लमही नगरपालिकामा एक मतले एमाले उम्मेदवार विजयी

८ असार, देउखुरी । लमही नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका अध्यक्ष एक मतले विजयी भएका छन् । नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार नुमराज पौडेलले एक मतले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले घोषणा गरेको हो ।

एमालेका नुमराज पौडेलले ५६० र कांग्रेसका उम्मेदवार दामोदर पौडेलले ५५९ मत ल्याएका छन् ।

वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतगणनाको माग गर्दै निवेदन दिएपछि घोषणा रोकिएको थियो । लगत्तै एमालेले पनि वडा नं. ९ को मत पुनः गणनाको माग गरेको थियो । निर्वाचन आयोगले नियम अनुसार  मत परिणाम सार्वजनिक गर्न निर्देशन दिएपछि आइतबार विहान वडा नं. १ र ९ को मत परिणाम सार्वजनिक गरिएको हो । मतगणना सकिएको एक दिन पछि मात्रै यी वडाको मत परिणाम सार्वजनिक गरिएको छ । यस्तै वडा नं. २ को पनि परिणाम पनि घोषणा गरिएको छ ।

हामीले यो समाचार अनलाई खवर बाट लिएका हौ |