न्यूज भित्ताले छान्यो उत्कृष्ट दस सभासद

काठमाडौ, माघ १ – यहाँ स्थित स्वतन्त्र अनलाईन पत्रिका “न्यूजभित्ता अनलाइन” ले अनलाइन भोटिङको माध्यमबाट १० उत्कृष्ट सभासद्को नाम आज सार्वजनिक गरेको छ । अनलाइन भोटिङको आधारमा एमालेका ४, कांग्रेसका ३ राप्रपा नेपाल, जनमोर्चा नेपाल र एमाओवादीका १-१ सभासद छनोटमा परेका छन् ।  छनोटमा परेका सभासदको नाम वर्णानुक्रम अनुसार अर्जुन नरसिंह केसी, कमल थापा, केपी ओली, गगन थापा, गोकर्ण विष्ट, चन्द्र भण्डारी, चित्रबहादुर केसी, डा. बाबुराम भट्टराई, विकास लम्साल र रविन्द्र अधिकारी रहेका छन् ।

न्यूज भित्ताले संचालन गरेको अनलाइन भोटिङबाट विश्वभरिका नेपालीले दिएको मतका आधारमा उत्कृष्ट १० सभासद् चयन गरिएको न्यूज भित्ताले जनाएको छ । केही साता अघिदेखि सुरु गरिएको भोटिङको आधारमा सभासद् चयन गरिएको सो मतपरिणाम आज औपचारिक रुपमा सार्वजनिक गरिएको हो 

श्रोत: सचिवालय