१०० दिनमा सम्पादन भएका पर्यटन मन्त्रालयका प्रमुख कार्यहरुको सार्वजनिकीकरण (पुरा विवरण)

 सार्वभौम जनताको ताजा जनादेश एवं संसदको वहुमत प्राप्त दलको हैसियतवाट वर्तमान सरकार मिति २०७४/११/०३ मा गठन भएपश्चात माननीय मन्त्री श्री रविन्द्र अधिकारी र माननीय राज्यमन्त्री श्री धनबहादुर बुढा मिति २०७४/१२/०२ मा यस संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय वहाली हुनुभएको थियो । वहाँहरुको वहालीको सिलसिलामा माननीय मन्त्रीज्यूबाट निर्देशन भए अनुरुप यस मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरु, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण, हवाई सुरक्षा, पर्यटन पूर्वाधार विकास तथा प्रवर्द्धन एवं मन्त्रालयको नीतिगत तथा कानूनी सुधारका सम्बन्धमा १०० दिनभित्र सम्पादन गरिने प्रमुख कार्यहरु समेटिएको १०० दिने कार्ययोजना  सार्वजनिकरण गरिएको थियो । उक्त कार्ययोजनाको हालसम्मको कार्यान्वयन अवस्था र प्रमुख उपलब्धिहरु यसैसाथ सार्वजनिक गरिएको छ ।

१०० दिनभित्र सम्पादन गरिने प्रमुख कार्यहरु समेटिएको १०० दिने कार्ययोजना (घोषणा गरिएका र समपन्न भएका कामहरु)को थप विवरणको लागि यहाँ थिच्नुहोस् | 

 

. त्रिभुवन न्तर्राष्ट्रिय विमानस्थल सुधार:

  • मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो Traffic Congestion समस्यालाई न्यूनीकरण गर्न मिति २०७५।०२।०७ देखि बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म विमानस्थल २१ घण्टा संचालनमा ल्याईएको ।
  • उक्त विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रियस्तर दुवै तर्फको उडान र अवतरणको चापले (एयर ट्राफिक को कारण) वाह्य उडानहरुमा अत्यधिक लामो समयसम्म विमान होल्ड भई अन्तर्राष्ट्रिय स्तरमा नराम्रो प्रभाव पर्न गएको तर्फ ध्यान दिदै आन्तरिक विमानस्थललाई अन्यत्र सार्न विकल्प सहितको सुझावका लागि एक प्राविधिक समिति गठन गरिएको । उक्त प्राविधिक समितिले विभिन्न स्थानको विकल्पहरु मध्ये काभ्रेपलान्चोक जिल्लाको नागिडाँडामा निर्माण गर्न उपयुक्त हुने भनी सिफारिस सहितको प्रतिवेदन दिएकोले सो स्थान छनौट भई प्रारम्भिक कार्य सुरु भएको।
  • यात्रुहरुलाई थप सहज बनाउन अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा चार वटै ब्यागेज बेल्ट नियमित संचालन गरिएको र सेन्ट्रल एसि जडान भई संचालनमा आईसकेको । आन्तरिक टर्मिनल तर्फ यात्रु प्रतिक्षालयमा थप कुर्सिहरु व्यवस्था गरिएको र एसि जडान कार्य भईरहेको ।

. राष्ट्रिय गौरबका आयोजनाहरुको कार्यान्वयन:

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना (NIA):

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणको सहजीकरणको लागि नेपाल सरकार(म.प.)को निर्णयानुसार माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय सहजीकरण समिति र यस मन्त्रालयका सचिवज्यूको संयोजकत्वमा आयोजना कार्यान्वयन समिति गठन भई कार्यारम्भ भईसकेको।
  • विमानस्थल निर्माण मोडालिटी तयारीको निम्ती गहन छलफल भईरहेको।विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गराईएको ।
  • कोरीयन कम्पनी LMW ले बुझाएको विस्तृत सम्भाव्यता अध्ययन (DFS) प्रतिवेदन नेपाल सरकारले ग्रहण गरेको र सम्झौता वमोजिम LMW सँगको दायित्व भुक्तानी गर्न आवश्यक समन्वय भईरहेको।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना: विमानस्थलको धावन मार्ग, टर्मिनल भवन  लगायतका सिभिल निर्माण कार्यको भौतिक प्रगति ३८% सम्पन्न भएको ।विमानस्थल निर्माण एवं मुआब्जा वितरणको कार्य भईरहेको।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजना: पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजनाको Design Review and Supervision Consultant नियुक्त भई कार्य प्रारम्भ गरेको ।

पशुपति क्षेत्र विकास:

  • भगवान पशुपतिनाथको धार्मिक महत्व तथा पाशुपत क्षेत्रको ऐतिहासिकता, पुरातात्विक तथा पौराणिकता झल्किने गरी वृतचित्र तयार गरी प्रचार प्रसार गर्न परामर्शदाता नियुक्तिको प्रक्रियामा रहेको ।विगत लामो समयदेखि अवरुद्ध रहेको धार्मिक तथा सांस्कृतिक महत्वको वागमती जात्रा मिति २०७५।०१।१० देखि पुन:संचालन आई २०७५।०१।१७ गते समापन गरिएको ।
  • पशुपति क्षेत्रलाई Beggars free Zone घोषणा गरिएको ।भक्तजनहरुको माग बमोजिम सुचना प्रविधिको माध्यमवाट पनि पुजा गर्ने परिपाटी (इ-पूजा) गर्न तयारी भईरहेको।सम्पदा संरक्षण अन्तर्गत भष्मेश्वर सत्तल वनकाली सत्तल शंकराचार्य मन्दिर पोडेपाटी पन्ध्र शिवालय सत्तल र अमरकान्तेश्वर मन्दिर सहित छ वटा सम्पदा निर्माण कार्य सम्पन्न भएको।

लुम्विनी क्षेत्र विकास:

  • सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीहरुको समुपस्थितिमा २५६२ ‌औ बुद्ध जयन्ती एवं लुम्विनि दिवस भव्य रुपमा मनाइएको । सो अवसरमा ३००० मानिस अट्ने अस्थायी प्रकृतिको सभाहल निर्माण भई सो हलमा २३ देशका बौद्ध विद्धानहरुबाट ३३ वटा कार्यपत्रहरु प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सम्पन भएको।”भगवान वुद्धको जन्मस्थल,बौद्ध धर्म र विश्व शान्तिको उद्‌गममस्थल” भन्ने नाराका साथ उक्त सम्मेलनले नेपालको लुम्विनीलाई भगवान वुद्धको जन्मस्थल र विश्वशान्तिको मुहानको रुपमा विश्वमा प्रबर्धन गर्न १० बूदे घोषणापत्र जारी समेत गरेको ।
  • सो क्षेत्रको गुरुयोजना अनुरुप बाटो, ब्रिक पेभिङ्ग सिम्बोलिक पेभिलियन, वाटर सप्लाई सिस्टम लगायतका पूर्वधार निर्माण कार्यहरु भई रहेको ।

. क्षतीग्रस्त सम्पदाहरुको पुनर्निर्माण:

  1. काठमाण्डौको मुटुमा रहेको रानीपोखरी निर्माणमा देखिएको समस्या समाधान गर्न माननीय मन्त्रीज्यूबाट बिशेष पहल गरिएको । फलस्वरुप, रानीपोखरी र काष्ठमण्डपको निर्माण कार्य सुरु गरिएको । धरहरा निर्माणको प्रक्रिया अगाडी बढेको।रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य जारी रहेको ।
  • पाटनको कृष्ण मन्दिर,मणीमण्डप, काठमाडौ हनुमानढोकाको प्रताप मल्लको शालिक पुनर्स्थापना,लक्ष्मीनारायण मन्दिर, कागेश्वर, सरस्वती र महादेव मन्दिरको पूनःनिर्माण कार्य सम्पन्न भएको । हनुमानढोका दरवार संग्रहालयभित्र अस्थायी संरचना निर्माण गरी संग्राहलय सर्वसाधारणको लागि खुला गरिएको। स्वयंभुस्थित अनन्तपुर र किमडोल गुम्वा, भक्तपुरको चाँगुनारायणस्थित छिन्नमस्ताको मन्दिर, महामञ्जुश्री सत्तल, सुर्यविनायक गणेश ‌आमा मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको।तलेजुको पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको ।

. नीतिगत तथा कानूनी सुधार:

  • संस्कृति, पर्यटन र हवाई क्षेत्रसँग सम्बन्धित प्रबुद्ध व्यक्तिहरुको निरन्तर सल्लाह, सुझाव तथा पृष्ठपोषणका लागि छुट्टाछुट्टै ३ वटा Think Tank Groups गठन गरी मन्त्रालयका ती क्षेत्रका काममा राय सुझाव लिने कार्य शुरु गरिएको र प्राप्त सुझावलाई अवलम्वन गरिएको ।
  • नेपालको संविधान तथा परिवर्तित परिवेश अनुरुप राष्ट्रिय संस्कृति नीति, २०६७ लाई परिमार्जन गर्न नीतिको मस्यौदा तयार भएको।पर्यटन नीति,२०६५ परिमार्जन कार्यमा सनसेट प्रोभिजनसहितको प्रारम्भिक मस्यौदा तयार गरी निजी क्षेत्रसँग छलफल गरिएको ।
  • पर्यटन ऐन,२०३५ लाई समयानुकूल परिमार्जन गर्न संशोधनको मस्यौदा तयार गर्न बिषय पहिचान गरी छलफल सहित मस्यौदा तयार भईरहेको।क्यासिनो ऐन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति नेपाल सरकार (म.प.) वाट प्राप्त गर्नुपर्ने हुँदा सोका लागि अर्थ र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सकारात्मक राय प्राप्त भैसकेकोले मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने प्रकृयामा रहेको ।
  • नेपाल र थाईल्याण्डबीच पर्यटन प्रवर्द्धनका लागि समझदारी (MoU) नेपाल सरकार म.प.मा प्रस्ताव पेश भएको।श्रीलंका र ओमानसँगको MoU प्रस्ताव गरि अर्थ, कानून र परराष्ट्र मन्त्रालयमा रायको लागि पठाइएकोमा राय प्राप्त भई निर्णयको लागि म.प.मा प्रस्ताव पेश गरिएको ।
  • राष्ट्रिय रणनीतिक पर्यटन योजना (सन् २०१६-२०२५) ले निर्दिष्ट गरे बमोजिम नेपालको पर्यटन प्रर्वर्द्धनलाई प्रभावकारी बनाउन पाँच प्रमुख पर्यटकीय श्रोत मुलुकहरुमा पर्यटन सहचारी खटाउने सम्बन्धी अवधारणापत्रको प्रारम्भिक मस्यौदा तयार भएको।
  • होटल, रिसोर्ट, रेष्टुराँ, होमस्टे तथा अन्य आवासीय प्रबन्धहरु (Online Booking System समेतको विद्यमान अवस्था विश्लेषण सहित पुनरावलोकन गरी नयाँ मापदण्ड तर्जुमा कार्य शुरुवात गर्न पर्यटक स्तरका र तारे होटेलहरुको मापदण्ड परिमार्जन गर्ने सम्वन्धमा कार्यदल गठन भई कार्य प्रारम्भ भएको।

. संस्कृति प्रवर्द्धन:

  • मकर संक्रान्तिका दिन देवघाट, वराहक्षेत्रमा लाग्ने मेला, नुवाकोटको गोरु जुधाई र शालीनदी (स्वस्थानी पूजा) को डकुमेन्ट्री निर्माण भएको ।उनान्साठी वटा आदिवासी जनजातिहरुको वार्षिक चाडपर्वहरुको क्यालेन्डर सहितको प्रतिवदेन तयार भएको । तीन वटा आदिवासि जनजाती (कुशवाडिया किसान र राजवंशी जाति) का अमूर्त सांस्कृतिक सम्पदाको विवरण तयारी कार्य सम्पन्न भएको । दुई वटा सिमान्तकृत जातिहरुको अमूर्त साँस्कृतिक सम्पदाको विवरण सहितको अध्ययन प्रतिवेदन तयार गर्न परामर्शदाता छनौट कार्य अघि बढेको ।

 

 

. ऐतिहासिक, पुरात्तात्विक एवं धार्मिक महत्वका सम्पदाहरु संरक्षण:

  • पाल्पास्थित रानीमहल र ईन्द्र भक्तेश्वर सत्तल र सुनसरी जिल्लास्थित रामधुनी पोखरी र चतराघाट कार्य सम्पन्न भएको।झापा किचकबध पुरातात्विक स्थल, ललितपुर खोकनास्थित रुद्रायणी पाटी, जुम्ला जिल्लास्थित कनकासुन्दरी मन्दिर संरक्षण कार्य सम्पन्न गर्न ठेक्का सम्झौता भई कार्य अगाडी बढी रहेको।
  • सर्लाही मुर्तियास्थित शिव मन्दिर, नवलपरासी सिक्रौलस्थित कैलाश आश्रम, दाङ्ग जिल्लास्थित अम्विकेश्वरी मन्दिर लगायतका १४ वटा आयोजनाहरुको ठेक्का सम्झौता सम्पन्न भई कार्यन्वयन प्रकृया अगाडी वढाईएको।

. अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण 

  • ३१००० विविध विषयका हस्तलिखित ग्रन्थहरु मध्ये ११,५५० हस्तलिखित ग्रन्थको ६,५५,००० ईमेजको क्याटलगिङ्ग, ट्यागीङ्ग गरी सफ्टवेयरमा अपलोड गर्ने कार्य, कुमारी चोकबाट प्राप्त १००० पोकाको करिव २००० पन्ना डिजिटाइजेशन गर्ने कार्य र वि.सं. १९५८ देखि १९८५ सालसम्मको गोरखापत्रहरुको डिजिटाइजेशन कार्य सम्पन्न भैसकेको ।साथै, भक्तपुरका ११३०, दैलेख जिल्लाबाट प्राप्त २०००, प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरोबाट प्राप्त २२८ पृष्ठको प्रज्ञा पारमिता ग्रन्थको २३४ फोलियो डिजिटाइजेशन गर्ने कार्य सम्पन्न भएको।

. संग्रहालयको निर्माण तथा व्यवस्थापन: मोरङ्गस्थित मदन भण्डारी संग्रहालय, स्याङ्गजा रामकोटस्थित गुरुंग संग्रहालय, सुनसरीस्थित माझी संग्रहालयहरुको निर्माण कार्य सम्पन्न भएको ।लेखनाथ संग्रहालयको कार्य अन्तिम चरणमा रहेको।

.पर्यटकीय तथ्यांक व्यवस्थापन र पर्यटन पूर्वधार विकास:

  • दीर्घकालीन रुपमा पर्यटकीय तथ्यांक शेयरिङ संजाल (Data Sharing Network) को विकास गर्ने उद्देश्य अनुरुप अध्यागमन विभागसँगको सहकार्यमा मासिक रुपमा डाटा शेयरिङ् गरी वेबसाईटमा राख्न सुरु गरिएको। स्थलमार्गबाट आउने पर्यटक संख्या एकिन गर्न सर्भे र Data Processing कार्य सम्पन्न भएको।Tourism Satellite Account (TSA)  प्रणाली विकास गर्न कार्यटोली गठन गरि कार्य प्रारम्भ गरिएको र विज्ञहरुको समय लिई प्रस्तुतिकरण सहित छलफल आयोजना गर्ने क्रममा रहेको ।
  • सडक निर्माणले गर्दा क्षती हुन गएका महत्वपूर्ण पदयात्रा मार्गहरुको बैकल्पिक पदमार्ग निर्माण गर्न ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपाल, नेपाल पर्वतारोहण संघ र टुरिष्ट गाईड एशोसिएशन सहितको अध्ययन कार्यदल गठन भएको र उक्त कार्यदलले अध्ययन गरी बैकल्पिक पदयात्रामार्गको लागि सिफारिस सहितको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको।सो को आधारमा सडक मार्गले क्षती पुगेका महत्वपूर्ण पदयात्रामार्गको विकल्पको रुपमा नयाँ पदमार्ग निर्माण सुधारका लागि आगामी आ.व. को बजेटमा प्रस्ताव गरिएको ।
  • पर्यटकीय स्थलको वातावरण स्वच्छ, सफा र प्रदुषणमुक्त राख्‍न मापदण्ड तयार गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउनका लागि वातावरण विभाग,पर्यटन बोर्ड समेतको कार्यदल गठन भई प्रारंभिक मस्यौदा तयार भएको।
  • सातवटै प्रदेशमा एकएक वटा नमूना पर्यटकीय गन्तव्यस्थल विकासको लागि प्रदेश नं. १ को सन्दकपुर (ईलाम), प्रदेश नं. २ धनुषाधाम (धनुषा), प्रदेश  नं. ३ ईन्द्रसरोवर (मकवानपुर),  प्रदेश  नं. ४ पंचासे (कास्की), प्रदेश  नं. ५ देवदह (रुपन्देही), प्रदेश  नं. ६ रारा (मुगु) र प्रदेश  नं. ७ को भादागाउँ (कैलाली) को विस्तृत आयोजना प्रतिवेदन (DPR) को प्रारम्भिक प्रतिवेदन प्राप्त भएको ।
  • प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रको गुरुयोजना तयार गर्ने कार्य अन्तीम चरणमा रहेको । साथै प्युठानको स्वर्गद्धारी क्षेत्रको गुरुयोजना निर्माण गर्न परामर्शदातासँग सम्झौता भएको ।
  • रामेछाप र दोलखाको सीमानामा पर्ने पर्यटकीय स्थल सैलुङ्ग क्षेत्रमा भ्यूटावर निर्माण कार्यको झ्यालढोका बाहेकको कार्य सम्पन्न भएको । हेलम्बु ,लामटाङ , मकालु बरुण, दोलखा क्षेत्रको पदयात्रामार्गको निर्माण कार्य कार्य सम्पन्न भएको।
  • नेपालको पूर्व-पश्चिमको हिमाली क्षेत्र जोड्ने Great Himalayan Trail (GHT) को दोलखाको जगत-टासिनाम-डालदुङ्ग-बेदिङ्ग ट्रेल र रसुवाको पार्वतीकुण्ड-सोमदाङ खण्डको २० कि.मि. पदयात्रामार्ग सम्पन्न भएको । गुरिल्ला ट्रेल र यार्सा ट्रेलको निर्माण कार्य अन्तिम चरणमा रहेको।मनास्लु, खुम्वु, अन्नपूर्ण सर्किट, दोलखा-मुडे-सैलुङ पदयात्रा मार्गको पुनर्निर्माण कार्यको बोलपत्र मूल्यांकन भईरहेको ।
  • जनकपुर पर्यटक सुचना केन्द्रको निर्माण कार्य ९५% सम्पन्न भएको तथा राराको सुचना केन्द्रको निर्माण कार्य सम्पन्न भै हस्तान्तरण प्रक्रियामा रहेको।तनहुँको भानु शिखर कटेरीमा निर्माण कार्य ४५ प्रतिशत सम्पन्न भएको।

१०. पर्यटन प्रवर्द्धन:

  • नेपाल भ्रमण वर्ष –२०२० को विषयगत समितिहरु गठन गरी कार्य प्रारम्भ भएको, भ्रमण वर्षको लोगो छनौटका लागि प्राप्त १४४ वटा लोगोहरु मध्ये ५ वटालाई सर्टलिस्ट गरी विज्ञहरुवाट परामर्श लिने कार्य भैरहेको ।
  • हिमालय ट्राभल मार्टको लागि ५५ वटा बायर, ५० वटा सेलर, ४० वटा ब्लगर मिडियाको छनौट भैसकेको, जुन १ देखि ३ सम्म काठमाडौंमा आयोजना गरिने। पर्यटन प्रवर्द्धनको लागि चीनमा ३ वटा सेल्स मिसन सम्पन्न भएको। भारतका ५ वटा शहरमा आयोजनाको भईरहेको।
  • छिमेकी मुलुकहरु केन्द्रित पर्यटन प्रवर्द्धन अन्तर्गत चीनको बेईजिङ, सांघाई, सियाज्जेन तथा छेन्दु र भारतका सिलगुढी, जयगाउँ, गान्तोक, पूर्णियाँ, किसनगन्ज र कटिहारमा सेल्स मिसन कार्यक्रम सम्पन्न गरिएको ।
  • नेपाल पर्यटन बोर्डको वेबसाइटलाई चिनियाँ भाषामा तयार गरी संचालन ल्याईएको । कर्णाली पर्यटन वर्ष २०७५ को उपलक्ष्यमा रारा तालबाट सम्माननीय प्रधानमन्त्रीज्यूबाट समुद्‌घाटन भई प्रवर्द्धनका विविध कार्यक्रमहरु सुरु भएको ।
  • Country Specific Tourism Promotion Strategy तयार भएको ।आगामी आ.व.देखि कार्यान्वयनमा ल्याईने।
  • सातवटै प्रदेशहरुको संस्कृति र पर्यटकीय सम्पदाहरु झल्किने छोटा भिडियो तयार भई launch गरिएको । रारा कर्णाली पर्यटन वर्षका लागि जिङ्गल तयार भई स्थानीय एफ.एमहरुवाट प्रसारण भैरहेको।साथै भिडियो तयार गरिएको ।
  • Android/IOS मा Welcomenepal App निर्माण सम्पन्न गरिएको ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय सम्पदा झल्किने ५ वटा ठूला इलेक्ट्रोनिक LED HD Display Boards राख्नका लागि डिजाइन कार्य सम्पन्न भएको । सो राख्ने स्थानका लागि ने. ना.उ. प्रा. सँग समन्वय भईरहेको ।
  • एसियाको पहिलो अपाङ्ग मैत्री पदयात्रा मार्ग (Accessible Trekking Trail) कास्कीको नौडांडामा बनाई संचालनमा ल्याई सकिएको ।
  • काठमाडौंका प्रमुख पर्यटकीय स्थलहरु एवं सम्पदाहरुलाई केन्द्रित गरी निजी क्षेत्र समेतको सहकार्यमा रात्रिकालीन पर्यटकीय गतिविधि संचालन गर्न संभाव्यता अध्ययन भईरहेको।

११. उड्डयन सुरक्षा तथा हवाई उद्योग व्यवस्थापन:

  • हवाई उड्डयन सुरक्षा सुदृढीकरणतर्फ अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (ICAO) को Global Aviation Safety Plan (GASP) मा आधारित भई Nepal Aviation Safety Plan (NASP) तर्जुमा कार्य भईरहेको । सन् २०१० देखि सन् २०१७ सम्म भएका बायुयान दुर्घटना जाँच प्रतिवेदनका सिफारिस विश्लेषण गरी कार्यान्वयन सुरु हुने क्रममा रहेको ।
  • ड्रोन उडान अनुमतिलाई सरलीकृत गरी समन्वयात्मक ढंगबाट उडान संचालन गराउन कार्यविधि बनाउन कमिटी निर्माण भई कार्य भईरहेको ।नेपालमा अन्तर्राष्ट्रिय वायुसेवा स्थापना तथा संचालनका लागि इजाजत दिने मापदण्ड (TOR) पुनरावलोकन गर्ने प्रकृयामा रहेको ।

१२. प्राधिकरण सुदृढीकरण एवं विमानस्थल निर्माण सुधार

  • धनगढी विमानस्थलमा Instrument Flight Rules (IFR) लागु गरी रात्रीकालीन उडान अवतरण र चन्द्रगढी विमानस्थलमा भिजिविलिटि कम भएको अवस्थामा समेत उडान अवतरण गर्न सकिने गरी स्तरोन्नती गरिएको। विगत लामो समयदेखि संचालनमा नआएको राजविराज विमानस्थलमा जेट साईजको विमान उडान अवतरण गर्न सक्ने गरी स्तरोन्नती सहित मिति २०७५।०२।१० मा परीक्षण उडान गरिएको।
  • विगत छब्बिस वर्षदेखि संचालन हुन नसकेको बागलुङ्गको बलेवा विमानस्थल र लामो समयदेखि बन्द रहेको सुर्खेत विमानस्थललाई संचालनमा ल्याईएको । साँफेवगर विमानस्थलको धावनमार्ग, ट्याक्सी एप्रोनमा वेसकोर्श बिछ्याउने कार्य सम्पन्न भएको।

 १३. नेपाल वायुसेवा निगमको सुदृढकीकरण:

  • निगममा रहेका आन्तरिक उडानका लागि उपयुक्त वायूयानहरु अधिकतम् क्षमताका साथ उडान गर्न Optimum utilization plan तयार  गरी २ वटा Twin Otter, १ वटा MA60 र ३ वटा Y12E संचालनमा ल्याईएको।तीन वटा Y12E विमान संचालनका लागि पाइलटहरुको व्यवस्था भईसकेको ।उक्त विमानहरु Full Utilization मा संचालन गर्न आवश्यकता अनुसार विदेशी पाइलटहरु व्यवस्था गर्न गृहकार्य शुरु गरिसकिएको ।
  • नयाँ ६ वटा Twin Otter विमान खरिद गर्न व्यापारिक योजना सहितको प्रतिवेदन अन्तिम चरणमा पुगेको । प्रतिवेदन प्राप्तिपश्चात विमान खरिद प्रक्रियामा जाने गृहकार्य भईरहेको ।
  • Wide body Compatible Hanger निर्माण सम्वन्धमा विकल्प सहितको प्रस्ताव संचालक समितिमा पेश गर्न तयारी भईरहेको ।

१४. सम्पादित अन्य कार्यहरु:

  • छिमेकी मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीज्यूबाट नेपालको राजकीय भ्रमणको क्रममा पशुपतिनाथ मन्दिर, जनकपुरस्थित जानकी मन्दिर तथा मुस्ताङ्गको मुक्तिनाथ मन्दिरमा भएको पूजाआरधना तथा दर्शनले विश्वभरिका वहाँसँग सम्बन्धित सामाजिक संजाल प्रयोगकर्तामा पहुँच पुगी उक्त क्षेत्रहरुको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनिय टेवा पुगेको ।
  • ऐतिहासिक धार्मिक सम्पदा क्षेत्रलाई फलफूलयुक्त, स्वच्छ वातावरणमैत्री र हरियालीयुक्त बनाउने अभियान अन्तर्गत पशुपति तथा लुम्विनी क्षेत्रमा पाँच/पाँच हजारका दरले विभिन्न मौसमी फलफुल तथा अन्य बिरुवाहरु रोप्ने कार्य आगाडी बढाईएको र यसले आम रुपमा देशका सबै व्यक्ति, सार्वजनिक स्थलमा यो प्रक्रिया अवलम्वनले भावि दिनमा देशभर फलफूलको ठूलो उत्पादन हुन सक्ने ।
  • सन् १९५१ मा स्थापना भएको र विश्वका ९५ देश एवं पर्यटन बोर्डहरु सदस्य रहेको प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) को सदस्यता लिएको तेत्तिस वर्षमा पहिलो पटक नेपाल डेस्टिनेशन/गभर्मेन्ट कमिटिको अध्यक्षमा सर्वसम्वत् निर्वाचित भएको ।
  • भाषा आयोग: प्रदेश सरकारसंगको सहकार्य र समन्वयमा स्थानीय तहका निर्वाचित पदाधिकारीहरु, भाषिक अभियन्ता वक्ता एवम् अन्य सरोकारवालाहरुको सहमागितामा आयोगका सम्वैधानिक दायित्वसम्वन्धी प्रवोधिकरण र सरकारी कामकाजका भाषा निर्धारणका आधारसम्वन्धी प्रारम्भिक सुझाव संकलन गरिएको ।
  • नेपाल प्रज्ञा प्रतिष्ठान: प्रतिष्ठान र पाकिस्तानको एकेडेमी अफ लेटर्सबी मे १३ २०१८ मा आपसी सहयोगको लागि MOU भएको ।प्रतिष्ठानमा नयाँ छपाई मेशिन सहित आधुनिक छापाखाना संचालन भईरहेको ।भूकम्पबाट क्षेतीग्रस्त प्रज्ञा भवन पुनर्निर्माण कार्य ५०% सम्पन्न भएको । चालु आ. व. मै सम्पन्न गरी कार्य भईरहेको।
  • नेपाल संगित तथा नाट्य प्रतिष्ठान: कास्कीमा ६ दिने राष्ट्रिय नाटक महोत्सव २०७५ आयोजना गरिएको लगायत विभिन्न जात जातिहरुको सांस्कृतिक महोत्सव कार्यक्रम आयोजना गरिएको ।
  • सांस्कृतिक संस्थान: मिति २०७४ चैत्र ३० मा सबै जाता जाती र भूगोल समेट्ने गरी राष्ट्रिय लोकनृत्य आयोजना गरिएको ।
  • नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रशिक्षण प्रतिष्ठान (NATHM): बहुवर्षिय खरिद योजना अन्तर्गत नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रशिक्षण प्रतिष्ठान (NATHM) को शैक्षिक कक्षा भवनलाई यही आषाढ मसान्त भित्र सम्मपन्न गर्ने गरी कार्य अगाडि बढाईएको ।होटल, होमस्टे, ट्रेकिङ गाइड सम्बन्धी तालिम ८९२ जनालाई प्रदान गरिएको ।
  • नारायणहिटि दरबार संग्राहलय: संग्राहलयको वरिपरि पर्खाल र त्रिभुवन सदन पुन: निर्माणको बाँकी कार्यको लागि बोलपत्रको सूचना आव्हान गरी सम्झौता हुने क्रममा रहेको
  • इच्छुक सांस्कृतिक प्रतिष्ठान: प्रतिष्ठानको निर्माणाधिन भवनमा बिजुली बत्तिको जडान कार्य अन्तिम चरणमा, भित्री रङ्गरोकनको कार्य अन्तिम चरणमा रहेको ।

 

मिति २०७५।०२।११

सचिवालय