कर्णालीको गरिबी र विकास

नेपाल मानव विकास प्रतिवेदन, २०१४ मा कर्णालीलाई सबै दृष्टिबाट मुलुककै सबैभन्दा पछाडि परेको क्षेत्र भनिएको छ। भोकमरी, महामारी दुस्साहसपूर्ण माओवादी आक्रमण र सरकारी प्रत्याक्रमण, भौगोलिक विकटताजस्ता भयावह विषय र घटनाका बेलामात्र मुलुकको ध्यान कर्णालीमा जान्छ। नत्र, उक्त क्षेत्र राज्यले सधैँ उपेक्षा र बेवास्ता गर्ने गरेको छ। भौगोलिकरूपले दुर्गम र विकट भएकाले कर्णाली अर्थात पुरानो जुम्ला […]