अस्थीर राजनीतिले विकास प्रभावित भन्दै याेजना सार्वजनिक

सांसद विकास समितिका पूर्व सभापति रवीन्द्र अधिकारीले विकासका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्र भाग ल्याउन सक्नु आफ्नो कार्यकार्लको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

‘म विकास समितिको सभापति हुदाँ राष्ट्रिय गौरवका विकास आयोजनाको गति सुस्त थियो,’ उहाँले भन्नुभयो, ‘ विकासका आयोजनालाई गति दिएर विकासका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्र बनाउनु सक्नु ठूलो उपलब्धि हो । ’

 

प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका अधिकारीले आफ्नो क्षमताले भ्याएसम्म इमान्दारी र निष्ठाका सथा कास्कीका जनता गौरवान्वित हुने गरी काम गर्ने प्रयास गरेको बताउनुभयो ।

 

साविक कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्व सांसद अधिकारीले २०६४ र २०७० मा मतदान गरेर विजयी बनाउनु हुने मतदाताको शिर झिक्ने एउटा पनि काम नगरेको दाबी गर्नुभयो । ‘कार्यकाल पूरा गरेर फर्कदा मैले जे गरे त्यो सबैका सामु छर्लङ छ,’ उहाँले भन्नुभयो, ‘ जुन विश्वास र अपेक्षाका साथ मलाई राष्ट्रको महत्वपूर्ण जिम्मेवारी दिनुभएको थियो, त्यो पूरा गर्न सके सुकिन त्यो मुल्र्याकन गर्ने जिम्मेवारी तपाई कस्केली जनता कै हो । ’

 

उहाँले विकास समितिमा रहेर उत्कृष्ट काम गरेको दाबी समेत गर्नुभयो । ‘हाम्रो समयमा धेरै राष्ट्रिय गौरवका योजनाहरु चलायमान बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘ हाम्रो बजेट तथा कार्यक्रम वार्षिक रुपमा सार्वजनिक भएको छ, हाम्रो कार्यक्र पारदर्शी छ ।’ संविधान सभा र व्यव्स्थापिक संसदबाट १ सय ४० भन्दा बढी कानुन पास गरेको बताउँदै अधिकारीले देशलाई आर्थिक समृद्धिमा अगाडि बढाउनतर्फ समितिले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभयो ।

 

प्रदेश नम्बर ४ लाई उत्तर दक्षिण जोडनको लागि कालीगण्डकी करिडोर, बेनी सोमसोम सडक तीव्र गतिमा स्तरउन्नति भएको र कोरला नाका खुल्ने निस्चित भएको उहाँले बताउनुभयो । भीमाददेखि कावासोती सडक निमार्ण प्रक्रिया अघि बढेको र ट्रयाक खुलिसकेको उहाँले बताउनुभयो । सुस्त रहेको राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई निर्माण चरणमा पु¥याउन विकास समितिले भूमिका खेलेको भनाइ उहाँको छ ।

 

देशमा अस्थिर राजनीतिकका कारण धेरै योजनाहरु प्रभावित हुने गरेको तितो अनुभव बताउँदै उहाँले विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभयो । उहाँले विकास समितिले दिएका निर्देशनहरु ६० प्रतिशत कार्यान्वयन भएको दाबी समेत उहाँले गर्नुभयो । लगातार दुई पटक सांसद काम गरेको अनुभवले गर्दा पार्टीले यस पटक संघ र प्रदेशको लागि नाम सिफारिस गरेकोले पार्टीले जे जिम्मेवारी दिन्छ त्यो पूरा गर्न आफू तयार रहेको बताउनुभयो । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रामजीप्रसाद लम्साल र सञ्चालन सचिव अर्जुन गिरीले गरेका थिए ।

 

निर्वाचान क्षेत्र पूर्वाधार विकास कार्यक्रम सार्वजनिक

कास्की क्षेत्र नम्वर ३ का पूर्व सांसद रविन्द्र अधिकारीले निर्वाचन क्षेत्र पुर्वाधार विकास विशेष कार्यक्रमको बजेट तथा कार्यक्रम पनि सार्वजनिक गरेका छन् । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व सांसद अधिकारीले ३ करोड रुपैयाको बजेट तथा कार्यक्रम २५ वटा विभिन्न योजनामा छुट्टाएको बताएका हुन ।

 

पोखरा लेखनाथ महानगरपालिका १७ मा गाई गौडा पुल मोटरबाटो निमार्णमा ४० लाख, बुढानिलकण्ठ मन्दिर संरक्षणमा ४ मा १० लाख, महानगरपालिका ५ मा पर्ने मनकामना मन्दिर बाटो निमार्णमा २० लाख, वडा नम्बर ६ को वाराहीचोकमा सार्वजनिक शांैचालय निमार्णमा १० लाख, पोखरा ७ मा खानेपानी ट्याङकी निमार्णमा १० लाख, वडा नम्बर ८ मा उर्जामार्ग सडक तथा नाली निमार्णमा १५ लाख, वडा नम्बर ९ मा शान्तिदर्शन मार्ग स्ल्याप कलभट निमार्णमा १० लाख, वडा नम्बर १७ मा शिव बुद्ध मार्ग निमार्णमा १० लाख खर्च विनियोजन भएको पुर्व सांसद अधिकारीले बताए ।

 

त्यसै गरी पो.ले. महानगरपालिका १७ सिमलटुंडा बाटो निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २३ मा लेवाड कात्तिके पानी बाटो निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २३ मै झ्याउरीखेती चापको रुख मोटरबाटो निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २४ मा लिकुरे सल्लेरी एकहाते मोटर बाटोमा १० लाख, पो.ले. महानगरपालिका १६ मा ठुलो पाखो बाटो निमार्णमा १० लाख, पो.ले. महानगरपालिका १८ मा वरपौवा सामुदायिक भवन निमार्णको लागि १० लाख, पो.ले. महानगरपालिका १७ मा शिशुकल्याण मावि कम्पाउण्ड निमार्णमा १० लाख, पो.ले. महानगरपालिका १७ मा १० लाख बजेट विनियोजन भएको छ ।

 

त्यस्तै पो.ले. महानगरपालिका ४ मा पोखरा थियटर हल निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २३ मा बाँझी पोखरी निमार्णमा १० लाख, पो.ले. महानगरपालिका १८ मा जिब्रेढुंगा आम समुह भवन (होमस्टे) निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २३ मा शिवालय थाप्ले तिलाहार ग्रामिण सडकमा १० लाख, पो.ले. महानगरपालिका १७ मा फेवा पावर हाउस नहरमाथि जाली राख्न १५ लाख, पो.ले. महानगरपालिका २४ मा कान्छेखोला खानेपानीमा १० लाख, पो.ले. महानगरपालिका १७ मा भयरथान मार्ग निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २४ मा प्रगती मोटरमार्ग निमार्णमा १० लाख, पो.ले. महानगरपालिका १७ मा हुहिने यज्ञशाला निमार्णमा १० लाख र पो.ले. महानगरपालिका १७ मा तल्लो खैरेनी, भंयरखुफा मोटरबाटो निमार्णमा १० लाख खर्च विनियोजन गरेको सांसद अधिकारीले बताए । त्यस्तै सांसद अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगतको ५० लाख रुपैयाको पनि बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।