नेपालको संसदीय इतिहासमा पहिलो पटक संसदीय समितिको संयुक्त बैठक

काठमाडौं । नेपालको संसदीय इतिहासमा पहिलो पटक संसदीय समितिको  बैठक लोकप्रिय युवा राजनीतिकर्मीका रुपमा आफ्नो पहिचान बनाएका रविन्द्र अधिकारी, गगन थापा र प्रकाश ज्वालाले संयुक्तरुपमा आयोजना गरि सम्पन्न गरेका छन । गगन थापा सभापतित्वको कृषि तथा जलस्रोत समिति, रविन्द्र अधिकारी सभापतित्वको विकास समिति र प्रकाश ज्वाला सभापतित्वको अर्थ समितिको संयुक्त बैठकमा आर्थिक बर्षको समग्र बिकास बजेट खर्चको अवस्था, समस्याहरु तथा लक्ष्य प्राप्तिका लागि चालिनुपर्ने कदमका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री  को समुपस्थितिमा संयुक्त बैठक आज सम्पन्न भएको छ । IMG_0969

उनीहरु तीनैजना संसदीय समितिका सभापति छन् । यी तीन सभापतिले तीनवटै समितिको संयुक्त बैठक गराएर नेपालको सर्वाधिक ठूलो समस्याको रुपमा रहेको विकास खर्च हुन नसक्ने बिषयबारे छलफल चलाएका छन् । बैठकको संचालन गर्दै  विकास समितिका सभापति रबिन्द्र अधिकारीले विकास खर्चका बारेमा संसदमा कहिल्यै पनि छलफल नहुने गरेको भन्दै चिन्ता ब्यक्त गरे । सभापति अधिकारीले यो बर्षको पुँजीगत बजेटमध्य अहिले सम्म १ खर्ब १६ अर्बको पुँजीगत बजेट मध्य  झण्डै ८% पनि खर्च हुन नसकेको यथार्थ लाई प्रधानमन्त्री समक्ष ध्यानआकर्षण गराएका थिय ।

प्रधानमन्त्री सुशील कोइरालाले बैठकलाई सम्बोधन गर्दै प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा समयमै सम्पदाको उच्चित प्रयोग गर्न सकियो भने नेपालले मुहार फेर्ने बताए । कोइराला भन्छन नेपालको बिकास गर्न पुँजीगत खर्च समयमै पूर्ण प्रयोग गर्नुपर्ने हुन्छ म त्यस तर्फ सचेत छु । एक अर्को प्रसंगमा बोल्दै प्रधानमन्त्री कोइरालाले आफ्ना शीर्ष नेतालाई सहमतिको लागि दबाब दिन सांसदहरुसँग आग्रह गरेका छन् । ‘म हात जोडेर अनुरोध गर्छु आफ्ना नेतालाई सहमतिको लागि दबाब दिनुस । उनले संबिधान निर्माण लेनदेनको आधारमा सहमति गरेर हुनुपर्ने भन्दै आन्दोलनको कुरा गरेर मुलुकलाई द्वन्द्वमा नफर्काउन अनुरोध गरे ।

कार्यक्रममा बोल्दै कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले खर्च असाध्यै न्यून भएको भन्दै यसबारेमा आफ्नो समितिले पनि पटक पटक कुरा उठाइरहेको तर ठोस कदम भने चाल्न नसकेको जानकारी गराए । ‘नेपालमा अख्तियारको दुरुपयोग गर्नु अपराध हो भन्ने मानसिकता भए पनि पाएको अख्तियारको उपयोग नगर्नु केही पनि होइन भन्ने मानसिकता छ, यो विकास बिरोधी मानसिकता हो ।’ थापाले भने ।

संयुक्त बैठकका अर्का सभापति अर्थ समितिका प्रकाश ज्वालाले विकास बजेट खर्च नहुने तर साधारण खर्च अत्याधिक बढेको भन्दै यस्तो परिपाटी गलत भएको टिप्पणी गरे । ज्वाल भन्छन, कतिपय ऐनका कारणले पनि विकास आयोजानहरु समयमा सम्पन्न गर्न समस्यामा परेको टिप्पणी समेत गरे । बजेट प्रस्तुत गर्ने र पारित हुने समय उचिच्त नहुनु र आर्थिक बर्ष सुरु हुने समय पनि उपयुक्त नहुँदा विकास कार्यमा अप्ठ्यारो भएको ज्वालाले बताए ।

संसद नियमावलीमा संयुक्त बैठकको प्रावधान भए पनि यसरी  बैठक अहिलेसम्म भएको थिएन । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा भएको खर्च परिणाम पटक्कै सन्तोषजनक नभएकोले बजेट खर्चको अबस्थाबारे छलफल गर्न बैठकको आयोजना गरिएको थियो । बैठकको समन्वय विकास समितिले गरेको थियो । आजको बैठकको सभापतित्व विकास समितिका सभापति रबिन्द्र अधिकारीले गरेका थिय ।

समितिले आज गरेको संयुक्त बैठकको निर्णय हेर्न यो link यहाँ थिच्नुहोस् ।

श्रोत: समितिको सचिवालय