मितेरी पुल संचालनमा आउने, सभासद् अधिकारीद्वारा अवलोकन

तीन वर्ष अघिदेखि सवारी आवागमन बन्द गरिएको पोखरा वडा नंं ७ र १७ जोड्ने घारीपाटन स्थित मितेरी पुल एक हप्ताभित्र सञ्चालनमा आउने भएको छ । २०६९ वैशाख २३ गते सेती नदिमा आएको भिषण बाढीले पुलको जग क्षेत्रमा असर पारेपछि सवारी आवागमन बन्द गरिएको थियो ।

कास्की क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् रविन्द्र अधिकारीले निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत एक करोडमध्ये सात लाख रुपैंया पुलका लागि छुट्याएकोमा सोहि रकमबाट पुलको मर्मत गरिएको हो । मर्मत कार्य ९० प्रतिशत पुरा भईसकेको मितेरी पुल मर्मत उभोक्ता समितिका सचिव समेत रहेका पुल मर्मत उपसमिति संयोजक गणेश श्रेष्ठले जानकारी दिए ।

miteri puul

सेती नदिमा आएको बाढीले जग क्षेत्र भासिएकोले सोहि रकमबाट फिलिङ गरेर ढलान गरिएको उनले जनाए । उद्योगपति सूर्यबहादुर केसीले व्यक्तिगत खर्चमा डेढ करोड लागतमा २०६३ सालमा पुल निर्माण गरेका थिए । ठूला मालवाहक यातायात साधन समेत आउजाउ हुने गरेकोमा बाढीले क्षति पु¥याएपछि पुल नै जोखिममा रहेको थियो । अब मर्मतपछि साना सवारी मात्र ओहोरदोहोर गर्न पाउने भएको छ ।

‘पुलको जग मर्मतपछि नट बोल्ट कस्ने काम भएको छ । रंगरोगन कार्य भईरहेको छ ।’ श्रेष्ठले भने – ‘सात लाख रकम अपुग हुन्छ, बाँकी रकम जिविस कास्कीले व्यहोर्ने प्रतिबद्धता आएको छ ।

पुल बन्द भएपछि स्थानीयवासीले मर्मत उपभोक्ता समिति नै गठन गरेर प्रशासनलाई गुहारेका थिए । प्रशासनले व्यक्तिगत खर्चमा निर्माण भएकाले नसक्ने जवाफ दिएपछि गत असार १४ मा उद्योगपति केसीले क्षेत्रीय प्रशासकको रोहवरमा स्थानीय विकास अधिकारी तारानाथ अधिकारीलाई पुल हस्तान्तरण गरेका थिए ।

यसैबीच, सभासद् अधिकारीले मर्मत भईरहेको मितेरी पुलको शनिबार विहान अवलोकन गरेका छन् । उनले उपभोक्ता समितिका पदाधिकारीलाई ठेक्का लिनेले राम्रो काम गरे नगरेको बारेमा ध्यान दिन आग्रह गर्दै पुलमा क्षमता भन्दा बढि सवारी चल्न नदिन निर्देशन दिए । विकास समितिका सभापति समेत रहेका अधिकारीले आफू सधैं जनताका बीच रहेर काम गर्ने वद्धनवद्धता प्रकट गरे ।

उपभोक्ता समितिका अध्यक्ष विकास श्रेष्ठले सभासद् अधिकारीले दोस्रो संविधानसभा निर्वाचनका बेला गरेको प्रतिबद्धता पुरा गरेकोमा खुशी व्यक्त गर्दै स्थानीयवासीको तर्फबाट धन्यवाद व्यक्त गरे ।

स्रोत : बिगएफएम पोखरा /रञ्जन अधिकारी