पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का

r arबिगत ४० बर्ष देखि बहसको बिषय रहदै आएको “पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल” अन्तत बन्ने पक्का भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चिनिया कम्पनि CAMCE र नागरिक उडडयन प्राधिकरण बीच भएको सम्झौताका आधारमा गरेको प्रस्ताबित रकम अनुमोदित गरेको हो । विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले पाएको छ। गत जेठमा भएको सम्झौतामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन र चाइना सिएएमसीका चेयरम्यान तथा प्रेसिडेन्ट लुओ यानले हस्ताक्षर गरेकी थिइन ।

CAMCE र नागरिक उडडयन प्राधिकरण बीच गत जेष्ट ८ गते सम्झौता भएको थियो । तर अहिले सम्म बिबिध कारण देखाउदै प्रक्रिया अगाडी बढ्न सकेको थिएन । सम्झौता भएको लामो समयसम्म मन्त्रीपरिषदले अनुमोदन नगर्दा थप काम अगाडी बढ्न सकेको थिएन् । पर्यटन मन्त्रालयको सक्रियतामा भएको सम्झौताको लागतप्रति अर्थ मन्त्रालयले आपत्ति जनाएपछि केही समय अर्थमा पनि यो फाइल रोकिएको थियो, अनन्त सरकारले यो निर्णय गरेको छ ।

सरकारको यस निर्णय पछि,’पोखरा अन्तराष्ट्रिय विमानस्थल’ निर्माण समितिका संयोजक तथा बिकास समिति सभापति, सभासद रबिन्द्र अधिकारीले भने “जे जति कारणले रोकिएको भए पनि अब निर्माणको बाटो खुलेको छ,पोखरेली जनताको ४० बर्षे सपना,बिभिन्न अबरोध लाइ पार गर्दै साकार हुने भएको छ । यसले नेपालको पर्यटन क्षेत्रको बिकास सँग संगै सम्पूर्ण मुलुककै आर्थिक बिकासमा महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ” ।

सरकारलाई विमानस्थल निर्माणका लागि एक्जिम बैंकले सहुलियत उपलब्ध गराउने भएको छ । विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणले सन् २०१९ मा उक्त विमानस्थल सञ्चालनमा ल्याइसक्ने जनाएको छ ।

उता पोखरेलीहरुले पोखरामा विमानस्थल निर्माणमा ढिलाई हुन नदिन दबाब र्‍याली, अनसन लगाएतका कार्यक्रमहरु गर्दै आएका थिए । भने मुलुककै प्रमुख प्रशानिक केन्द्र सिंहदरबार घेराउदेखि वर्तमान पोखरा विमानस्थलमा उडान–अवतरण समते बन्द गराएका थिए ।

( समाचार श्रोत : NRN न्युज )