कास्कीका सभासद द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

कास्की जिल्लाको लुम्ले, भदौरेतामागी र ढिकुरपोखरी गा.बि.स.का बिभिन्न स्थानमा यहि श्रावण १३ गते गएको भिषण पहिरोले पुर्याएको क्षतिका बारे र तत्काल पुनर्स्थापनाका लागि अनुरोध सहित कास्कीका सभासदहरु द्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन । उक्त ध्यानाकर्षण कार्यक्रममा सभासदहरुले पहिरो बाट बिस्थापित परिवारको पुनर्स्थापना, क्षति ग्रस्त भौतिक सरचनाको पुनर्निर्माण र बिपत ब्यबस्थापनको निम्ति चाहिने सम्पूर्ण उपकरण र सामग्रीको व्यवस्था गरि आर्थिक राहत उपलब्ध गराउन जोडदार माग गरेका छन ।

Constitution Assembly members from Kaski district submits memorandum to the Prime Minister Sushil Koirala on Wednesday at PM's Official Residence, Kathmandu, where they demands to provide proper relief and settlement to the people suffered from landslide on Bhadra 13 from the Nepal government. Photo: Kumar Shrestha, RSS

Photo: Kumar Shrestha, 

बाडी पहिरो बाट क्षति भएको सम्पूर्ण बिबरण सहित कास्कीलाई प्रतिनिधित्व गर्ने ११ जना सभासद, सभासद सिता गिरि ‘ओली’ को नेतृत्वमा, यज्ञ बहादुर थापा, शारदा पौडेल, रबिन्द्र अधिकारी, तुलबहादुर गुरुङ, वन्दा देबी आलेमगर, चुडामणि बिश्वकर्मा, जीवन परियार, डिल बहादुर नेपाली, तेजकुमारी पौडेल, र कुमार खड्का को टोलि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ध्यानाकर्षण गराएको हो |