Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
संसदीय मोर्चामा अब्बल पात्र

Articles

संसदीय मोर्चामा अब्बल पात्र

By Dhurba Pokharel

April 07, 2015

कमरेड रामनाथ ढकाललाई अन्तिम श्रद्धाञ्जली दिएर आर्यघाटबाट र्फकंदै गर्दा मेरो मनमा २०३९ सालदेखिका रामनाथ ढकालसँगको सहकार्यका विभिन्न मोडहरू सम्झनामा आइरहे । कमरेड रामनाथ अब हामीबीच हुनुहुन्न भन्ने स्वीकार गर्न मलाई अहिले पनि गाह्रो भइरहेको छ । म शान्ति उदय माविमा कक्षा ८ मा पढदा नै कमिटीको अध्यक्ष थिएँ र त्यो विद्यालय स्तरको भए पनि अत्यन्त भव्य समारोहमा रामनाथले नै मलाई अध्यक्ष घोषणा गरेका थिए । त्यसपछिको विद्यार्थी आन्दोलनमा मैले सधैं रामनाथ ढकाल सँगसँगै सहकार्य गरँें । पृथ्वीनारायण क्याम्पस होस् वा अखिलको केन्द्रमा, पार्टीको मोर्चामा होस् या संसदीय मोर्चामा । रामनाथ मलाई अत्यन्त माया गर्ने दाइ र मेरा अग्रज नेता पनि थिए । कसैसँग कुनै मोर्चामा कहिल्यै पनि नहारेका रामनाथ ढकाललाई आज ५२ वर्षको अल्पायुमा मृत्युले जितेको छ ।

२०१९ पुस ५ गते गुल्मीको खड्गकोेटमा बुबा दिननाथ शर्मा ढकाल र आमा देवकला शर्मा ढकालको ज्येष्ठ सुपुत्रको रूपमा जन्मेको ढकालको प्रारम्भिक शिक्षा पूर्वाेत्तर भारतमा भएको थियो । सायद भारतबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका कारण पनि हुनसक्छ, उहाँ पृथ्वीनारायण क्याम्पस पोखरामा आउँदा सामान्य विद्यार्थीभन्दा फरक देखिनुहुन्थ्यो । सफा लुगा लगाउने, फुर्तिलो, साहसी र साथीहरूसँग अत्यन्तै मिल्ने मिलनसार र साथीहरूसँग रमाउने गजबको स्वभाव थियो । जसले गर्दा रामनाथ ढकाल छोटो समयमै पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुका नेता हुनुभयो । स्ववियुका सचिवदेखि अखिलका केन्द्रीय अध्यक्षसम्म बन्नुभयो । रामनाथको जन्म गुल्मीमा भए पनि उहाँको व्यक्तित्व निर्माण पृथ्वीनारायण क्याम्पस र गण्डकी धवलागिरिमा काम गर्दा नै भएको र अहिले पनि त्यसबेलाका विभिन्न घटनाहरू फिल्मको रिल घुमेझैं दिमागमा घुमिरहेका छन् । जति गर्दा पनि बिर्सन सकिरहेको छैन ।

एकदिन कुनै मान्छेले खबर पठाएछ कि भोलि बिहानै भेट्नुपर्‍यो भनेर । उहाँ बिहानै पर्वत पुग्नुपर्ने भएकोले झिसमिसेमै भेट्न भन्नुभएछ । र, बिहान डेराबाट नदीपुर हँुदै महेन्द्रपुल निस्कने र साथीलाई भेट्ने अनि पर्वततर्फ लाग्ने भनेर हिंँडेको मान्छे केही समयपछि त चक्कु प्रहारले मुर्छा परेर आयो । त्यतिबेला त्यहाँ ठूलो षडयन्त्र भएको रहेछ, उहाँलाई बिहानै बोलाएर छुरी रोपी मार्ने योजना बनेको रहेछ, तर त्यतिबेला उहाँले मोटो डायरी पेट अगाडि राख्नुभएको रहेछ, हामीले सीआईडीलाई छल्न डायरी लुकाउने त्यस्तै चलन थियो, त्यतिबेला । जसले उहाँलाई मृत्युबाट जोगायो । त्यसताका पोखरामा हुने विद्यार्थी आन्दोलनको हरेक मोर्चामा अग्रभागमा उभिने रामनाथ ढकालमा पुलिस र मण्डलेका आक्रमणका शृंखला धेरै छन् । पोखरामात्र होइन, बाग्लुङ र पर्वतमा पनि उहाँमाथि धेरै आक्रमण भए, तर कुनै पनि आक्रमणपछि हतोत्साही नहुने बहुत साहसी र निडर स्वभाव थियो । प्रतिक्रियावादीसँग हुने हरेक भिडन्तलाई रोमान्टिक बनाउने गजब कौशल थियो । हामीले उहाँमा पुलिस र मण्डलेसँग धेरै लडाइँहरूमा नथाक्ने र रोमान्टिक बनाउने कला देखेका छौं । आक्रमणपछि घाइते हुँदा पनि आफैं हाँस्ने र हामीलाई हँसाउनुहुन्थ्यो, सम्झना अहिले पनि ताजै लाग्छ ।

२०४३ मा मण्डलेहरूले उहाँसँग तुलबहादुर, विजयलाई क्याम्पसबाटै अपहरण गरे, पृथ्वीनारायण क्याम्पस अखिलको किल्ला थियो । विद्यार्थीहरू नभएको समय पारेर प्रशासनको सहयोगमा उहाँलाई अपहरण गरियो र जेल पुर्‍याइयो । हामीले ४ महिना लामो आन्दोलन गर्‍यौं । तुलबहादुर छुटे पनि रामनाथ जेलबाट छुटेनन् । त्यसपछि पार्टीको तर्फबाट हेर्न क. दर्शन -धर्मदत्त देवकोटा) सँग हामीले सल्लाह गर्‍यौं । झलक सुवेदी र मसँगै थियौं । आनन्द श्रेष्ठ, गोविन्द, मिलन, पुण्य लगायतका साथीहरू मिलेर योजना बनायौं । रामनाथ ढकाललाई पुर्जी थप्न र बयान गर्न ल्याउँदै थियो, त्यही समयमा पुलिसबाट खोसेर भगाउने । हाम्रो योजना जेलमा भएको रामनाथलाई सुनाउने मेरो जिम्मा थियो । म जेलमा गएर रामनाथलाई भनेको त उहाँ धेरै नै रोमान्टिक मुडमा हुन्छ भनेर त्यो योजनालाई सफल पार्ने थप उपाय बताउनुभयो । जेलमा राम्रो लुगा लगाउने, आएका खानेकुरा सबैलाई बाँडने, व्यायम गर्ने र पुलिसलाई फुक्र्याएर बस्ने उहाँको बानी नै थियो । रामनाथको यो बानीको हामीले पनि फाइदा लिएका थियौं । पहिलो दिन बयान लिन लग्यो, तर केके मिलेन अनि हाम्रो योजना पनि सफल भएन । फेरि दोस्रो दिन प्रयास गरियो, सफल भइयो । हामीले पुलिसबाट खोसेर दौडायौं । नजिकै ट्याक्सी तयार थियो, ट्याक्सीमा कुदायौं । २ वटा ट्याक्सी परिवर्तन गरेर हामीले उहाँलाई झलकजीको गाउँ भाचोक पुर्‍याएर सफलताको आनन्द लिएका थियौं । यदि त्यस घटनामा रामनाथ नै सक्रिय नभएको भए सम्भव थिएन । त्यस्ता घटनालाई उहाँले रमाइलोसँग सामना गर्नुहुन्थ्यो । त्यसपछि त एउटा राजबन्दी पुलिसबाट फुत्केको खबरले पोखराभरि हल्ला फैलियो, पुलिस परिचालन भयो, तर रामनाथलाई हामीले सुरक्षित क्षेत्रमा लगिसकेका थियौं ।

रामनाथ ढकाल अखिलको केन्द्रमा अध्यक्ष हुँदा म कोषाध्यक्ष थिएँ । त्यतिबेला शंकर पोखरेल, रामनाथ, योगेश, भानु, राजन, केशव लगायतका साथीहरूको अखिलमा राम्रो टिम थियो । २०५१ को निर्वाचनमा भर्खरै निवर्तमान भएका अध्यक्ष शंकर र बहालवाला रामनाथलाई चुनावमा लडाउने भनेर अखिलमा सल्लाह भयो । हामी त्यस काममा लाग्यौं र दुवै जनाले टिकट पनि पाए । र, जिते पनि । त्यसको १ वर्षपछि त्यति राम्रो मिलेको टिम विभाजन भयो र त्यो टिमको बेमेल पार्टी विभाजनसम्म पुग्यो । तर पार्टी विभाजन भएर हामी दुईतिर हुँदा पनि रामनाथ दाइसँगको सम्बन्ध सधैं राम्रो रह्यो । वास्तवमै रामनाथ सम्बन्धमा सरल र मिलनसार हुनुहुन्थ्यो, कसैलाई पनि अनावश्यक हेप्ने र पेल्ने भन्दा पनि व्यावहारिक भएर छलफल गर्ने र समाधानमा पुग्ने उहाँको स्वभाव थियो, जसलाई धेरैले मनपराउँथे । हुन त हाम्रो अखिलमा पहिलादेखि नै एकअर्कालाई सम्बोधन गर्न सर भन्ने चलन थियो, किनकि मैले प्यासी, खगराज, तुलबहादुर, हितकाजी, झलक, शिव सबैलाई सर भन्थँें तर रामनाथलाई दाइ भन्थे जुन आजसम्म पनि चल्यो ।

रामनाथ ढकाल पार्टीको लुम्बिनीको इन्चार्ज हुँदा खासगरी २०६२/६३ को जनआन्दोलनमा लुम्बिनीका लाखौं जनतालाई सडकमा उतारेर राजतन्त्र विरुद्ध जनअभिमत प्रकट गराउनुभयो । उहाँले त्यतिवेला खेलेको भूमिका आजसम्म पनि कसैले बिर्सन सक्दैन । त्यस्तै २०५१ मा सांसद भएर र ०६४ पछि सभापति भएर राज्यव्यवस्था समितिमा खेलेको भूमिकाले र संविधानसभामा उहाँको प्रस्तुतिले संसदीय मोर्चामा उहाँले आफूलाई सबैभन्दा अब्बल सावित गर्नुभएको थियो ।

कतिपय मान्छेहरू जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न चुक्छन्, तर रामनाथले राज्य र पार्टीमा जुन जिम्मेवारी पाउनुभयो त्यसलाई सन्तुलित र क्षमताका साथ सम्पन्न गर्नुभएको छ । संसदीय जिम्मेवारी पुरा गरिरहँदा पार्टीगत आग्रहभन्दा पनि संसदीय मूल्य र मान्यतालाई नै आत्मसात गर्नुभयो जसका कारण कतिपय बेला उहाँले लिएका अडान र निर्णयले पार्टी नेतृत्वलाई पनि सोच्न बाध्य पाथ्र्यो ।

सुडान घोटला प्रकरणमा उहाँले प्रदर्शन गरेको क्षमता संसदीय इतिहासमै एउटा महत्त्वपूर्ण उपलब्धि भएको छ । कुनै पनि काम गर्दा विभिन्न विचार र व्यक्तिहरूसँग संवाद गर्ने, सञ्चारकर्मीहरू, विषयविज्ञहरूसँगको निरन्तर अन्तरक्रिया र आफ्ना विषयमा पर्याप्त अध्ययन र अनुसन्धान गरेर मात्र बोल्ने र काम गर्ने उहाँको तरिकाले उहाँलाई संसदीय अभ्यासमा एउटा भरपर्दाे र विश्वसनीय सांसद बनाएको थियो । र आफ्नो समयमा राज्यव्यवस्था समितिलाई त्यो उचाइमा पुर्‍याउनुभएको थियो । पार्टीका विभिन्न मोर्चामा काम गर्दा संसदीय प्रभावबाट भन्दा पनि पार्टी नेताको जस्तो भूमिकाबाट आफूलाई अगाडि बढाउने उहाँको स्वभावले जिम्मेवारीअनुसार आफूलाई ढाल्न सक्ने गुण विकास भएको थियो ।

राजनीतिक जीवनको छोटो अवधिमा नै एउटा मध्यमवर्गीय परिवारमा जन्मे/हुर्केका साधारण व्यक्ति आफ्नो मिहेनत, इमानदारिता र क्षमतालाई राष्ट्र, समाज र पार्टीको लागि धेरै ठूलो योगदान गर्न सक्छ भन्ने बलियो दृष्टान्त रामनाथले दिई जानुभएको छ । हरेक जिम्मेवारी र काम आफ्नो सम्पूर्ण क्षमता लगाएर पुरा गर्नुपर्छ भन्ने कुरा उहाँबाट सिक्नुपर्छ । राजनीतिमा स्थायी शत्रु र मित्र हँुदैनन् भन्ने कुरा उहाँका व्यवहारमा देखिने गुण हो । विचारका आधारमा असाध्यै नजिक र टाढा बनाउने र राख्ने प्रवृत्ति उहाँमा थिएन । सधैं आफूलाई दुरुस्त राख्न सक्ने स्वास्थ्य र फिटनेसमा ध्यान दिने मान्छेलाई पनि कुनै रोगले आक्रमण गर्ला भनेर कसैले सोच्दैनथ्यो होला, तर भयो त्यही । धेरै लडाइँ जित्नुभएका रामनाथ मृत्युसँग हार्नुभयो तर उहाँले अविष्मरणीय योगदानहरू छाडेर जानुभएको छ । अनगिन्ती सपना बोकेर हिडदैै गर्दा हामीलाई छाडेर जानुभएको छ । हामी यसलाई साकार पार्नु र रामनाथका राम्रा गुणहरू नयाँ पुस्तामा पुर्‍याउनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो ।

 यो लेख आजको कान्तिपुर दैनिकमा प्रकासित छ