संबिधान कार्यविधि निर्माणका लागि उपसमिति गठन

संबिधान सभाका बिबादित बिषयहरुमा प्रश्नावली निर्माण गर्न बनेको समितिको पहिलो बैठक आज सम्पन्न भएको छ । समितिले एकीकृत नेकपा मावोबादी र सम्बन्ध मोर्चालाई समितिमा आ-आफ्ना तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नामवली दिने र समितिमा उपस्थित भई संबिधान निर्माणको काममा एकसाथ अगाडी बढ्न आव्हान गरेको छ ।

rbicc
जेष्ठ सदस्यको हैसियतले समितिको सभापतित्व कांग्रेसका सभासद् कुलबहादुर गुरुङले गरेका थिए । भने समितिको कार्यविधि निर्माण गर्न, माननीय माननीय रमेश लेखक, मा. भानुभक्त ढकाल, मा.श्रीमाया थकाली, मा. दिलनाथ गिरी, मा. दिपक बोहोरा, मा.किरण यादव, मा. अत्तहर कमाल मुसलमान रहेको उपसमिति गठन गरेको छ । र अर्को बैठक भोलि १ बजे सिंहदरवारमा बस्ने निर्णय गरेको छ ।

संविधानका अन्तर्वस्तुमा सहमति नभएका विषयलाई प्रश्नावली बनाएर संधिवानसभामा पेश गर्ने अधिकार पाएको समितिले काम थालेको पाँच दिनभित्र आफ्नो काम पुरा गर्नु पर्नेछ ।

सचिवालय