कास्की क्षेत्र नं. दुई देशकै नमूना क्षेत्र बन्छ (भिडियोसहित)


बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार रविन्द्र अधिकारीले कास्की क्षेत्र नंं २ लाई देशकै उत्कृष्ट र नमूना क्षेत्र बनाएरै छोड्ने प्रतिबद्धता जनाउनुभएको छ ।

निर्वाचनन प्रचारका क्रममा जनताको घरदैलो गर्दै अधिकारीले आफूले बिगतमा जनप्रतिनिधि निर्बाचित भएर देशकै उत्कृष्ट जनप्रतिनिधिको रुपमा काम गरेको र अब सम्पूर्ण राजनीतिक लडाई सकिएकोले सम्पूर्ण ध्यान बिकासमा लगाउने भन्दै जनताको समृद्धि नै मुख्य एजेन्डा रहेको भन्दै कास्की क्षेत्र नं. २ लाई उत्कृष्टट र नमूना प्रदेश बनाएर अघि बढ्ने बताउनुभएको हो ।

यसअघि दुईपटकसम्म जनप्रतिनिधि भएर आफूले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै अधिकारीले यसअघि गर्न छुटेका काम अब सबै पूरा हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले सबै विवरण आफ्नो प्रतिबद्ता पत्रमा उल्लेख गरेको भन्दै केही नगरेको भनेर आरोप लगाउनेहरुलाई जनताकै घर दैलोमा गएर बुझ्न आग्रह समेत गर्नुभयो ।

उहाँले कसैका कपोलकल्पित आरोपका पछी अहिलेका बुद्धिजिबी जनता नलाग्ने भन्दै झुटकोको खेतीले अबको राजनीति नचल्ने बताउनुभयो ।

Source : nepaljapan.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image