संविधानसभाको बैठक २३ बाट सुरु

rbicc

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलेले संविधानसभाको बैठक बोलाएका छन् । विपक्षी गठवन्धनले चैत २४ देखि तीन दिन नेपाल बन्द गर्दैछ, त्यसको अघिल्लो दिन २३ गते दिउँसो एक बजेका लागि अध्यक्ष नेम्वाङले बैठक राखेका छन् ।

नेम्वाङले बैठक डाकेपछि विपक्षी गठवन्धनले क्रुद्ध प्रतिक्रिया व्यक्त गरेको छ । उनीहरुले बैठक बोलाइनु गलत भनेका छन् ।

नेम्वाङले संविधानसभा बैठक अनिश्चितकालसम्म स्थगित गर्नु गलत हो भनेर बारम्बार भन्दै आएका थिए । उनले सहमतिका लागि दलहरुलाई समय दिन संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए ।

नेम्वाङले पछिल्लो पटक दलहरुलाई चैत ११ सम्मको म्याद दिएका थिए सहमतिका लागि । त्यसपछि उनले १५ गते अपरान्ह पाँच बजेसम्मको म्याद दिएका थिए । पछिल्लो कालमा दोस्रो पटक दिइएको म्याद सकिनासाथ नेम्वाङले बैठक आव्हान गरेका हुन् ।

अब बस्ने बैठकले प्रश्नावली समितिले तयार पारेको प्रश्नहरुलाई मस्यौदा समितिमा पठाउने छ । प्रश्नावलीमा एउटा प्रश्नमा विभिन्न विकल्प दिइएको छ । विकल्पमध्ये एकको चयन गरेर मस्यौदा समितिमा पठाउने काम बैठकले गर्ने बताइएको छ । आजको news vitta ले प्रकाशित समाचार ।