रबिन्द्रले चुनावी प्रचारको बिट मार्दै भने “औधोगिक, कृषि क्रान्ति, पुर्वाधार विकास आजको आवश्यकता ”


हामी संविधान निमार्ण गरेर, जनताले आफ्नो संविधान आफै निमार्ण गरेर, अब एक हिसावले राजनीतिक लडाई सकिएको छ । अब हाम्रा अगाडी आर्थिक विकास, समृद्धिको मुद्धा आएको छ, त्यसको लागि आर्थिक क्रान्ति आजाको मुख्य आवश्यकता हो। औधोगिक क्रान्ति, कृषिमा क्रान्ति, पुर्वाधार विकास आजको आवश्यकता हो, सडक यातयात लगायतका पुर्वधार आजको आवश्यकता हो । पर्यटन पुर्वाधार, हावाई मार्ग, रोजगारी सृजना गर्ने, उद्यमशिलताको विकास गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, बैदेशीक पुजी र प्रविधि भित्राएर यो देशलाई न्याय र समानतामा आधारित सबृद्ध देश बनाउने हाम्रो मुख्य एजेण्डे हो । त्यसको लागि राजनीतिक स्थायीत्व आवश्यक पर्छ, जसको कारण हामी बाम एकता भएर अघि बढेका हौं । पाँच बर्ष सरकार चलाउदा साधारण कामको सूरुवात गर्ने छौं । हाम्रो ध्यान यति वेला राष्ट्रिय ध्यानमा केन्द्रित भएका छौं । म निर्वाचिन भएको ठाँउलाई पनि विकास र समृद्धिमा पुराउने हो ।

प्रदेश नम्बर ४ सम्भावना नै सम्भावनाले भरिपुर्ण क्षेत्र हो । यहाँ हाल देशमा उत्पादन भएको ५० प्रतिशत बिद्युत यहाँ हुन्छ भने करिब ५० प्रतिशत जसो पर्यटकहरुको गन्तव्य प्रदेश नम्बर ४ मै रहेको छ । कृषि र उद्यमशिलताको विकासको पनि उतिकै सम्भावना रहेको यस क्षेत्रमा मुख्य गरी पर्यटन, कृषि र औधोगिक विकासमा हामीले ध्यान दिने हो । प्रदेश नम्बर ४ को विकासको पुर्वाधारको लागि पोखरा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थलको निमार्ण कार्य अघि बढाएका छौं । काम धमाधम भएको छ । उत्तर र दक्षिण जोड्ने बाटो निमार्ण भएको छ । यस क्षेत्रमा मध्यपहाडी लोकमार्ग जोडिएको छ । अन्य योजना अघि बढेकाछन । शिक्षा, स्वास्थ्य, साहित्य र कलाको पनि यहाँ उतिकै सम्भावना रहेको छ ।
प्रति व्यक्ति आम्दानी सवै भन्दा बढी हुने प्रदेश स्मार्टा प्रदेश बनाउने अभियानमा छौं । पोखरा, र लेकसार्यडलाई मात्र पर्यटकीय क्षेत्रको रुपमा नलिई अन्य क्षेत्रलाई जोड्ने कमतिमा एक देखि डेढ घण्टासम्ममा पुग्ने सडक संजाल विस्तार पनि हामीले गर्ने छौं । यी सवै योजनाहरु पुरा गर्न मेरो उमेदवारी हो । यदि मैले यो क्षेत्रबाट जितेमा यहाँको सम्भावनाको खोजि गरी आर्थिक विकास र समृद्धिको बाटोमा लैजाने छु ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image