बिकास समिति द्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण

व्यवस्थापिका–संसद्, विकास समितिको टोलीले बहुप्रतीक्षित र बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको छ । समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले सिन्धुपाल्चोकको हेलम्बु गाविसको तिम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगी त्यहाँका काम कारबाहीबारे जानकारी लिएको हो । राष्ट्रिय गौरबको आयोजना, काठमाडौं उपत्यकाबासीलाई खानेपानीका साथै सरसफाई र उपत्यकाको हरियालीका लागि समेत उपयोग हुने मुलुककै बहुचर्चित […]