शहीद तुलराज स्मृति प्रतिष्ठानको साधारणसभा : राजनीतिमा निष्ठा र इमान्दारिताको खाचो : अधिकारी

रामजी लम्साल -पोखरा २८ । शहीद तुलराज आचार्य स्मृति प्रतिष्ठानको २३औं स्मृति दिवस, साधारणसभा तथा दोस्रो अधिवेशन आइतबार लेखनाथ–१७ भरत पोखरीमा मा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य तथा विकास समितिका सभापति सभासद् रविन्द्र अधिकारीले उद्घाटन गर्दै निष्ठा र इमान्दारिताकासाथ काम गरेमात्रै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै राष्ट्र र जनताका पक्षमा लडेका शहीदहरूको सपना खेर जान दिन नहुने बताए । देशमा आएको प्रलयकारी महाभूकम्पले देश गम्भिर संकटमा भएको बेला सबैको ध्यान अव देश पुनःनिर्माणमा जानुपर्ने भन्दै अधिकारीले विना राजनीतिक आग्रह–पूर्वाग्रह सम्पूर्ण देशबासी सो कार्यमा प्रतिवद्धताकासाथ लाग्नु पर्ने बताए । सो अवसरमा उनले पुनः निर्माणको कार्य सँगसँगै संविधान निर्माणमा पनि ढिलासुस्ति गर्न नहुने भन्दै सबै दलहरूको सहमतिमा राष्ट्रिय सरकार बनाएर देशलाई औद्योगिक तथा आर्थिक विकासको मार्गमा तिव्ररूपमा अगाडि बढाउनु पर्ने बताए ।

2015-05-11 12.35.59

उक्त कार्यक्रमा २०७१ सालको एसएलसी परिक्षामा साविक भरतपोखरी गाविस तथा हालको लेखनाथ नगरपालिका १६,१७ र १८ वडाबाट सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरू संस्थागत विद्यालयबाट मर्निङ् ग्लोरी एकेडेमिका मनिषा बराल र प्रदिप पाण्डे एवम् सरकार विद्यालयबाट कालिका माविका अनिशा आचार्य र श्रीराम भुषाललाई सभासद् अधिकारीले सम्मान समेत गरेका थिए । सो प्रतिष्ठानको स्थापना तथा विकासमा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न महानुभावहरूलाई एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी लगायतले सम्मान गरेका थिए ।

उक्त अवसरमा एमाले कास्की अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी, लेखनाथ अध्यक्ष मोहन गुरुरू, क्षेत्र नं. ३ का अध्यक्ष धनबहादुर नेपाली, युवा संघ कास्कीका अध्यक्ष दिपक लामिछाने, प्रेस चौतारी कास्कीका उपाध्यक्ष रामजीप्रसाद लम्साल लगायतले बोलेका थिए । प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष टुकराज भण्डारी, संचालन सचिव तिलक लामिछानेले गरेका थिए ।