सम्झनामा वैशाख १२ :भूकम्प

वैशाख १२ घण्टाघरको घडीमा मध्याह्न १२ बज्नै लागेको थियो । त्यसैलाई बायाँ पारेर एक फन्को घुमेँ, अनि लैनचौरतर्फ मोडिएँ । भोलिपल्ट हुलाकी राजमार्गको अध्ययन भ्रमणमा निस्कनु थियो । त्यसैको तयारी सकेर म कास्कीको पिकनिकका निम्ति बालाजुतर्फ जाँदै थिएँ । सरस्वती क्याम्पस अघिल्तिर पुग्दै के थिएँ, मानिसहरु भागदौड गर्न थाले । मेरो गाडी अघिल्तिर भएका मोटरसाइकलहरु […]