संसदमा भूपू भारतीय सैनिकलाइ सहज रुपमा पेन्सन उपलब्ध गराउन माग

rpppppppसोमबार बसेको ब्यबस्थापिका संसदको बैठकमा भुतपुर्ब भारतीय सैनिकका पेन्सनको बिषयले संसद प्रवेश पाएको छ |

बिगत लामोसमय देखि भारतीय पेन्सनर र उनीहरुका बिधवा श्रीमतीहरु मध्ये दशौं हजारले नागरिकता र पेन्सन पट्टामा आफ्नो थर र उमेर नमिलेको कारण भारतीय दुताबासले पेन्सन रोकिदिए पछि यो कुराले संसदमा प्रवेश पाएको हो |

संसदको बिशेष समयमा बोल्दै एमाले नेता तथा सभासद रबिन्द्र अधिकारीले भने “हाल भारतीय पेन्सन क्याम्पहरु बाट पेन्सन रोकिएको छ,पहिले-पहिले भारतीय सेनामा भर्ति हुँदा नेपाली नागरिकता आबश्यक पर्दैनथ्यो,त्यतिबेला थर र उमेर आफ्नै ढंगले राखियो,जसका कारण आज पैसा झिक्न समस्या उत्पन्न भएको छ,यो समस्या लाइ तुरुन्त समाधान गर्नु पर्छ |

यस बिषयमा नेपाल सरकारले भारत सरकार संग दुइ-पक्षीय बार्ता गरी नेपालले दिएको परिचयपत्रका आधारमा सर्वसुलभ ढंगले पेन्सन प्राप्त गर्ने ब्यबस्था मिलाउन आग्रह गरे | भारतीय सरकारले पनि आफ्नो देशमा ‘रगत र पसिना’ बगाएर भारतीय सेनामा काम गरेका ‘भूपू सैनिक’ प्रति अनुदार नहुन र सम्बेदनशिल भएर पेन्सन सहज रुपमा उपलब्ध गराउन अनुरोध समेत गरे |

(स्रोत : नेपालजापान. कम )