केपी ओली नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओली नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आइतबार व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । व्यवस्थापिका संसदमा उपस्थित ५८७ मध्ये ओलीले ३३८मत प्राप्त गरे भने कोइरालाले २४९मत पाए ।

11102015063742KP_Oli_PM_Elected-600x0

ओली नेपालको संविधान–२०७२ को धारा १९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा निर्वाचित भएका हुन्। ओलीलाई प्रधानमन्त्री बनाउन एमाआवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा मालेलगायतका दलले समर्थन गरेका थिए। यसअघि प्रमुख दलबीच १६ बुँदे सहमति हुँदा संविधान जारी भएपछि एमाले नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको नेताहरुले बताउँदै आएका थिए। तर कांग्रेसले भने भद्र सहमति नभएको दाबी गर्दै प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालाले उम्मेदवारी दिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेपालमा ६ जना कम्युनिष्ट प्रधानमन्त्री बनेको इतिहास बनेको छ।

12102015080804Kiran_Pandey-600x0

कान्तिपुर/नागरिक दैनिकमा बाट