कास्की क्षेत्र न २ लाई उत्कृष्ट नमुना क्षेत्र बनाएरै छोड्छु – रबिन्द्र


बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका युबा नेता एबम सो पार्टिका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले कास्की क्षेत्र न २ लाइ उत्कृष्ट नमुना क्षेत्र बनाएरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।

अधिकारीले आफुले बिगतमा जनप्रतिनिधि निर्बा्चित भएर देशकै उत्कृस्ट जनप्रतिनिधिको रुपमा काम गरेको र अब सम्पूर्ण राजनीतिक लडाई सकिएकोले सम्पूर्ण ध्यान बिकासमा लगाउने भन्दै जनताको सम्बृदी नै मुख्य एजेन्डा भन्दै कास्की क्षेत्र न २ लाइ उत्कृष्ट नमुना प्रदेश बनाएर अघि बढ्ने बताएका हुन । छुटेका काम अब सबै पुरा हुन्छन ।दुइ पटक सम्म प्रतिनिधि भएर आफुले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै उनले सबै विवरण आफ्नो प्रतिबद्ता पत्रमा उल्लेख गरेको भन्दै केहि नगरेको भनेर आरोप लगाउनेहरुलाई जनताकै घर दैलोमा गयर बुझ्न आग्रह समेत गरे ।

कसैका कपोलकल्पित आरोपका पछी अहिलेका बुद्धिजिबी जनता नलाग्ने भन्दै झुटकोको खेतीले अबको राजनीति नचल्ने बताए ।
अधिकारीले सो कुरा आफ्नी निर्बाचन क्षेत्र न कास्की २ को वडा न ९ मा जन भेटघाटका अबसरमा सो कुरा बताएका हुन । बुधबारनै उनले पोखरा लेखनाथ वडा न ९ र १६ अर्मला लगायतका स्थानहरुमा घरदैलो गरेका छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image