‘पोखरामा अब १० वर्षमा वार्षिक २० लाख पर्यटक’: सांसद अधिकारी (भिडियो)


rabindra-in-pkr-streat-festivel-1

अंग्रेजी नयाँ बर्षका अवसरमा १९ वर्षदेखि आयोजना हुँदै आएको पोखरा सडक महोत्सव सुरु भएको छ । नयाँ बर्षमा पोखरा आउने पर्यटकलाई लक्षित गरी रेवान पोखराको आयोजनामा भएको सो महोत्सवको प्रतिनिधिसभाका नवनिर्वाचित सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे ।

अधिकारीले ५ वर्षभित्रमा पोखरामा अबको दोब्बर पर्यटक भित्राउने दाबी समेत गरे । संसदको विकास समितिका निवर्तमान सभापतिसमेत रहेका अधिकारीले चुनावी घोषणा पत्रमा आफ्नो पार्टीले १० वर्षमा वार्षिक २० लाख पर्यटक भित्राउने उल्लेख गरेपनि ५ वर्षमै दोब्बर पर्यटक भित्रिने र योजना अनुसार सफलता प्राप्त गर्न सकिने बताए ।

पोखरा विमानस्थल निमार्णको जग्गा सम्याउने काम हालसम्म २.६ प्रतिशत जसो पूरा भएको बताउँदै सांसद अधिकारीले प्रदेश ४ कै पर्यटन प्रबर्द्धन गर्ने गरी दिगो ढंगले समयमै सोचेर योजना बनाउनुपर्नेमा जोड दिए ।

प्रदेशको राजधानी निर्विकल्प रहेको पोखरा अन्य क्षेत्र भन्दा अझ बढी आर्थिक विकास र समृद्धिको सम्भावना भएको सांसद अधिकारीले बताए । देशकै लोकप्रिय महोत्सवको रुपमा रहेको सडक महोत्सवलाई आन्तरिक पर्यटक संगै बाह्य पर्यटन प्रबर्द्धनलाई आकषर्ण गर्ने विभिन्न प्याकेज दिन सक्नुपर्नेमा उनको जोड थियो ।

पोखरा विश्वकै नमूना पर्यटकीय स्थल भएको र यो विश्वमै उदाहरणीय रहेको प्रसङ्ग कोट्याउँदै उनले भने, ‘हामीले एउटा राम्रो सभ्यता र संस्कार दिएका छौं, यहाँ बेलुका रातीसम्मै पर्यटक बस्छन्, खान्छन्, रमाउँछन् तर कुनै घट्ना घट्दैन, शान्त र सुरक्षित छ, यस्तो अन्त कतैपनि हुँदैन ।’

rabindra-in-pkr-streat-festivel

फरक प्रसंगमा, सांसद अधिकारीले राजनीतिक अलमलले सरकार बन्न ढिलाई भएकोमा गुनासो गरे । उनले भने ‘जनताले दिएको म्यान्डेडलाई कार्यान्वयन गर्न ढिलाई भई रहेको छ, अब छिट्टै नयाँ सरकार बनेर आर्थिक विकास समृद्धिको बाटो खुल्ला पार्नु पर्छ ।’ जनादेश अनुसार नै दलहरु अघि बढ्नुपर्ने भन्दै उनले जनादेश बमोजिम सरकार बन्ने पनि बताए ।

केरुङ–काठमाडौं–लुम्बिनी हुँदै पोखरा रेल आउने दाबी गर्दै त्यसपछि सडक मार्ग, हवाई मार्ग र रेलबाट विदेशी पर्यटक आएपछि पोखरामा पर्यटक पुग्दो हुने उनको भनाई थियो ।

भिडियो हेर्नुहोस :

source:gandaknews.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image