विमानस्थल सुधारका लागि अब एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्छु : मन्त्री अधिकारी [भिडियो अन्तर्वार्ता]

काठमाडौं, २४ वैशाख–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्न लागेको बताएका छन् । उडानका लागि यात्रुले घण्टौंसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै मन्त्री अधिकारीले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि एयरपोर्टमै कार्यकक्ष राखेर काम गर्ने बताएका हुन् । विमानस्थलमा केही सुधार भइसकेको र सरकारको सय दिन पुग्ने बेलासम्म उल्लेख्य सुधार हुने उनले बताए ।

‘थोरै विमान भएका एयरलाइन्सले धेरै उडान राखेर यात्रुलाई घण्टौंसम्म कुराउने गरेको जनगुनासोप्रति सरकार गम्भीर छ,’ मन्त्री अधिकारीले लोकान्तरसँग भने, ‘तोकिएको समयभन्दा एकघण्टा बढी कुराउन पाइँदैन ।’

काभ्रेमा बन्ने भनिएको वैकल्पिक विमानस्थल कहिले सञ्चालनमा आउँछ ? आन्तरिक उडानमा जथाभावी भाडा असुल्ने काम कहिले रोकिन्छ ? विमानस्थलमा लगेज हराउने समस्या कहिले अन्त्य हुन्छ ?
यी र यस्तै प्रश्नहरूमा केन्द्रित रहेर मन्त्री अधिकारीसँग गरिएको भिडियो कुराकानी  यहाँ थिच्नुहोस् :