विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठक शनिबार पोखरामा सम्पन्न

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा देखिएको समस्या हल गर्न विमानस्थल निर्माण उच्च स्तरीय सहयोग समितिको बैठक शनिबार पोखरामा सम्पन्न भएको छ । बैठकमा संयोजकले समितिका प्रगति विवरण पेश गरेका थिए ।

समितिका संयोजक तथा कास्की क्षेत्र नं ३ का निर्वाचित सभासद रबिन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त मिटिंगमा कास्की बाट प्रतिनिधित्व गर्ने सम्पूर्ण सभासद लगाएत सदस्यको उपस्थिति भएको समितिले जनाएको छ ।

पछिल्लो समय मुअब्जा वितरणका सम्बन्धमा देखिएको गतिरोध अन्त्य गर्न स्थानीय,प्रसासन र सम्पूर्ण नागरिक समाज, राजनीतिक दल, मानब अधिकारबादीहरु संग छलफल गरी आयोजना अघि बढाउने निर्णय भएको इन्जिनियर प्रदिप अधिकारीले जानकारी दिए ।

सरकारले तोकेको मापदण्ड अनुरुप मुआब्जा बितरण गर्न भन्दै सभासद सारदा पौडेलको संयोजकतामा उपसमिति गठन गरिएको छ । उपसमितिले पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाको अग्रसरतामा समस्या समाधान गर्ने पनि समितिले निर्णय गरेको छ ।

मिटिंग बाट निम्न निर्णय भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल आयोजना समितिले जनाएको छ । Press Release

न्युज स्रोत : कृष्ण अधिकारी/ NEWSNRN.COM