Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
एमालेले दुई लाख स्वयम्सेवक परिचालन गर्ने

News

एमालेले दुई लाख स्वयम्सेवक परिचालन गर्ने

By Dhurba Pokharel

May 09, 2015

काठमाडौँ, वैशाख २६ – नेकपा (एमाले) ले गठन गरेको भूकम्पपीडित उद्धार तथा राहत समन्वय समितिले प्रभावित जिल्लामा करिब दुई लाख स्वयम्सेवक परिचालन गरी स्थानीयवासीका भत्किएका संरचना पुनःनिर्माणमा खटाउने निर्णय गरेको छ । समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले जनताको सेवाका लागि पार्टी निकट विभिन्न भ्रातृ सङ्गठनको सहयोगमा ती स्वयम्सेवक खटाई राहत तथा पुनःस्थापना गर्ने निर्णय गरेको हो ।

स्थानीय जनतालाई भार नपर्ने गरी निर्माणको कार्य गरिन छ । अति प्रभावित जिल्लामा प्राथमिकता दिएर निर्माण कार्य सुरु गरिने समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रभावित जिल्लाका अञ्चल कमिटी त्यस क्षेत्रका नेता तथा सभासद्लाई सक्रिय बनाई राहत सङ्कलन तथा वितरणको जिम्मेवारी दिइएको छ । पार्टीले स्थापना गरेको राहत कोषमा स्वदेश तथा विदेशबाट करिब रु ६५ लाख तथा भौतिक सामग्रीसहित राहत सङ्कलन भएको र ती सामग्री विभिन्न स्थानमा वितरणको प्रक्रियामा रहेको उनले बताए ।

राससको समाचार रातोपाटिमा प्रकासित छ ।