हामीकहाँ राजनीतिले मात्र सबैकुरालाई मात्र परिवर्तन गर्छ भन्ने गलत सोच छ, आर्थिक उत्पादनको मार्फतपनि राजनीतिलाई चेन्ज गर्न सकिन्छ । आर्थिक विकासका लागि सबैभन्दा पहिले हामीले पहिचान गर्नुपर्ने बिषय हाम्रो मुलुकको मुख्य रिसोर्स के हो ? जुनलाई प्रयोग गरेर मुलुक बढी भन्दा बढी लाभान्वित हुन्छ । जस्तो कोरियाले एउटा फाइण्डिङ गर्यो नि, हामीकहाँ प्राकृतिक स्रोत छैन् त्यसकारण निर्यात मुलक सामाग्री उत्पादन गर्ने सोचाइ बनाउनुपर्छ ।
निर्यातमुखी अर्थतन्त्रको विकासकालागि बाह्य बजारमा जाने सामाग्री उत्पादनलाइ कोरियाले मेन तारगेट गर्यो । त्यसका साथमा अरू पनि गरे । हामीकहाँ कुन कुराले बाहिरी बजारपनि र देशभित्रको आर्थिक विकास पनि गर्न सक्छौ त्यसको फाइण्डिङ गर्नुपर्यो । बोलेर मात्र होइन, काम गरेर देखाउनु पर्यो, कृषिको अत्यन्त आधुनिकिकरण, व्यसायीकरणको माध्यमवाट फड्को मार्न सक्छौं । त्यसमा क्रान्तिकारी भूमिसुधार, साँचो अर्थको भूमिसुधार आवस्यक छ । भूमिसुधार भनेको मान्छेलाई जग्गा बाढ्ने भूमिसुधार होइन चक्लाबन्दी सहितको बढी उत्पादन गर्न सक्ने भूमिसुधार । धेरैलाई रोजगारी दिनसक्ने कृषि, बजारमा पुराउन सक्ने कृषिको विकास प्रमुख आवश्यकता हो ।
दोस्रो, जलविद्युत विकास हो । जलविद्युतको माध्यमवाट अहिलेको उर्जा संकटलाइ कमगर्न तत्कालै प्रयास सुरु गर्नुपर्ने भएको छ । विद्युत निर्यातको संभावनालाई साकार रूपदिन तीब्र विकासमा जानुपर्छ । जलविद्युतको विकाससँगै सिंचाइका कुरा जोडिन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा हामी अरब-अरब जनसंख्या भएको चीन र भारतको बीचमा छौ, पर्यटनलाई उद्योगको रुपमा विकास गर्न सक्छौ । नेपालको सुन्दरता विश्वकै लागि आकर्षणको केन्द्र बनेको छ, पर्यटन उद्योगबाट धेरै गर्न सकिन्छ । हामीकहाँ रहेका कच्चा पदार्थलाई प्रयोग गरेर वस्तु बाहिर निर्यात गर्न सक्ने संभावना उत्तिकै छ ।
यसकालागि शिक्षालाई हामीले व्यवसायिक बनाउन जरूरी छ, अहिलेको जस्तो सर्टिफिकेट लिने शिक्षा होइन । औद्योगिक र व्यवसायीक जनशक्ति निर्माण गरेर बढी भन्दा बढि परिचालन गरेर देशको मुहार एकदमै छिटो फेर्न सक्छौ । अहिलेजस्तो रेमिट्यान्सलाई सदुपयोग गरेर मेघा प्रोजेक्टमा लगाउन सक्छौ । यसबाट विदेशमा रहेका कामदारलाई लाभ दिन सक्छौ, त्यसको ग्यारेण्टी राज्यले दिनुपर्छ । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सको सदुपयोग गरी पाँच दश बर्षमा डबल बनाएर दिनेगरी सरकारले ग्यारेण्टी गर्यो भने विकासका लागि रकम अभाव हुने छैन । गर्न सक्छौ, गर्नुपर्छ र नगरी सुखै छैन । आजको दिनमा व्यवसायीक वातावरण सुरू भएको छैन्, शिक्षा, संस्कृति र राजनीतिले इण्टरप्रेनरशीप बन्न सिकाएन, व्यवसायीकरणको वातावरण बनाएर देश बदल्न चाहन्छौ । अहिले त के छ, जागिर खोज्ने जागिर पाएन भने बेरोजगार भएर बेरोजगारले गर्ने काम खोज्ने मगन्ते खालको हाम्रो यो ट्रेण्ड छ । हम्रो संगठन उत्पादनमुखी र कामलाई समान गर्ने खालको हुनुपर्नेछ ।
अहिले हेर्नुस् त राजनीतिक दलका भातृ संगठन सबै बेरोजगारको भीड जस्तो भएको छ, त्यहाँ योग्यतम मान्छेहरू पनि छन् । आज काम गर्ने मान्छेपनि त्यहाँ गएर काम गर्दैन यस्तो जमात लिएर मुलुक विकास हुन सक्दैन । केही महिनाको बिचमा म अमेरिका, जापान र कोरियाको भ्रमण गरे । अमेरिका डेढ दुइसय बर्ष अघि विकसित भइसकेको मुलुक हो, कोरिया भनेको पछिल्लो ३० बर्षमा अत्याधिक विकास गरेको पचास बर्षे विकास अनुभव भएको देश । आजभन्दा ५० बर्ष अगाडी कोरिया दक्षिण अफ्रिकाका अत्यन्तै गरिव मुलुक जस्तै थियो, खाने कुरा केही थिएन । नेपालमा त्यतीवेला घान बढी भएर होम गथ्र्यौ, भगवानलाइ चढाउथ्र्यौ, घ्यु चढाउथ्यौ । त्यतैबेला हामीले खाद्यान्न त्यता निर्यात गथ्र्यौ नेपाल त्यतिवेला त्यो अवस्थामा थियो । तर, कोरियनहरूले जसरी आफूलाई विकास गरे, त्यो चाही एकदमै रोचक छ । ३० बर्ष अघिसम्म कोरियनहरू पनि अरबमा गएर काम गर्थे, अरबमा काम गर्दा उनीहरूले सोचे यहाँ सधैभरी काम गर्ने होइन, यहाँबाट हामीले आफ्नो देशमा सीप लाने हो, पैसा लाने हो तर विकास आफ्नै देशको गर्ने हो । आखिर त्यही गरे ।
रेमिट्यान्सको पैसामात्र होइन, राज्यका सम्पत्ति व्यक्तीसंग भएका गरगहना जति छ, थाक्सिन भन्ने त्यहाँका राष्ट्रपतिले सब कलेक्सन गरे । अलिकति डिक्टेटर पनि थिए, त्यो सम्पत्ति ठूला ठूला राजमार्ग निर्माणमा खर्च गरे । त्यहाँ मान्छेले रोक्ने कुरा भएन । हामीकहाँ उद्योगले सबैभन्दा ठूलो सम्पत्ति जग्गालाई देखाउछ, जग्गा कुनै सम्पत्ति नै होइन । आज धेरै संस्थानले आफूलाई धनी देखाउन खोज्छन्, के गरेर जग्गाको मुल्य राखेर । जग्गाको मुल्य राखेर गरेको संस्थान धनी नै होइन । उसको मोविलिटी कति छ, उत्पादन कति हुन्छ, कति बजारमा जान्छ कति प्रफिट भएको छ, त्यसको आधारमा धनी हो कि होइन भनेर बुझ्ने कुरा हो ।
उनीहरूले ह्यावी इण्डस्टीएल डेभलेपमेण्ट गरे, एग्रिकल्चरमा त्यही खालको चेन्ज गरे । गाउँ र शहरको बीचको अन्तर नहोस् भनेर ग्रामीण विकासका नयाँ शैली अपनाए । हर नयाँ जेनेरेसनमा स्कील भर्ने कुरामा गए, र आफ्नो आवस्यकता र बजार फाइण्डिङ गर्ने र बजार जहाँ छ त्यही उत्पादन गर्ने गरी सबै जागरूक भएर आज करिव करिव ३६ हजार युएसडलर प्रतिव्यक्ती आम्दानी पुर्याएका हुन् । त्यसै भएको होइन, त्यहाँको प्रत्येक डेभलभमेण्टमा जनताको पसिना छ, त्यहाँ जनताको रगत मिसिएको छ । त्यो संकल्पले पो विकास हुन्छ । राजनीतिक दल त्यहाँपनि छन् । राजनीतिक दलको धेरै दादागिरी सुशासनको लागिमात्र होइन विकासको लागिपनि बाधक रैछ कि भनेर संश्लेषण गर्नुपर्ने समय आएको छ । आज इतिहास पल्टाएर मात्र दल चल्न सक्दैन, जो व्यबसायीक र सक्षम छ उसलाई अवसर दिइनुपर्छ । जो आजको च्यालेन्जलाई सामना गर्छ त्यसलाई योग्य नेता मान्ने कि विगत ७० बर्षदेखी पार्टीमा लाग्नु भएको भनेर त्यसलाई मान्ने ? हाम्रो धारणामै केही परिवर्तन ल्याउन जरुरी छ ।
मलाई के लाग्छ भने अमेरिकाको विकास भन्दा कोरियाको विकास हाम्रा लागि उपयोगी छ । हामीले संकल्प गर्नेहो भने दश बर्षमा नेपालकामो परिस्थिती ठूलो परवर्तन ल्याउन सकिन्छ, २० बर्षमा कोरियाको ठाउमा पुग्न सकिन्छ । नेपालमा केही नभएका होइनन, ०७३ सम्ममा लोडसेडिङ मुक्त गर्ने प्रयास भइरहेको छ । अन्य केही सकारात्मक संकेत नदेखिएका होइनन, तर राजनीतिक अस्थिरताका कारण विकासले पिक अप लिन पाएन । पैसाको कुरा गर्दा त जापानसंग कुल ग्राहस्थ उत्पादको डलव ऋण छ । अन्य विकसित मुलुकको पनि ऋण छ । हामीले ऋण लिएका छैनौ, ऋण लिएर पनि देशलाइ परिवर्तन गर्न सक्छौ । प्रत्येक दिनका समाचार हेर्नुस उही छ । यस्तो तालले मुलुक अगाडी बढ्न सक्छ ? नेपालको विकास मोडेल मौलिक हुनुपर्छ, कृषिमा कोरिया, इजरायलबाट सिक्न सकिन्छ । तर यसका लागि राजनीतिक स्थिरता मुख्य शर्त हो । हामीले आशा मार्नु हुदैन, नेपालको भविश्य सुन्दर छ ।
स्रोत : नेपाली हेडलाइन्स