बेइजिङमा भारतबारे चिनियाँले चासो देखाए

बेइजिङमा भारतबारे चिनियाँले चासो देखाए

रविन्द्र अधिकारी भन्छन्- अब नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ

 ९ चैत, बेइजिङ । नेपाली भ्रमण दलका सदस्यसँग चिनियाँ अधिकारीहरुले नेपाल-भारत सम्बन्धबारे गम्भीर चासो व्यक्त गरेका छन् । नेपालसँग मित्रता राख्दा भारत नझस्कियोस् भन्नेबारे चिनियाँहरुले विशेष चासो देखाएको भ्रमण दलका सदस्य एवं सांसद रविन्द्र अधिकारीले अनलाइनखबरलाई बताए ।

नेपाली टोली बेइजिङमा रहेका बेला चिनियाँहरुले देखाएको सुरक्षा र आर्थिक विकासको चासोबारे अनलाइनखबरले अधिकारीसँग गरेको कुराकानीः

rabindra adhikari (6)प्रधानमन्त्री ओलीको नेतृत्वमा तपाईहरु यतिबेला बेइजिङमा हुनुहुन्छ, चिनियाँ अधिकारीहरुले नेपाल-भारत सम्बन्धबारे तपाईहरुसँग औपचारिक-अनौपचारिक सम्वादहरुमा कस्तो कुरा गरे ?

चिनियाँहरु नेपालीसँग सम्वन्ध बढाइरहँदा भारतको चासो कस्तो रहन्छ भन्नेमा सतर्क छन् । भारतको चासोलाई कुल्चिएर उनीहरु नेपालसँग सम्झौता गर्दैनन् । उनीहरुको सोचाइ नेपालको हित पनि त्यसैमा छ भन्ने छ ।

चिनियाँहरुले लिंक रोडको जुन अवधारणा ल्याएका छन्, त्यसका लागि छिमेकी मुलुकको सहयोगको अपेक्षा छ । छिमेकीको आर्थिक बिकास भएन भने, छिमेकीहरु बलिया र विकसित भएनन् भने आफूमात्रै एक्लै बलियो र विकसित हुनको कुनै अर्थ नभएको चिनियाँ बुझाइ छ ।

यसका लाधि धेरैभन्दा धेरै मुलुकलाई साथमा लिएर उनीहरुको देशको आर्थिक विकासमा भूमिका खेल्नुपर्छ भन्ने चिनियाँ बुझाइ छ । तसर्थ, भारतसँग र अरु देशसँग पनि चीन त्यही तरिकाबाट सम्बन्ध बनाउन चाहन्छन् । यो बिषय उनीहरुले हामीसँगको भेटघाट र छलफलमा व्यक्त गरेका छन् ।

के उनीहरुले यो विषय नेपाली टोलीसँगको भेटघाटमा पनि स्पष्ट रुपमा व्यक्त गरे ?

छलफलहरुमा उनीहरुले यस्तो भावना व्यक्त गरे । भारत, चीन नेपाल अथवा अरु देशहरु बंगलादेश, अफि्रका युरोपसम्म पुग्ने जुन ‘सिल्क रोड’को अवधारणसँग जोडिएका देशहरुको विकास चाहन्छन् ।

आजभन्दा २० वर्षअघिसम्म भारतसँग खास ठूलो व्यापार थिएन उनीहरुको । तर, पछिल्लो समय भारतसँग उनीहरुको व्यापार बढीरहेको छ । तसर्थ भारतसँग बढिरहेको व्यापारलाई विशेष ध्यानमा राखेका छन् ।

नेपाल र भारतसहित भएर अन्तरदेशीय करिडोरलाई पनि उनीहरुले महत्वका साथ हेरिरहेका छन्, उनीहरु समग्र नेपालको बिकासको पक्षमा देखिएका छन् ।

नेपालसँग चीनको चासो के-केमा देखियो ?

उनीहरुको एउटै मात्र विशेष चासोको विषय भनेको एक चीन नीतिमा नेपाल कटिवद्ध होस् भन्ने छ । तर, चीनले नेपालसँगको सम्बन्ध सुधार गर्दा भारतसँग कुनै पनि समस्या नआओस् भन्ने चाहान्छ ।

नेपालले पनि आफ्नो सम्वन्धलाई खुल्ला गरोस् कि भारतसँग हुने चीनसँग हुने भन्नेमा जाओस् । अहिलेको ग्लोबल सन्दर्भमा आफूलाई अगाडि बढाउन नेपाल सफल होस् भन्ने उनीहरुको चाहना रहेको छ ।

योपटकको भेटघाटमा उनीहरुले ‘वान वेल्ट वान रोड र सिल्क रोड’मा उनीहरु केन्दि्रत छन् । यस परियोजनालाई सन् २०५० मा पूरा गर्ने गरी चिनियाँहरु केन्दि्रत छन् ।

नेपालको विकासमा उनीहरुको बढ्ता ध्यान केमा देखियो ?

जहाँसम्म नेपालको विकासको कुरा छ, जलविद्युतको विकास नभई अरु कुराको विकास हुन सक्दैन । जलविद्युतलाई सहयोग पुर्‍याउने भनेको पानी पनि बेच्च तयार छौं । मार्केटका खोजी गर्न सकिने उनीहरुको भनाइ छ ।

तर, यो भ्रमणका क्रममा चीनसँग हाइड्रोमा त कुनै सम्झौता भएको देखिएन नि ?

हाइड्रोमा सहमति आउँछ । हाइड्रोका विषयमा उनीहरुसँग धेरै डिटेलमा कुरा भएको छ । बुढीगण्डकी, अरुण तेस्रो लगायतका अन्य नदीहरुका विषयमा कुराकानीहरु भइरहेको छ । सडक र हाइड्रोका विषयमा दुई देशका प्रधानमन्त्रीहरुको संयुक्त वक्तव्यमा विषयहरु समेटिनेछन् ।

खासगरी चिनियाँहरु तयारी पूरा नभएका कुनै पनि विषयमा सम्झौता नगर्ने पक्षमा छन् । यो कुरा एकदमै ठीक पनि हो । ‘तातै खाउ जली मरुँ’ भन्ने र अहिले भरर्खर आफूलाई चाहियो भन्दैमा अहिले नै सम्झौता गर्ने कुरा ठीक पनि होइन

यसका लागि पूर्वाधार बनाउने, कानूनी र अन्य व्यवस्थाहरु मिलाउने विषय महत्वपूर्ण हो । अहिले नै निर्णय गरिहाल्ने भन्दा पनि अध्ययन अनुसन्धान गरेर अघि बढ्नुपर्छ भन्ने चिनियाँ अवधारणा छ । व्यापारका धेरै सम्भाव्यताहरुलाई खोज्नुपर्छ भनेर चीन लागेको छ । यसबाट के देखिन्छ भने चीन परिपक्व तरिकाबाट नेपाल, भारत र अरु छिमेकी देशहरुसँग मिलेर जाने भन्नेमा देखिन्छ ।

नेपाल र चीनवीच पारवहन लगायतका सम्झौता हुँदा भारतीयहरु आत्तिएको त्यहाँका सञ्चारमाध्यमबाट देखिन्छ, उसोभए त्यो भारतीयहरुको भ्रममात्रै हो त ?

अँ । यो एकदमै ठूलो कुरा हो । चिनियाँहरुको कुरा के छ भने भारतसँगको सम्बन्ध राम्रो नभई चीनको पनि विकास हुन सक्दैन भन्ने छ । अब भारतले पनि के बुझ्न जरुरी छ भने अब आफ्ना छिमेकीहरुको सम्वृद्धिबाट मात्रै भारतको विकास सम्भव छ । उसको आफ्नो विकासबाट मात्र त्यो सम्भव छैन । सबैलाई साथ लिएर जाँदा मात्र त्यो सम्भव छ ।

अहिले चिनियाँहरुले दुईपक्षीय हितलाई अघि लिएर जान खोजिरहेका छन् । तसर्थ, भारत आत्तिनुपर्ने कुनै कुरै छैन । किनभने पारवहन सुविधा हाम्रो अन्तराष्ट्रिय अधिकार हो । हामीले भारसँग मात्र गर्नुपर्छ भन्ने छैन । जहाँसम्म तेलको कुरा छ इन्धनको सम्झौतामा सबै तयारी नभई एउटा समझदारी पछि हुनु पर्छ भन्ने छ, जुन विषयसँग भारत डराउनुपर्ने कुरा छैन

चीनसँग पारवहन सन्धि त भयो, तर यसबाट नेपालले कसरी लाभ पाउँछ ?

पारवाहन सन्धि भनेको यो अन्तराष्ट्रिय भूपरिवेष्ठित देशले पाउने अधिकारले पाउने कुरा हो । यो कसैको दयामायाले पाउने कुरा होइन । यो समुन्द्रसम्म पुग्ने, तेस्रो बाटो हो । ‘ट्रान्जिट एण्ड ट्रास्पोर्ट’ भनेको चीनलाई ट्रान्जिट बनाउन पाइने अवस्था र चीनको बाटो प्रयोग गर्न पाउनका लागि उसले खुल्ला गर्नुपर्ने, त्यसमा अवरोध गर्न नपाइने सम्झौता हो ।

तर, चीनसँग इन्धनसम्बन्धी सम्झौता भएन नि, किन ? खास कुरो के हो ?

मुख्य कुरा हाम्रो इण्डियन अायल कर्पोरेसन (आइओसी) सँग सम्झौता छ । त्यो सम्झौता खारेज भएको छैन । चीनबाट अहिले सबै ल्याउन सक्ने कुरा छैन । तसर्थ अहिले हामीले तेल ल्याउने भारतबाट नै हो । अर्को सम्झौता गर्न पनि ६० दिनअघि उसलाई जानकारी दिनुपर्ने हुन्छ, त्यो हामीले चाहेकै होइन

भारतले फेरि नाकाबन्दी गर्‍यो भने के गर्ने ?

त्यो फरक विषय हो । नाकाबन्दी गर्‍यो वा तेल दिएन भने हामीले चीनसँग पारवहन गरेका छौं, अरु ठाउँबाट ल्याउन सक्ने अवस्था बनाएका छौ । अब हामी भारतसँग मात्र निर्भर हुनपर्छ भन्ने छैन । तर, त्यसका लागि आधारहरु तयार हुनुपर्छ यो कुनै एकछिन देखाइदिन गरिदिने कुरा होइन । त्यसकारण संयमताका साथ यो कुरामा परिपक्वता देखाएका छन् चिनियाँले ।

हामीले सम्झौता नै गरे पनि हामीले कुन बाटो हुँदै ल्याउन सक्छौँ । तर, हामीले कुन नाका प्रयोग गर्न सक्छौँ ? नाकाहरु र बाटोहरु नबनाउने, तर कुरा मात्र गरेर गरेर हुन्न ।

उसोभए भारतसँग सम्बन्ध नसिबगार भनेर चिनियाँहरुले नेपाललाई स्पष्ट सल्लाह दिए हैन त यो भ्रमणमा ?

हामीले भारतलाई लत्याउने र चीनसँग निकटता बढाउने भन्ने कुरा सम्भव छैन । भारत र चीन दुबैका स्वार्थलाई हामीले सम्बोधन गर्नुपर्छ । हामीभन्दा बढी भारत र चीन एक आपसका स्वार्थमा अघि बढिसकेका छन् । तसर्थ नेपालले चाहँदा मात्र हुने बिषय होइन यो । यस्ता विषयमा नेपालले आक्रोशित भएर होइन संयमित भएर दुरगामी फाइदा पुग्ने विषयमा फाइदा लिन सक्नुपर्छ । हामीले त्रिदेशीय करिडोरको माध्यमबाट, पारवाहनबाट तथा राजमार्गहरुको प्रयोग गर्दै व्यापारलाई विधिकरण गर्दै अघिबढ्दा अवसरहरु छन् । अवसरको लाभ लिँदै हामी अगाडि बढ्न जरुरी छ ।

हामीले सन्तुतिल ढंगबाट विकास गर्न आवश्यक छ । भारतसँग रिसाउँदा चीनसँग र चीनसँग भारतसँग नजिक हुने होइन । हामीले बराबरीका आधारमा अघि बढ्न जरुरी छ । हामी भारतसँग धेरै निर्भर छौं । वीपी कोइरालाई माओत्सेतुङले चाइना लाइन लिन्छु भन्दा नेपालले चीनसँग हैन, भारतसँग नजिक हुनुपर्छ भन्ने छलफल हुन्थ्यो । अब हामी कुनै एक देशसँग नजिक हुनुभन्दा दुबै देशसँग समदूरीमा सम्वन्ध राख्न जरुरी छ ।

नेपालको विकास हनु नसक्नुको पछाडि नेपालका नेताहरुको दोष होला, तर छिमेकी मुलुकले विकास गरिरहँदा बीचमा रहेको नेपालले विकासको गति किन लिन सकेन ? चीन र भारत मात्र अगाडि गएर मात्र उनीहरुको विकास सम्भव छ ।

चीन र अमेरिका एक अर्काको अस्तित्व स्विकार गर्दे अगाडि बढीरहेका छन् भने चीन र भारत पनि सँगसँगै अगाडि बढ्न सक्नुपर्छ ।

मधेसको असन्तुष्टि बारे चिनियाँहरुले के भने ?

चीनको चासो समग्र विकास हो । चीन पहाडतिर गर्ने र भारत तराईतिर गर्ने भन्ने विषय गलत हो । चीनले पहाडमा जति चासो राख्छ, मधेसमा पनि त्यति नै चासो देखाएको छ । तर, नेपालले उनीहरुको सुरक्षा सम्वेदनशीलतालाई विशेष ध्यानमा राख्नुपर्छ ।

यो अन्तरवार्ता अनलाइन खवरमा प्रकासित छ |