सभाषदका सपनाः चन्द्र भण्डारी र रविन्द्र अधिकारीको देश बनाउने योजना

नागरिकलाई सक्षम बनाउने हो मगन्ते होइनः अधिकारी 
अब १८ घण्टा काम गरौं देश बन्छः भण्डारी

 ७, काठमाडौं ।

बैशाख १२ र २९ गतेका विनासकारी भुकम्प र त्यसपछिका लगातारका पराकम्पनले ठूलो मानविय क्षति भयो । भौतिक क्षति पनि ठूलो भयो । भनिन्छ–विनाश र विकास एउटै सिक्काका दुई पाटा हुन हुन । विकास नभई विनास हुँदैन र विनास पछि विकास गर्न सकिन्छ । भूकम्पले भएको मानविय र भौतिक क्षतिपछि विकास चिन्ता गर्ने बेला आएको छ । कुनै पनि सिनेमामा हिरोको रोल नै शसक्त हुन्छ । अहिले देशलाई शसक्तल र देश निर्माण गर्ने हिरो चाहिएको छ ।

नेपाललाई कस्तो बनाउने ? त्यसको प्रमुख दायित्व सरकार र राजनीतिक दलहरुकै काँधमा छ । नयाँ नेपालका कुरा धेरै भए । अब साँच्चीकै नयाँ नेपाल निर्माण गर्ने बेला आएको छ कुराले होइन कामले । दिर्घकालिन सोच, योजना, सहकार्य र एकताको आवश्यकता पनि उत्तिकै छ । यसै सन्दर्भमा नेपाली हेडसाइन्सले एमालेका युवा नेता रविन्द्र अधिकारी र कांग्रेसका युवा नेता चन्द्र भण्डारीसँग देशलाई पुर्न निर्माण गर्ने योजनाको विषयमा गरिएको कुराकानीः

rabindra adhikari 123एमालेका युवा नेता, रविन्द्र अधिकारी
विकासको लागि ठूलो अवसर
हामी देशलाई नवनिर्माण गर्छाै भन्ने संकल्प गर्नुपर्छ । हामी मात्र होइन विज्ञहरुको साथ लिएर संगै अघि बढ्न सके यो एउटा राम्रो अवसर हो । संसारका धेरै जसो देशले विनास पछि नै विकास गरेका छन् । हिरोसिमा र नागासाकीमा बम नखसेको भए, जापानले यस्तो विकास गर्न सक्ने थिएन । त्यस्तै अरु धेरे देशले पनि धेरै ठूलो त्रासदी पछि विकास गरेका हुन् । यो एकदम ठूलो अवसर हो । त्यसलाई गुमाउँछौं कि सदुपयोग गछौं त्यो अहिले नै भन्न सकिने अवस्था छैन । किनकी द्धन्द्धपछि हामीले नयाँ नेपाल निर्माण गछौं भनेर धेरै पटक भन्यौं । अव त सबैले पाठ पनि सिक्नु पर्छ । बोल्ने तर त्यो अनुसार काम नगर्ने परिपाटीले विश्वास गर्न सकिने अवस्था छैन । अहिलेकै सोचाई र पाराले प्रगति गर्न सक्दैनौं । हाम्रो पुस्ताले पनि अहिलेको अवस्था बुभ्mनु पर्ने हो त्यो गरेको छैन । हिरो बन्न खोज्ने र बढी प्रचारवाजी गर्न खोज्ने प्रबृति हामी युवा पुस्तामा छ ।

नागरिकलाई सक्षम बनाउने हो मगन्ते होइन
राज्यको क्षमता विकास गर्ने गरी एकीकृत मोडलको विकास गर्नुपर्छ । नागरिकलाई सक्षम बनाउने हो मगन्ते होइन । जनशक्ति र औद्योगिक विकाससँग जोड्नुपर्छ । पुर्ननिर्माणको सामाग्री पनि बाहिरैबाट र पैसा पनि बाहिरबाट लिएर हुन्न । सबैले आप्mनो क्षमता विकास गर्नुपर्छ । अहिलेसम्मका कामका आधारमा सक्षम नेतृत्व चयन गर्न सबै उद्धार हुनुपर्छ । र त्यहीँ अनुसारको कर्मचारी तन्त्र हुनुपर्छ । आप्mनै नागरिकसँग ऋण पत्र जारी गरेर होस वा अरु कुनै तरिकाले अरवौं रुपैयाँ जम्मा गर्न सकिन्छ । यतिबेला बाहिरियाहरु सबैलाई सम्मान गर्नुपर्छ तर खेलवाड हुनसक्नेसँग सचेत हुनुपर्छ । राष्टिय एकता हुनुपर्छ तर राजनीतिक हिसावले बाँडीचुडी खाने प्रबृतिबाट बच्नुपर्छ । गफ गर्ने होइन काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ । जनशक्तिको निर्माण, विचारको पुनरुत्थान हुनुपर्छ । त्यो देख्ने नेतृत्व पनि हुनुपर्छ । नेतृत्व स्वभावैले युवा पुस्तामा आउनु पर्छ ।

भिजन भएको नेतृत्व चाहिन्छ
अहिलेको नेतृत्वमा भिजन नै भएन । त्यो भएको भए देश अहिलेयो अवस्था हुने थिएन । दिर्घकालिन विकासका लागि दृष्टिकोण भएन र अस्थिरता धेरै भयो । कर्मचारी तन्त्रले पनि त्यसलाई समात्न सकेर र आफै कम्जोर भयो । विज्ञलाई साथ लिनै सकिएन । राजनीतिक नेतृत्वले सबै गर्ने होइन तर विज्ञ र कर्मचारीसँग कतै लिंक कतै भएन र प्रगति हुन सकेन । कर्मचारी माथि विशवास हुन सकेन अनि परिचालन गर्न पनि । कर्मचारी तन्त्रलाई खेलौंना बनाउन खोजियो । आफू जोगिने र आफ्नो हितमा काम गर्ने र सौदावाजी गरेर मिल्ने प्रबृति हावि भयो । भूउपयोग नीतिलाई प्रभावकारी बनाउनुपर्छ । निर्माण व्यवसायीलाई जवाफदेही बनाउनुपर्छ । अहिले बहस भए अनुसारको राष्टिय सरकारको आवश्यकता छैन । मन्त्री थप्न मात्र सरकारको आवश्यकता छैन ।

बैदेशिक सहयोग प्रति सचेत हौं
बैदेशिक सहयोग कुन नियतले आएको छ, हाम्रो देशकै बानी विगार्ने गरी आएको छ भने स्वकार्नु हुन्न । त्यो ख्याल गर्नुपर्छ । सहयोग हाम्रो प्रकृया अनुसार आउनुपर्छ । उनीहरुको आफने योजना अनुसार छर्ने खालको सहयोग हामीलाई चाहिएको छैन् । योजनावद्ध विकासमा योजना अनुसार आएको सहयोग चाहिएको छ । विनासबाट धेरै आत्तिनु पर्देन । विपत्तिबाट जुध्दा जुध्दै क्षमताको विकास हुनेहो ।

chandra-bhandariचन्द्र भण्डारी, युवा नेता नेपाली कांग्रेस

भूकम्पबाट पाठ सिक्दै देशको पुर्ननिर्माण

नेपाल आफैमा प्रकृतिले दिएको अत्यत्नै सुन्दर उपहार हो । सायद कुनै पनि देशमा कुनै पनि दृष्टिकोणयुक्त नेतृत्व भएको भए आज यो देश संसारको सबैभन्दा राम्रो हुन्थ्यो । अरु देशका मानिसले स्रोत र साधन लगाएर रामो बनाए, हामीले प्रकृतिलेले दिएको आफ्नै उपहार हो ।

विगत हाम्रो राम्रो रहेन । किनकी भूकम्प जान्छ भन्ने हामी सबैलाई थाहा थियो । त्यही अनुसार व्यवस्थापन गर्नुपर्ने थियो, हामीले गरेनौं । र आज यति ठूलो विनाश भोग्नु परेको छ । काठमाडौं वा पहाडको कच्ची घरहरुलाई व्यवस्थापन गर्नु त जान्नु पर्दथ्यो । ठूला हाउजजि हामीले बनायो । त्यसलाई निर्माण गर्दा मापदण्ड के थियो । यसलाई हामीले पालना गर्न सकेनौ ।

शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ
हाम्रो पाठ्यक्रममा विश्वविद्यालय र विज्ञहरु थिए । समय अनुसार पाठयक्रमको निर्माण गर्न सकेनौ । पुराना किताब बढाउने, एनअिजोमा काम गर्ने गरियो । तर नेपाललाई नयाँ दिशातिर लैजाने पाठ्यक्रम दिन सकनौ । दोस्रो मापदण्ड लागू गरिदिएको भए यो विनास देख्नु पर्ने थिएन ।

अहिलेको अपठ्यारो समाधान गर्न सकिन्छ
हाम्रो जमित थिलाथिला परेको छ । तीन दिन पानी आउदा पहाडहरु बग्छन् । यो भन्दा ठूलो डिजास्टर हुन सक्छ । यसको असर हामी र भारतलाई पर्छ । भारत र हामी मिलेर डिजास्टरबाट बच्नको लागि उपाय खोज्नुपर्छ । हामीले एकीकृत वस्तीको विकास गर्नुपर्छ । तीन बन्देल जस्ता पाताले एउटा परिवार सम्हालन्न सकिन्छ । एकै ठाउँमा हामीले जनतालाई राख्न सकिन्छ । ११ लाख मानिसको व्यवस्थापन गर्न सकिन्छ । अहिलेको अपठ्यारहरु समाधान गर्न सकिन्छ ।

चिन्ता गर्नु पर्दैन पाँच बर्षमा नेपाल बन्छ
धेरै चिन्ता गर्नुपदैन । हामीसँग भएको चिजलाई उपयोग गरेमात्र पुग्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा हामीसँगै छ । लुम्बीनी, पशुपति अनि प्राकृतिक सम्पदा पनि हामीसँगै छ । पाँच बर्षलाई मैले मेरो व्यक्तिगत स्वार्थमा लाग्दिन । राष्टको सम्पन्नता जनतातको सम्पनता मेरो सम्पन्ता हो भन्ने भावनाको विकास गर्नुपर्छ । राजनीति नेतृत्वले राष्ट्र र जनताको सम्पन्नतामा आफ्नो सम्पन्नता देख्नुपर्छ ।

उज्यालो पहिलो प्राथमिकता
सोलारबाट हुन्छ वा साना–साना विजुलीबाट हुन्छ जनतालाई उज्यालो दिनुपर्छ । उज्यालोसँग बाटो पुग्छ । बाटो पुगे वस्ती नै फरक हुन्छ । एकीकृत वस्तीको आधारमा खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी दिन सकिन्छ । जसले हाम्रो कृषि र त्यसको बजार फस्टाउँछ । युवाहरुले रोजगारी पाउँछन् । विदेश पलायन रोकिन्छ । चालिस लाख युवा नेपालमै बस्छन ।

अब १८ घण्टा काम गरौं
दुर्भाग्य त भइसक्यो । तर अव १८ घण्टा काम गरौं । सुरक्षा निकाय कति राम्रो रहेछ जसले ज्यान दिएर काम गर्न सक्दो रहेछ हामीले राम्रोसँग देख्यौ । साना बालबालिकाहरु पनि सेवाहरु गर्न तयार रहेछन । विदेशमा रहेका नेपाली परेको बेला यसरी लाग्न सक्दा रहेछन् । विदेशीहरुले सहयोग गर्दा रैछन् । यि हाम्रो बलियो पल्लिर हुन् ।

रोएर देश बन्दैन
विनाश भयो । भूकम्पबाट भएको क्षति र विनाशलाई सम्झेर रोएर त केही पनि गर्न सक्दैनौ । अवसरको रुपमा लिनु पर्‍यो । अब मेरो देशको लागि लडनुपर्छ । हाम्रो दुर्भाग्य हो हामी हाम्रो देशको लागि लडेका रहेनछौं । सरकारले काम गर्न सकेन । एनजिओवादीहरु सरकारलार्ई पैसा दिन हुँदैन भन्न थाले । हामी आफ्नै गर्न सक्छौ । खान दिन सक्छौ बास दिन सक्छौ । शिक्षा र पानी दिन सक्छौ । जति पनि पैसा छ । तराईले खुवाउन सक्छ ।

बोमलाल गिरी/ प्रयास पराजुली ले गर्नु भएको कुराकानीको आधारमा तयार परिएको अंश ।

यो अन्तर्वार्ता  www.nepaliheadlines.com प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *