मुठभेड कि निकास ?

दुई महिनाभन्दा लामो स्थगनपश्चात सभामुखले संविधानसभाको बैठक २३ चैतका लागि तोक्नुभएको छ । उता संविधानसभाको प्रक्रियाको विरोध गरिरहेको विपक्षी मोर्चाको आन्दोलनका कार्यक्रम पनि यही सेरोफेरोमा चलिरहेका छन् र २४ चैतदेखि त उहाँहरूले तीनदिने आमहडताल नै आह्वान गरिसक्नुभएको छ । बाहिरबाट सर्सर्ती हेर्दा यो ठूलो मुठभेडको तयारीजस्तो पनि देखिएला । यसले दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस […]

देश विकासको दर्जन सुत्र

कुशल नेतृत्व : राष्ट्र निर्माणकालागि सबै भन्दा पहिले दृढ इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ । हामी कहाँ नेतृत्वको संकट छ । राष्ट्र निर्माण गर्ने इच्छाशक्ति भएको व्यक्तिले देशको नेतृत्व गरेमा विकास गर्न सकिन्छ । नेतृत्वले नयाँ नयाँ ‘भिजन’ प्रस्तुत गर्न सक्नुपर्छ । हामीसँंग त्यसखालको नेतृत्वको अभाव देखियो । राजनीतिक स्थायित्व : मुलुकको विकास र राष्ट्र निर्माणका […]

विकासका लागि ‘थिंक ट्यांक’

योजना आयोगले अहिलेसम्म नगरेका अनुसन्धानका काम गर्न थिंक ट्यांक जरुरी चैत २ गते विकास समितिमा फास्ट ट्र्याक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू , सचिवलगायतको उपस्थितिमा घनीभूत छलफल भयो। एक दिनअघि पनि माननीय सदस्यहरू, विज्ञ तथा यी आयोजनासँग सम्बन्धित कर्मचारीको उपस्थितिमा नीतिगत समस्याबारे सघन बहस भएको थियो। यी बहसमा आयोजनालाई कसरी अगाडि […]

फास्ट ट्रयाकको चुनौती र सम्भावना

राणा शासनमा भरियालाई बोकाएर काठमाडौं उपत्यकामा सर्वप्रथम सवारी साधन भित्र्याइएको थियो । नेपालमा आधुनिक सडक निर्माणको सुरुवात हुनुभन्दा पहिले भारतले रक्सौलसम्म रेलमार्ग विस्तार गरेपछि वीरगन्ज नेपालको प्रवेशमार्गको रूपमा प्रयोग भयो । वीरगन्जमा भएको यातायात विस्तारले हेटौंडा हुँदै भैंसे, भीमफेदी, कुलेखानी, चित्लाङ चन्द्रागिरि भञ्ज्याङबाट काठमाडांैको थानकोटसम्म मुख्य व्यापारिक मार्ग निर्माण भयो । उपत्यकाको मध्यपहाडी क्षेत्र र […]

गठबन्धनको औचित्य सकिएकै हो ?

विगतमा जे–जस्ता अपेक्षासाथ पहिलो र दोस्रो ठूला दल कांग्रेस र एमालेको सत्ता गठबन्धन बनेको भए पनि त्यसले अपेक्षाअनुरूप काम गरिरहेको छ कि छैन त्यो एउटा अहम् सवाल बनेर खडा भएको छ । दोस्रो संविधानसभाबाट समयमै संविधान निर्माण गर्ने मुख्य लक्ष्यसाथ कांग्रेस–एमालेको गठबन्धन बनेको हो । संसारको इतिहासमा पहिलो र दोस्रो ठूलो पार्टी एकसाथ सरकारमा रहनु […]

राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनको अवस्था : एक समिक्षा

 रविन्द्र अधिकारी १. विषय प्रवेश ः नेपाल सरकारले नवौं योजनादेखि नै विकास आयोजना तथा कार्यक्रमहरूलाई विशेष प्राथमिकता प्राप्त वा प्राथमिकता प्राप्त आयोजनाका रूपमा प्राथमिकीकरण गरी श्रोत साधन विनियोजनलाई प्रभावकारी बनाउने कार्य प्रारम्भ गरेकोे थियो । यसलाई त्यसपछिका आवधिक योजनाहरूले पनि कुनै न कुनै रूपमा निरन्तरता दिएका छन् । यसरी प्राथमिकिकरण गर्ने क्रममा आ.व. २०६८÷६९ देखि […]

रातो किताबबाट यसरी फालिन्छन् विकास योजना

रवीन्द्र अधिकारी (सभासद एवं विकास समिति सभापति) राजनीति केका लागि गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो । राजनीति प्रवजातन्त्रका लागि, अधिकारका लागि, लोकतन्त्रका लागि भनेर हामीले लामो यात्रा पार गरिरहेका छौं । अब राजनीति मुलुकको सम्वृद्धिका लागि, विकासका लागि हुनुपर्छ । कुरा गरेरमात्रै भएन, कामबाट नै हुनुपर्दछ । अबको राजनीति सम्वृद्धि र विकासको दिशातर्फ गएन भने […]

किन बनेन संविधान ?

८ माघमा संविधान जारी गर्ने सबैको संकल्प थियो । हामी कसैले संकल्प, कसैले प्रतिबद्धता र कसैले भीष्मप्रतिज्ञा भनेर आ–आफ्नै भाषामा स्विकारेका थियौँ, ८ माघमा संविधान जारी गर्छाैं । संविधानसभाभित्रको राजनीतिक शक्ति सन्तुलन पहिलेको भन्दा बदलिएको थियो । पहिला माओवादी र पछिल्लो संविधानसभामा कांग्रेस र एमालेको संख्या बलियो भयो । यो संक्रमणकाल व्यवस्थापनको सिलसिलामा कतिपय अतिवादी […]