प्रधानमन्त्री दाहालको दायित्व

भाद्र २९, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । अपवादलाई छोडेर भन्ने हो भने नेपालका नेताहरू सामान्यतया भारत भ्रमणमा जाँदा हीनभावनाले ग्रसित हुन्छन्, किनभने नयाँदिल्लीको सदासयता बेगर नेपालको सत्तावृत्तमा जतिसुकै शक्तिशाली राजनीतिकर्मी पनि लामो अवधि टिक्न सक्दैन भन्ने आम मनोविज्ञान छ । तर यसो भन्दैमा नेपालको अन्तर्राष्ट्रिय हैसियतलाई भुटानसँग दाँज्नु भारतीय नोकरशाहहरूको गलत […]