राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनको अवस्था : एक समिक्षा

 रविन्द्र अधिकारी १. विषय प्रवेश ः नेपाल सरकारले नवौं योजनादेखि नै विकास आयोजना तथा कार्यक्रमहरूलाई विशेष प्राथमिकता प्राप्त वा प्राथमिकता प्राप्त आयोजनाका रूपमा प्राथमिकीकरण गरी श्रोत साधन विनियोजनलाई प्रभावकारी बनाउने कार्य प्रारम्भ गरेकोे थियो । यसलाई त्यसपछिका आवधिक योजनाहरूले पनि कुनै न कुनै रूपमा निरन्तरता दिएका छन् । यसरी प्राथमिकिकरण गर्ने क्रममा आ.व. २०६८÷६९ देखि […]

रातो किताबबाट यसरी फालिन्छन् विकास योजना

रवीन्द्र अधिकारी (सभासद एवं विकास समिति सभापति) राजनीति केका लागि गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो । राजनीति प्रवजातन्त्रका लागि, अधिकारका लागि, लोकतन्त्रका लागि भनेर हामीले लामो यात्रा पार गरिरहेका छौं । अब राजनीति मुलुकको सम्वृद्धिका लागि, विकासका लागि हुनुपर्छ । कुरा गरेरमात्रै भएन, कामबाट नै हुनुपर्दछ । अबको राजनीति सम्वृद्धि र विकासको दिशातर्फ गएन भने […]

किन बनेन संविधान ?

८ माघमा संविधान जारी गर्ने सबैको संकल्प थियो । हामी कसैले संकल्प, कसैले प्रतिबद्धता र कसैले भीष्मप्रतिज्ञा भनेर आ–आफ्नै भाषामा स्विकारेका थियौँ, ८ माघमा संविधान जारी गर्छाैं । संविधानसभाभित्रको राजनीतिक शक्ति सन्तुलन पहिलेको भन्दा बदलिएको थियो । पहिला माओवादी र पछिल्लो संविधानसभामा कांग्रेस र एमालेको संख्या बलियो भयो । यो संक्रमणकाल व्यवस्थापनको सिलसिलामा कतिपय अतिवादी […]

के प्रचण्ड वैद्यकै लाइनमा गएको हो ?

हामी सबै राजनीतिक दलले जनतालाई माघ ८ मा संविधान दिन्छौं भन्ने बाचा र प्रतिबद्धता गरेका थियौं । तर आफ्ना सामूहिक प्रतिबद्धताअनुसार हामीले जनतालाई तोकिएको मितिमा संविधान दिन सकेनौं । यसमा विविध कारणहरुले काम गरेका छन् । मूल रुपमा संविधान आउन नसक्नुको कारण के हो भन्ने जनताले राम्ररी बुझेका छन् । सत्तापक्षको हैसियतमा संविधानसभाभित्र दुई तिहाईको […]

विकास ढिला भइसक्यो

संसदको विकास समितिले विगत केही समयदेखि निरन्तर चलाएको छलफलपछि हामी राजनीतिज्ञले बुझेको विकास र हुनुपर्ने विकासमा धेरै फरक रहेछ भन्ने महसुस भइरहेको छ । दिनहुँजसो हुने शीर्ष नेताहरूको बैठकमा देश विकासको एजेन्डाले समय पाएको छैन । दोस्रो जनआन्दोलन पछाडि ८ वर्ष हामीले नयाँ संविधान बनाउने भन्दै खेर फाल्याैं । तर न एकथान संविधान दिन सक्यौं, […]

माओवादी विघटनको दिशातिर

नेपालमा माओवादी आन्दोलनको तीव्र विस्तार र तीव्र विघटनले राजनीतिमा हतियार प्रयोग नगरी परिवर्तन हुँदै हुँदैन भन्ने एउटा उग्र सैद्धान्तिक मान्यता आफैँ खण्डित भएको छ । सामाजिक–आर्थिक विकृतिमाथिको असन्तुष्टि उपयोग गरेर जुन रूपमा विद्रोह संगठित गरियो र भूराजनीतिक सन्तुलनका आयामलाई उपयोग गरेर जुन रूपमा माओवादी आन्दोलनले सामरिक शक्ति आर्जन गर्‍यो, राजनीतिको सफलता त्यत्तिमै निहित हुँदैन भन्ने […]

कर्णालीको गरिबी र विकास

नेपाल मानव विकास प्रतिवेदन, २०१४ मा कर्णालीलाई सबै दृष्टिबाट मुलुककै सबैभन्दा पछाडि परेको क्षेत्र भनिएको छ। भोकमरी, महामारी दुस्साहसपूर्ण माओवादी आक्रमण र सरकारी प्रत्याक्रमण, भौगोलिक विकटताजस्ता भयावह विषय र घटनाका बेलामात्र मुलुकको ध्यान कर्णालीमा जान्छ। नत्र, उक्त क्षेत्र राज्यले सधैँ उपेक्षा र बेवास्ता गर्ने गरेको छ। भौगोलिकरूपले दुर्गम र विकट भएकाले कर्णाली अर्थात पुरानो जुम्ला […]

एमालेले गर्न नसकेको काम

   राजनीतिक धारका हिसावले पार्टीहरुको चिनारी खोज्ने परिपाटी अहिले समाजमा छ । अव पार्टीहरुका दस्तावेज, घोषणापत्र र तिनीहरुका उद्घोषले दिने परिभाषाका आधारमा मात्र आम जनताले पार्टीहरुलाई चिन्ने र त्यस अनुरुप ब्यवहार गर्ने पद्दति भने फेरिएको छ । परम्परामै राजनीतिको परिभाषा खोजिरहेको तप्का अहिले पनि भन्छ एमाले डेमोक्र्याटिक पार्टी हो कि कम्युनिस्ट ? यो दुईवटा मध्ये […]