समृद्धिका ढोका उत्तरी नाका

२०७२ वैशाख १२ को विनासकारी भूकम्पले च्यापिएको अर्थतन्त्रमा मल्हम लगाउन नपाउ“दै स्वतन्त्र र सार्वभौम मुलुकका ९० प्रतिशत जनप्रतिनिधिद्वारा जारी संविधानप्रति असन्तुष्टि व्यक्त गर्दै नाकाबन्दी भएस“गै उत्तरी नाका बारेमा छलफल सुरु भएको छ । एउटा छिमेकी देशले संविधान निर्माणमा आÏनो स्वार्थ पूरा नभएको बहानामा अर्को छिमेकी मुलुकमाथि आर्थिक नाकाबन्दी गर्नु कुनै कोणबाट औचित्य पुष्टि हुन सक्दैन […]

गणतन्त्र समाप्त पार्ने खेल

चार महिनादेखि मुलुकले असहज परिस्थितिबीच नाकाबन्दीको कहर थेगिरहेको छ । नाकाबन्दी आंशिक रूपमा खुले पनि अझै पूर्ण रूपमा खुलिसकेको छैन । १२ वैशाखको विनाशकारी भूकम्पले भौगोलिक रूपमा हामीमाथि नाकाबन्दी गरेको थियो । अहिले अर्को नाकाबन्दीको अवस्था छ । यसपटक नाकाबन्दी उत्तर र दक्षिण दुवैतर्फबाट छ । यसबाट जनता प्रताडित छन् । संविधानमा समेटिएका विषयमा असन्तुष्टि […]

पुरानाबाट कसरी नयाँ शक्ति ?

नयाँ संविधान जारी भएपछि त्यसलाई कार्यान्वयन गर्न राजनीतिक दलहरू लागिरहेका वेला नयाँ शक्तिको बहस पनि चलिरहेको छ । भूकम्पको पीडा, त्यसपछिको पुनर्निर्माणका लागि गठन गर्ने भनिएको पुनर्निर्माण प्राधिकरणको नेतृत्व नबनेको र नाकाबन्दीले मुलुक असहज परिस्थितिमा गुज्रिरहेका वेला मुलुकलाई नयाँ ढंगबाट अघि बढाउन नयाँ शक्तिको बहस हुनु स्वाभाविक हो । मुलुकलाई नयाँ ढंगबाट अघि बढाउन नयाँ […]

यसरी बन्ने छ नेपालकै ठूलो नाका रसुवागढी

रसुवागढी नाकामा केही दिनअघि पुगेपछि हुम्लाका जनप्रतिनिधि कांग्रेस नेता जीवनवहादुर शाहीले विकास समितिको बैठकमा धेरैपटक उठाउनुभएको प्रसंग पुन: स्मरणयोग्य छ । उहाँ धेरै पहिलेदेखि भन्नुहुन्थ्यो, ‘उत्तरका नाकाहरू खोल्नुपर्‍यो र त्यहाँ पूर्वाधार बनाउनुपर्‍यो ।’ जीवनजीको भनाइको गाम्भीर्यता मुलुकले यतिखेर बुझ्दैछ । विकास समितिको संसदीय टोलीले रसुवागढी नाकासम्म पुगेर सडकको अवस्था र पारवहन सम्भावना अध्ययन गरेलगत्तै भौतिक […]

कहिले हुन्छ विकास ?

‘देशमा विकास भएन !  विकास गर्नुपर्छ !’ भन्ने आवाज हामी दिनदिनै सुन्छौं । राजनीतिकर्मी, पेसाकर्मी, अधिकारकर्मी, प्राज्ञ, वृद्ध, युवा, सहरी सम्भ्रान्त, ग्रामीण गरिबी, नीतिनिर्माता, नागरिक समाज सबै विकास चाहन्छन् । तर, विकास गर्नका लागि जो जिम्मेवार हुनुपर्ने हो, उनीहरू विकास नभएकोमा एकले अर्कोलाई दोषारोपण गरिरहेका छन् । विकास हुन नसकेको कुरालाई थप बहाना मिलेको छ-वैशाख […]

कसरी बन्ने आत्मनिर्भर?

‘राष्ट्रिय गौरवका आयोजना भनेर छलफल गर्ने, तर २०/२२ वर्ष गरेर एउटा पुस्ता नै सक्नेगरी समय लगाउने?’ सभापतिको हैसियतमा मैले नै सञ्चालन गरेको विकास समितिको कात्तिक २३ को बैठकमा माननीयहरूले यसो भनिरहँदा एकछिन सोच्न बाध्य भएँ। समितिमा उपस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री, पदाधिकारी र सांसद मित्रहरू पनि यो कुरा सुनेर एकपटक झस्किएको हुनुपर्छ। व्यवस्थापिका–संसद्का […]

नाकाबन्दी : अघोषित युद्ध

भारतले झन्डै दुई महिनादेखि नाकाबन्दी लगाइरहेको छ । नाकाबन्दीका कारण नेपालको जनजीवन अत्यन्त कष्टकर बनेको छ । यसका कारण हाम्रो देशको आर्थिक जीवन डामाडोल भएको छ । उद्योगधन्दाहरू चल्न सकिरहेका छैनन् । हाम्रा स्कुल, कलेज बन्द छन् । मानिसको दैनिक जीवन नराम्ररी प्रभावित भएको छ । कृषि क्षेत्रमा मात्र ६३–६४ अर्बभन्दा बढी क्षति भइसकेको छ […]

सर्वस्वीकार्य राष्ट्रपतिको खोजी

भारतको हेपाहा प्रवृत्ति घोषित वा अघोषित जे भने पनि भारतले नेपालमाथि लगाएको यो तेस्रो नाकाबन्दी हो । यत्ति हो, यसअघि भारतले ०२७ र ०४५ मा नेपालमाथि नाकाबन्दी लगाउँदा भारतमा कंग्रेस आईको सरकार थियो भने अहिले ०७२ मा नाकाबन्दी लगाउँदा त्यहाँ भाजपाको सरकार छ । दक्षिण एसियामा भारतको नीति भनेको उहिल्यै ब्रिटिस साम्राज्यको नीतिकै निरन्तरता दिनु […]