“अब घिस्रने नभै दौडने सरकार बनाउने”, अधिकारी


कास्की क्षेत्र नं. २ का बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले अब घस्रने नभै दौडने सरकार बनाएर द्रुतगतिमा समृद्धिको बाटोमा लम्कने बताउनुभएको छ ।

शनिबार पोखरा लेखनाथ महानगर पालिका अन्तर्गत वडा न २० भलाममा जनतासंग भेटघाट गर्ने क्रममा आयोजित कोण सभामा सम्बोधन अधिकारीले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले अब बाम गठबन्धनले कछुवा गतिमा नभई फटाफट हिड्ने सरकार बनाउने दावी गर्दै दाबी गर्नुभएको छ । अधिकारीले जहिले पनि अस्थिरता हुँदा देशमा बिकासले गति लिन नसकेको भन्दै कम्तिमा पाँच वर्ष एउटा सरकारले काम गर्न पायो भने समृद्धितर्फ देश अघि बढ्ने बताउनुभयो ।

सभालाई सम्बोधनन गर्दै अधिकारीले नेपालमा स्थायित्व नचाहने तत्वहरु अत्तालिएर बाम गठबन्धनका विरुद्ध अनेकन झुट्टा प्रचारबाजीमा उत्रेको पनि बताउनुभयो ।

सो कार्यक्रममास्थानीय आमा समूह, युबा क्लब, सरोकारवाला अन्य संघ संस्थाहरुले सो क्षेत्रका बिबिध समस्या को बारेमा जानकारी गराएका थिए । सो अबसरमा उम्मेदबार अधिकारीले ग्रामिण कृषि, खानेपानी, पर्यटन र युबा रोजगारीलाई प्रमुख मुद्धा बनाएर अघि बढ्ने भन्दै कुनै पनि समस्यासंग काँधमा काँध मिलाएर अगी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

शनिबार नै अधिकारीले पोखरा लेखनाथ महानगर वडा न ८, ९ र ११ का बिभिन्न टोलमा आयोजित कोण सभा र र जनस त्कारमा सहभागीता जनाउनुभएको थियो ।

Source: nepaljapan.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image