छ । र, मुख्य रूपमा संसदीय समितिका काम, कारबाही फितला बन्न पुग्छन् ।

कुनै पनि समिति क्षेत्राधिकारबाहिर त जान मिल्दैन नै । अझ आफ्नै क्षेत्राधिकारभित्र पनि सम्बन्धित समितिले गहिरिएर अनुसन्धान गर्न, छानबिन गर्न, सही र गलत छुट्याउन सक्नुपर्छ । उनीहरूले ‘पब्लिक सेन्टिमेन्ट’लाई हेरेर, मिडियाले जे भन्छ त्यसैलाई आधार मानेर ‘पपुलर’ निर्णय गर्नु हुँदैन । हाम्रो संसद्भित्रका समितिको अनुसन्धान क्षमता कमजोर छ, जसले गर्दा बाहिर–बाहिर मिडियामा जे–जे सूचना आउँछन्, तिनैलाई हेरेर निर्णय लिने पनि चलन छ । यसरी आएका सूचनामाथि छानबिन गर्ने, प्रशोधन गर्ने, ठिक हो कि होइन भनेर अनुसन्धान गर्ने बलियो संयन्त्रको हामीसित अभाव छ । यस्तो अवस्थामा बाहिर आएका सूचनाकै आधारमा धारणा बनाउने गर्दा समितिका निर्णय कमजोर हुने गरेका छन् ।

यथार्थमा समितिले निर्णय लिँदा वा निर्देशन दिँदा प्रचलित ऐन, कानुनको सीमामा बसेर यथार्थका आधारमा ‘एक्युरेट’ निर्णय गर्न सक्नुपर्छ । लोकप्रिय हुने लोभले गलत निर्णय गर्न मिल्दैन । आग्रह–पूर्वाग्रह राखेर निर्णय गर्न थालियो भने त्यसले अराजकता नित्याउँछ।

समितिबीच यस्तो अवस्था आउन नदिन सम्बन्धित समिति, तिनका सभापति, सदस्य सबै सचेत बन्नुपर्छ । सभामुख र संसद् सचिवालयले पनि यस विषयमा प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ । र, विवाद बढ्न खोजेको स्थितिमा तत्काल संवादमार्फत त्यसलाई किनारा लगाउनुपर्छ । अन्यथा संसदीय समितिहरूको निर्णय तथा निर्देशनप्रतिको जवाफदेहिता, विश्वनीयता घट्छ र समितिहरू प्रभावहीन बन्न जाने खतरा रहन्छ ।

समितिका आआफ्नै कार्यशैली सामान्यतः संसदीय समितिको चरित्र र कार्यशैली आआफ्नै प्रकारका छन् । उदाहरणका लागि विकास समितिले कहाँ विकास भएन, त्यसमा कहाँकहाँबाट केकस्ता अवरोध आइरहेका छन्, त्यसलाई कसरी हटाउन सकिन्छ र विकास निर्माणलाई सहजतासाथ कसरी अघि बढाउन सकिन्छ भनेर हेर्छ । त्यहीँनेर लेखा समितिले त्यसमा कतै अनियमितता भएको छ या छैन भनेर हेर्छ । विकासका नाममा राज्यका स्रोत र साधनको दुरुपयोग त भएको छैन भनेर हेर्ने काम लेखा समितिले गरिरहेको हुन्छ । अनि, राजस्वको अवस्थालाई चाहिँ अर्थ समितिले हेरिरहेको हुन्छ । त्यसैले सबै समितिका आआफ्नै ‘एप्रोच’ हुने भएकाले आआफ्नै ढंगबाट काम अघि बढाइएको खण्डमा उनीहरूबीच विवाद उठ्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

अन्त्यमा संसदीय समितिहरूले आफ्ना काम कारबाहीमा प्रभावकारिता ल्याउन विज्ञहरूसितको छलफल, नागरिक सुनुवाइ र गम्भीर तथा प्रभावकारी अनुसन्धान गरी प्रतिवेदनहरू तयार गर्न सक्नुपर्छ । अघिल्ला निर्णय र प्रतिवेदनसित नयाँ निर्णय र प्रतिवेदन बाझिएको छ या छैन भनेर पनि हेर्नुपर्छ । बाझेको अवस्था भए त्यसलाई सच्याउने दायित्व पनि समितिकै हो । समितिले सरकारका काम–कारबाहीमा अनुगमन गरी उसले गल्ती गरेको अवस्थामा सच्याउन र सही मार्गनिर्देश गर्न सक्नुपर्छ । अनि, मात्र समितिहरू पनि प्रभावकारी हुन सक्छन् र सरकारलाई पनि जिम्मेवार बनाउन सकिन्छ । (अधिकारी संसद्को विकास समितिका सभापति हुन्)