एमाओवादीको मोर्चाबन्दीले संविधानसभा संकटमा

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद् रविन्द्र अधिकारीले एकीकृत नेकपा माओवादीको अराजनैतिक सोंच र मोर्चावन्दीले दोस्रो संविधानसभा अत्यन्त जटिल संकटमा परेको बताएका छन् । आग्रह पूर्वाग्रह पालेर सहमति पनि नगर्ने र आफ्ना मात्रै एजेण्डालाई एमाओवादीले स्थापित गर्न खोजेको हठका कारण संविधानसभालाई अलपत्र पार्न खाजेको जिकिर गर्दै अधिकारीले आफ्नो स्वार्थको लागि मात्रै जातीय राज्यको नारा उनीहरुले भट्याएको बताए ।pokhraa
नेकपा एमाले कास्की क्षेत्र नं.३ ले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट तथा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । आफ्नो पार्टीले जस्तोसुकै प्रतिकुल अवस्थामा पनि समावेंशी संविधान जारी गरेरै छाड्ने तर जातीय विखण्डन र द्वेष फैलाउने राष्ट्रहित विपरितका कुरा स्वीकार्न नसक्ने बताए ।
दिनमा दोस्रो संविधानसभाले गरेका कार्यहरुको जानकारी दिने क्रममा आफ्नो पार्टीले सहमतिका नाउँमा संविधानसभालाई बन्धक बनाउने कुरा कदापी नस्वीकार्ने र अब जुनसुकै अवस्थामा पनि संविधान जारी गर्ने प्रक्रिया नरोकिने बताए ।

संविधानसभामा एमाओवादीको हर्कत अत्यन्त निकृष्ट र जंगली भन्दै उनले तोडफोडमा उत्रिएको दिनलाई कालो दिनको संज्ञा दिए ।
कार्यक्रमको अधिकांश समय संविधान निर्माणको प्रक्रियाको सन्दर्भमा बोलेका उनले सहमतिमा पनि नआउने प्रक्रियामा पनि जान नचाहने सोंच उग्रपन्थी बताउँदै माघ ८ कटाउने षडयन्त्रमा एमाओवादी मोर्चा सफल भएको उल्लेख गरे ।

हदैसम्म आफूहरु सम्वाद र सहमतिलाई पर्खेर बसेको तर सहमतिका नाउँमा अब संविधान नै नबनाउने चालबाजी सफल हुन नदिने समेत बताए । संविधान निर्माणको महत्वपूर्ण अवसर गुमाए अहिलेको मोर्चालाई इतिहासले क्षमा नदिने जिकिर समेत गरे ।
व्यवस्थापिका संसद अन्तर्गत विकास समितिको सभापति समेत रहेका अधिकारीले आफ्नो समितिले गरेका कामहरु र कास्कीका विकास निर्माणका कार्यहरुको प्रगतिका सन्दर्भमा समेत प्रकाश पारेका थिए ।

क्षेत्रीय अध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले कास्की अध्यक्ष कृष्ण थापा, क्षेत्रीय उपाध्यक्ष नगेन्द्र गुरुङ्ग र सचिव ऋषिराम गौतम लगायतले बोलेका थिए ।
यसलगत्तै एमाले कास्कीको आयोजनामा कार्यकर्ता भेला समेत सम्पन्न भएको थियो । कार्यकर्ता भेलामा सभासद् सीता गिरी ओली, सभासद् चुडामणि जंगली लगायत उल्लेख्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

स्रोत : न्युज एनआरएन