जिडिपीमा पर्यटनको योगदान दुईबाट १० प्रतिशत पुग्नेछ

वर्तमान मन्त्रिपरिषद्मा आसलाग्दा युवा प्रतिनिधि हुन्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी । देशले अर्थतन्त्रको मेरुदण्ड मानेका महत्वपूर्ण क्षेत्रमध्ये एक पर्यटन उनकै काँधमा छ । ठूलो सम्भावनाका बाबजुद नेपालले पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सकेको छैन । पर्यटकीय पूर्वाधार कमजोर अवस्थामा छन् । अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाहरूले अपेक्षित गति लिन सकेका छैनन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा पुनर्निर्माण सुस्त छ । […]