अधिकारीको चुनावी अपिल


आदरणीय आमा बुबा दाजु भाई दिदि बहिनी तथा मित्रहरु
स-हृदय मेरो अनुरोध

चुनाबको घरदैलो तथा भेटघाट कार्यक्रमको आज अन्तिम दिन । यहाँहरुको घरमा र टोलमा म आए । चाहादा चाहदै यहाँहरुको घरदैलोमा आईपुग्न नसकेको भए पनि म सधै तपाइको साथ र समिपमा रहिरहने छु । हिजो मैले तपाईहरुको बिश्वास प्राप्त गरेर संबिधान निर्माण र क्षेत्रीय तथा राष्ट्रिय बिकास निर्माणमा जुन कामहरु र भूमिका निर्वाह गरे त्यो तपाईहरुको बिचमा छर्लंगै छ । तपाइहरुको आशिर्वाद, सद्भाव र सहयोग पाप्त गरिरहेको छु । त्यस प्रति धेरै धेरै आभारी छु । अहिले, स्थाई सरकार निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको सपनालाई पुरा गर्न वाम गठबन्धन-नेकपा एमाले र मावोबादी केन्द्र, हामी मिलेर आएका छौ ।

यहि मङ्सिर २१ गते बिहान ७ बजे देखि साझँ ५ बजे सम्मका लागि मतदान समय तोकिएको छ । वाम गठबन्धनको प्रतिनिधि सभाको साझा उमेदवारको रुपमा कास्की निर्वाचन क्षेत्र नं. २ मा हरियो मसिले छापेको मतपत्रको “सुर्य” चिन्हमा छाप लगाई म (रविन्द्र अधिकारी)लाई, त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(१)मा कालो मसिले छापेको मतपत्रको “सुर्य” चिन्हमा छाप लगाई कृष्ण थापा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(२)मा कालो मसिले छापेको मतपत्रको गोलाकार भित्रको “हसिया हथौडा” चिन्हमा छाप लगाई राजकाजी गुरुङ ‘करण” लाई अमुल्य मत दिई सहयोग गर्नुहुन बिनम्र अनुरोध गर्दछु ।

अन्त्यमा,
म बिश्वास दिलाउन चाहन्छु । बिगतमा याँहाहरुको प्रतिनिधि रहदा यस क्षेत्र तथा सिङ्गो राष्ट्रलाई शिर उच्च हुने काम नै गरे । शिर झुकाउनु पर्ने अवस्था कहिल्यै निर्माण गरेको छैन । आउदा दिनहरुमा पनि तपाईहरुको मत र बिश्वासलाई थप मजबुत बनाउन लाग्ने छु । धन्यवाद,

रबिन्द्र अधिकारी
वाम गठबन्धन
सुर्य चिन्ह
कास्की क्षेत्र नं ३

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image