अगाडी बढ्यो बिकास समितिको पहल सडक एवं पुल निर्माणमा

काठमाण्डौ/सिहंदरवार, यहाँ स्थित बिकास समितिले लगातार चौथो दिन पनि बैठक तथा छलफल आयोजना गरेर सडक एवं पुल निर्माणमा तदारुकता देखाएको छ  । बैठक स्थानीय तहमा हुने गरेका बिकास गतिबिधिमा केन्द्रित भएको थियो । संसदको विकास समितिले स्थानीय विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सम्बन्धित मन्त्री तथा सचिव र बिभाग सँग छलफल चलाएको हो । मन्त्रालयहरु तथा बिभाग बीच को क्षेत्राधिकार बिबादले स्थानीय बिकासका पर्याय सडक तथा पुल निर्माणमा समस्या देखिए पछी बैठक आयोजना गरिएको थियो ।20150107_085205

बैठकको संचालन गर्दै समितिका सभापति रबिन्द्र अधिकारीले पुल (झोलुङ्गे पुल मोटरेबल पुल) तथा सडक कसले बनाउने भन्ने विवाद र कतिपय नीतिगत अश्पस्टताका कारण स्थानीय विकासमा हुने गरेका ढिलाई आजको बैठकले समाधान गर्ने बताए । अधिकारीले भने पर्यटकीय केन्द्र, आर्थिक केन्द्र, औद्योगिक क्षेत्र तथा जिल्ला जोड्ने पुलहरुलाई तत्कालै प्राथमिकताका साथ निर्माण गर्न र बिकासलाई चुस्त अगाडी बढाउँन अतिआवश्यक भएको छ । सभापतिले ध्यानाकर्षण गराउदै अगाडी थप्छन, ग्रामीण जिल्ला र आर्थिक केन्द्र जोड्ने, प्रकोपले असर पारेको ठाउलाई तत्काल सम्बोधन गर्नुपर्ने साथै स्थानीय बिकास अन्तर्गत पर्ने काम सम्पन्न गर्न नसक्ने स्थितिमा कुन मन्त्रालयले के कति जिम्मेवार लिनु पर्ने र हस्तान्तरण गर्नु पर्ने हो तत्काल सम्पन्न गर्न मन्त्रि तथा सचिव र बिभागका प्रमुखलाई ध्यानाकर्षण गराए ।

बैठकमा समिति सदस्यहरुले आ-आफ्ना क्षेत्रका साथै नीतिगत सुधारका लागि आफ्ना भनाई व्यक्त गरेका थिए ।

आफ्ना बिचार राख्दै सभासद गुरु बुर्लाकोटीले गैह्र जिम्वेवार ठेकेदारलाई कारवाही गर्नै पर्दछ, बरु जति बिकासका काम गरिन्छ राम्रो बनाउ, । त्यस्तै समिति सदस्य कृपासुर शेर्पाले एक निर्वाचन क्षेत्रमा एक सडक, एक पुल हुनु पर्ने भए पनि अहिले सम्म कहाँ कहाँ बन्यो जानकारी उपलब्ध गराउन सचिव तथा मन्त्रीलाई अनुरुध गरे ।

बुदा गत रुपमा आफ्ना कुरा राख्दै सभासद सिता गिरीले भनिन, कास्कीको बिकास कहाँ पुग्यो ? मर्दीखोला भेडावारी धिताल-रिभान गा.बि.स को आनन्द ठाटी भन्ने ठाउमा झोलुङ्गे पुल निर्माणका लागि २०६० मा सर्वे भए पनि आज सम्म निर्माण किन हुन् सकेन  ? पोखरा-वाग्लुंग राजमार्गमा पर्ने लुम्ले सल्यान वडा न. ९ को मुवाब्जा २५ वर्ष देखि रोकिएको छ, काम कहिले सम्पन्न हुन्छ भन्दै मन्त्रि सँग जवाफ मागेकी थिइन् ?

गिरीले अर्को एक प्रसंग जोड्दै राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको भाग-२ योजनामा उल्लेख एकमुष्ठ योजनाहरुलाई तत्काल बजेट टुङ्गाउँन माग गरिन ।

धेरै बिरालो भए भने मुसा मार्दैन भन्थे बिकास गर्ने धेरै संयन्त्र भएकोले बिकास हुन नसकेको पो हो कि ? आ-आफ्ना जिम्वेवारी तत्काल पुरागरी बिकासका काम अगाडी बढाउँ भन्दै सभासद भक्त बहादुर खपाङ्गीले आफ्ना कुरा बैठकमा व्यक्त गरे ।

आङ दावा शेर्पाले रामेछापमा कुन डोनरले बनेएको पुल हो ढलान गर्ने क्रममा भत्केको छ, सम्पन्न कहिले हुन्छ होला भनी मन्त्रि सँग जवाफ मागेका थिए । शेर्पाले  नयाँ सडक बन्नु भन्दा पनि बनिसकेका सडक तथा पुलको स्तर उन्नतिको  खाँचो रहेको औल्याय ।

स्थानीय बिकासका बिषयमा लगातार ४ दिन देखि संचालन भएको बैठकमा बोल्ने बक्ता धेरै भए पछी सभापतिले बोल्ने सभासद्लाई जम्मा साढे २ मिनेट दिएका थिए ।

बोल्ने समय छोटो भएको भन्दै सभासद गणेश पहाडी, जीवन बहादुर शाहीले लिखितरुपमा नीतिगत सुधारका लागि शुझाव दिएका थिए ।

निकै उपलब्धी मुलक मानिएको चौथो दिनको बैठक अन्त्य गर्दै सभापति रबिन्द्र अधिकारीले  सडक एवं पुल निर्माणका सम्बन्धमा देखिएका समस्याहरु विशेष गरी रणनीतिक सडक सञ्जाल, (Strategic Road Network) र स्थनीय सडक सञ्जाल (Local Road Network) विस्तार गर्ने सम्बन्धमा नीतिगत आवश्यकता, कार्यक्षेत्र सम्बन्धी विवाद, मापदण्ड सम्बन्धी विवाद, स्वामित्व सम्बन्धी विवाद र अन्य व्यावहारिक समस्याहरु समाधान गर्न निर्देशन सहितका निर्णय पढेर सुनाएका थिए ।

बैठकको निर्णय हेर्न यो लिंक यहाँ थिच्नु होला । 

श्रोत : सचिवालय