ओलीले खाए नौ हजार तीस रुपैयाँको चट्पट

काठमाडौँ, २६ वैशाख ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान नेपाल ल क्याम्पसको मूल गटेमा निकै प्रशन्न देखिए । अघिल्लो शनिबार गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाएका र प्रभावित भएका जिल्लाका पीडितको राहतका लागि नेपाल ल क्याम्पसको अनेरास्ववियुको प्रायोजनमा त्यहिँका विद्यार्थीले राहत संकलका लागि चना चट्पटे वेच्दै गरेका ठाउँमा ग्राहका रुपमा पुगेका ओली यसरी प्रसन्न […]

एमालेले दुई लाख स्वयम्सेवक परिचालन गर्ने

काठमाडौँ, वैशाख २६ – नेकपा (एमाले) ले गठन गरेको भूकम्पपीडित उद्धार तथा राहत समन्वय समितिले प्रभावित जिल्लामा करिब दुई लाख स्वयम्सेवक परिचालन गरी स्थानीयवासीका भत्किएका संरचना पुनःनिर्माणमा खटाउने निर्णय गरेको छ । समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले जनताको सेवाका लागि पार्टी निकट विभिन्न भ्रातृ सङ्गठनको सहयोगमा ती स्वयम्सेवक खटाई राहत तथा पुनःस्थापना […]

दूरसंचार सेवा थप प्रभाकारी बनाउ

व्यवस्थापका संसदको विकास समितिले दूर सञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले उपलब्ध गराउने सेवाको गुणस्तर तथा टेलिफोन मोवाइल र इन्टरनेट नेटवर्कबाट सेवा उपलब्ध गराउने मापदण्ड सुनिश्चित रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा बिहिबार बसेको बैठकले दूर सञ्चार तथाइन्टरनेट सेवाप्रदायकहरुले उपलब्ध गराउने सेवाको गुणस्तर निश्चित सूचक सहित तोकिएको मापदण्ड […]

मितेरी पुल संचालनमा आउने, सभासद् अधिकारीद्वारा अवलोकन

तीन वर्ष अघिदेखि सवारी आवागमन बन्द गरिएको पोखरा वडा नंं ७ र १७ जोड्ने घारीपाटन स्थित मितेरी पुल एक हप्ताभित्र सञ्चालनमा आउने भएको छ । २०६९ वैशाख २३ गते सेती नदिमा आएको भिषण बाढीले पुलको जग क्षेत्रमा असर पारेपछि सवारी आवागमन बन्द गरिएको थियो । कास्की क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् रविन्द्र अधिकारीले निर्वाचन […]

बिकासको बहस सुरु गरे : रबिन्द्र अधिकारी र शेरधन राईले

देश विकास किन भएन ? राष्ट्रिय गौरवका आयोजनाहरु कहिले सम्पन्न हुन्छन ? के नेपालको बिकास हाम्रै पालामा अनुभूति गर्न पाइन्छ त ? यिनै प्रश्न को जवाफ खोज्दै संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारी र सुशासन समितिका सभापति शेरधन राईले बिरलै हुने संयुक्त बैठक आयोजना गरेर विकास सँग जोडिएका सबै मन्त्रालयका सम्बद्ध अधिकारीलाई एकै ठाउँमा राखेर […]

सभासद रबिन्द्र द्वारा कास्की क्षेत्र नं ३ को विकास कार्यक्रम सार्वजनिक

पोखरा, फाल्गुन ४ –  कास्की क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सभासद रबिन्द्र अधिकारी द्वारा आर्थिक वर्षका हिसावले छैठौं बर्षको निर्बाचन क्षेत्र बिकास कोष तथा निर्बाचन क्षेत्र बिकास विषेष पूर्वाधार कार्यक्रम आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् । आफुले प्रतिनिधित्व गर्ने कास्की क्षेत्र नं ३ को कार्यक्रम सार्बजनिक गर्दै सभासद अधिकारीले भने पहिलो संविधान सभाबाट […]

‘क्यानसँग नै क्रिकेट प्रेम छैन’

संसद्को विकास समितिले क्रिकेटको पूर्वाधार निर्माणमा प्राथमिकता दिन गत साता युवा तथा खेलकुद मन्त्रालय सहितका निकायलाई निर्देशन दिएको छ । समितिका सभापति रवीन्द्र अधिकारी भन्छन्, “क्रिकेटसँग सम्बन्धित निकायबीच नै समन्वय नहुँदा समस्या भइरहेको छ ।” नेपाली क्रिकेटबारे युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँगको छलफलबाट […]

सार्वजनिक यातायातलाई सुधार नगरी देश सभ्य हुदैन

पोखरा : नेकपा एमालेका केन्द्रीय सदस्य तथा सभासद रविन्द्र अधिकारीले सार्वजनिक यातायातमा सुधार नगरी देशलाई सभ्य बनाउन नसकिने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अञ्चल स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सोमबार उद्घाटन गर्दै अधिकारीले सभ्यता जाच्नको लागि बनाएको सूचकमा सार्वजनिक यातायात दोस्रो या तेस्रो स्थानमा पर्ने बताए । सार्वजनिक यातायातमा सुधारको लागि […]