तीन दलको असफल कर्मकाण्डी वैठक सम्पन्न

कांग्रेस, एमाले र एमाओवादीका मुख्य नेताहरुको बालुवाटार वैठक आज पनि असफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले भोलि दिनभरि विभिन्न खाले वैठक गर्ने निर्णय भने सहमति साथ गरेको छ। तीन दलले गरेको निर्णय अनुसार भोलि बिहान नौ बजे संसद सचिवालयमा विशेष खाले वैठक बस्नेछ।3-party-meeting

सो वैठकमा मुख्य तीन दलका प्रमुखहरु, संविधानसभा अध्यक्ष, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई र संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला बस्नेछन्। यो वैठकपछि राखिनेछ अर्काे वैठक, सो वैठक निकै ठूलो आकारको हुनेछ। वैठकमा संविधानसभामा रहेका सबै दलका संसदीय दलका नेता अथवा पार्टी अध्यक्षहरु हुनेछन्। संविधानसभामा ३१ वटा दल छन्।

त्यसपछि आवश्यक परयो भने तीन दलको वैठक फेरि बस्नेछ नत्र बस्नेछ संवाद समितिको बैठक। तीन दलको वैठक असफल भएपछि तीन दलको उपग्रह जस्तो अवस्थामा रहेको संवाद समितिले कुनै निर्णय लिने अहिले नै निश्चित छ।

संवाद समितिको वैठकपछि आवश्यक परे संवाद समितिको वैठक बस्नेछ। यसरी भोलि शनिबार वैठकको कर्मकाण्ड पूरा हुनेछ तर कुनै सहमति नहुने अहिले नै निश्चित भइसकेको छ। तीन दलको वैठकमा तीन पार्टीकै नेताहरुले आआफ्नो अडान कायम राखेको एमाओवादीका नारायणकाजी श्रेष्ठले वैठकपछि बताए।

स्रोत : न्युज भित्ता