बढ्यो बिकास समितिको सक्रियता

संसदीय समिति अन्तर्गतको बिकास समितिले,आइतबार उप-प्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय बिकास मन्त्रि प्रकाशमान सिंह र सोही मन्त्रालयका सचिब उपस्थित बैठकमा केन्द्रीय तथा स्थानीय जिल्ला स्थित सम्बंधित निकायहरु संग समन्वय कायम गरी महानगरपालिका , उप महानगरपालिका,नगरपालिका र गाबिसहरुको बिष्तृत अध्ययन अर्थात ‘लोकल प्रोफाइल’ तयार गर्न निर्देशन दिएको छ ।

सिंहदरबार स्थित समितिको कार्यालयमा बिहान बसेको बैठकमा भूउपयोग निति अनुकूल हुने गरी कृषि क्षेत्र ,बस्ती बिकास ,बिद्यालय,अस्पताल सड़क ,सार्बजनिक उद्यान,बसपार्क समेतको सु ब्यबस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

नगरपालिका ,उपमहानगरपालिका र महानगरपालिकाका सम्बन्धमा संबद्द सबै पक्षको अध्ययन गरी एक महिना भित्र सुझाब सहितको प्रतिबेदन बुझाऊन अनीता देबकोटाको संयोजकतामा सात सदस्यीय उपसमिति समेत गठन गरिएको समाचारमा जनाइएको छ ।

बैठक समितिका सभापति रबिन्द्र अधिकारीको अध्यक्षतामा बसेको थियो |

Source : News NRN